साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैंसी घाँस रुचाउँदैन…

लत्री पाउ परे गिरे चरणमा मानौं घुमेको धनु आइन् एक जरा र सन्ध गरियो पार्टी बनेको भनूँ ती टुक्रा अहिले त लोभ छलले फस्दै गए क्षारमा भैंसी घाँस रुचाउँदैन अहिले पल्क्यो पुरी खीरमा ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

कस्तो हास्य छ हेर यो मुलुकमा ढुङ्गाहरू हाँस्दछन्
बाजाको सुर ताल छैन तर यी नेता यहाँ नाच्दछन्
भेडाका उपकार निम्ति बिचरा ब्वाँसाहरू पीरमा
भैंसी घाँस रुचाउँदैन अहिले पल्क्यो पुरी खीरमा ।१

माछाले मछुवारका वदनमा माला लगायो अरे
भाले बास्न गरेर अल्मल यता घामै उदाएन रे
मत्ताका गज दन्त झार्छ बलियो फिस्टे पर्यो वीरमा
भैंसी घाँस रुचाउँदैन अहिले पल्क्यो पुरी खीरमा ।२

सत्ताको कति हान थाप छ यता थाप्छन् कुनै द्रौपदी
भत्ताको बटवार मिल्न नसकी फिर्ता हुँदै बन्धकी
पानी बग्छ उँभो अहो रुखहरू दौडे अरे भीडमा
भैंसी घाँस रुचाउँदैन अहिले पल्क्यो पुरी खीरमा ।३

कोरोना डरले लुकेर अब लौ भाग्यो उता खै कता
भोका दीन दुखी सबै अब भए आरोग्य सम्पन्नता
माछो डाक्दछ जाल हान्न ल छिटै आऊ तिमी तीरमा
भैंसी घाँस रुचाउँदैन अहिले पल्क्यो पुरी खीरमा ।४

कैयौंले जल यानबाट सजिलै सामान ल्याए उता
क्या राम्रो बिजुली धपक्क, घरमा ग्याँसै झरेको उता
छायाँ दिव्य प्रधानको चहकिलो पर्दै छ रे नीरमा
भैंसी घाँस रुचाउँदैन अहिले पल्क्यो पुरी खीरमा ।५

लत्री पाउ परे गिरे चरणमा मानौं घुमेको धनु
आइन् एक जरा र सन्ध गरियो पार्टी बनेको भनूँ
ती टुक्रा अहिले त लोभ छलले फस्दै गए क्षारमा
भैंसी घाँस रुचाउँदैन अहिले पल्क्यो पुरी खीरमा ।६

०००

भरतपुर ५, चितवन
हाल – बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x