साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

चिल्ला कुरा गर्ने जति राम्रा साथी सत्य कुरा गर्ने चाहिँ चाम्रा साथी औषधि तीतै हुन्छ तर काम लाग्छ सधैँ यस्तै हुन्छन् कुरा हाम्रा साथी ।

Nepal Telecom ad

डा. अमर कार्की :

१.
हुन त नाता छ रगतको
तर के गर्नु छ फगतको
अझैँ दिक्क लाग्छ जब
हुन्छ हस्तक्षेप जगतको ।

२.
फूल बगैँचामा नै फुलिरहोस् न
भमरो पनि उतैतिर डुलिरहोस् न
आनन्द लाग्छ आफूलाई पनि
जब मेरो मन उतै भुलिरहोस् न ।

३.
कम्तिमा देशमा गुमनाम हुने त डर थिएन
त्यसैले विदेश बस्ने मेरो कुनै रहर थिएन
तर भविष्यको पनि त चिन्ता गर्नै पर्‍यो
के गर्नु आफ्नो देशको पनि त भर थिएन ।

४.
चिल्ला कुरा गर्ने जति राम्रा साथी
सत्य कुरा गर्ने चाहिँ चाम्रा साथी
औषधि तीतै हुन्छ तर काम लाग्छ
सधैँ यस्तै हुन्छन् कुरा हाम्रा साथी ।

५.
आफ्नो सौन्दर्यले मेरो ध्यान उतैतिर तानेपछि
नजिक त हुने नै भैयो तिमीले आफ्नो ठानेपछि
अब किन ठुस्किएको नि मैले छुन आयो भनेर
तरङ्ग उठ्दैन त अनि शान्त मनमा ढुङ्गा हानेपछि ?

०००
वेस्ट पाम बिच, फ्लोरिडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उफ ! एकलकाँटे समाज !

उफ ! एकलकाँटे समाज...

डा.अमर कार्की
बाको कमाइ

बाको कमाइ

डा.अमर कार्की
मेरा सपनाका चोरहरू

मेरा सपनाका चोरहरू

डा.अमर कार्की
मुक्तके दोहोरी

मुक्तके दोहोरी

डा.अमर कार्की
चौथो विश्वयुद्ध

चौथो विश्वयुद्ध

डा.अमर कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x