साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चौथो विश्वयुद्ध

अनि खानेकुरा किन्न बाहिर जानु परेन त ?’ ‘देखेनौ त यी ढालहरू, बाहिर गएको बेलामा भएको आक्रमणबाट बच्न ।’ ‘मास्क र स्यानिटाइजर ?’

Nepal Telecom ad

डा. अमर कार्की :

‘के गर्न लाग्नु भो दिले काका ?’
‘के गर्नु नि चौथो विश्वयुद्धको तयारी गर्दै छु ।’
‘हैन कहिले हुँदै छ चौथो विश्वयुद्ध ?’
‘ल लाटा ! चाइनाबाट छिट्टै शुरु हुँदै छ रे त !’
‘हो र भन्या ?’
‘हो त म त्यो विश्वयुद्धको ताजा खबर र सूचना थाहा पाइराख्नको लागि यो रेडियो, टेलिभिजन र पत्रिका तयारी अवस्थामा राख्दै छु ।’

‘अनि खै त म यी कुनै देख्दिन त ! हातमा त मोबाइल फोन मात्र छ त ? खै रेडियो, टेलिभिजन र पत्रिका ?’
‘यसैभित्र त छ सबै थोक ।’
‘त्यो त हो । अनि आक्रमण भैगो भने लुक्ने बङ्कंरहरू चाहिन्न त ?’
‘यो यत्रो घर के हो त ? ढोका ढप्काउने, बस्ने ।’
‘आफ्नो घरभित्र सुरक्षित होइन्छ र ?’

‘अब यि शत्रुका लडाकुहरू आउने नै अरु मान्छेहरूभित्र लुकेर हो । अब तिन्लाई हाम्रो घरभित्र नआउनु भन्दियो । आफू पनि अरुको घर नगयो ।’

‘अनि खानेकुरा किन्न बाहिर जानु परेन त ?’
‘देखेनौ त यी ढालहरू, बाहिर गएको बेलामा भएको आक्रमणबाट बच्न ।’
‘मास्क र स्यानिटाइजर ?’

‘ल अब अहिलेका यी लडाकुहरू छ फिट भन्दा परबाट आक्रमण गर्न सक्दैन्न । यसले काम गरिहाल्छ नि ।’
‘ल तयारी त दह्रो रहेछ काका ।’

०००
धापाखेल, ललितपुर
हालः फ्लोरिडा, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उफ ! एकलकाँटे समाज !

उफ ! एकलकाँटे समाज...

डा.अमर कार्की
बाको कमाइ

बाको कमाइ

डा.अमर कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

डा.अमर कार्की
मेरा सपनाका चोरहरू

मेरा सपनाका चोरहरू

डा.अमर कार्की
मुक्तके दोहोरी

मुक्तके दोहोरी

डा.अमर कार्की
0
Would love your thoughts, please comment.x
()
x