साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यै राष्ट्रवादी म हूँ

बाँझा खेत भए न अन्न घरमा दोकान धाएँ लिन । तर्कारी सकियो दिने पसल छन् त्यो लाज हो मान्दिन । झाडा हुन्छ कि हुन्छ कब्जियत नै वेदाङ्ग हो पढ्दिनँ । बोक्रो मात्र पढेर बुज्रुक बने त्यै राष्ट्रवादी हुन ॥

Nepal Telecom ad

भगवतिप्रसाद शर्मा :

पाएँ सर्ट र पेन्ट कोट सजिलै यै ज्यानमा लाउँछु ।
कुर्था वा सुरुवालमा छ सजिने नारीहरू देख्दछु ।
यो टोपी प्रिय लाग्छ लाउन पुगेँ देख्दा म के नै न हुँ ।
धागो या न सियो बन्यो मुलुकमा के राष्ट्रवादी म हूँ ॥१

मेरो पुस्तक हातको कलम नै यो देशको होइन ।
मेरो यो चलभाष बन्दछ कहाँ यो देशको होइन ।
पानी मात्र पिएर बाँच्नु कसरी मान्छे यहाँको न हूँ ।
खोक्रो मात्र जिएँ मरे अरूसबै के राष्ट्रवादी म हूँ ॥२

छोरो बाहिर बस्छ दिन्छ रुपियाँ त्यो गर्व मै मान्दछु ।
छोरी बाहिर बस्दछे तर यहाँ राम्रो म यो ठान्दछु ।
लाखौंलाख छ बैंकभित्र रुपियाँ राखेर के नै बनूँ ।
घोक्रो मात्र ठुलो भनेर नहुने के राष्ट्रवादी म हूँ ॥३

बाँझा खेत भए न अन्न घरमा दोकान धाएँ लिन ।
तर्कारी सकियो दिने पसल छन् त्यो लाज हो मान्दिन ।
झाडा हुन्छ कि हुन्छ कब्जियत नै वेदाङ्ग हो पढ्दिनँ ।
बोक्रो मात्र पढेर बुज्रुक बने त्यै राष्ट्रवादी हुन ॥४

माओवाद पढेँ र लेनिन पढेँ यो देश को पढ्दछ ।
होचीमिन्ह पढेँ र “चे“ पनि पढेँ यो गाउँ को पढ्दछ ।
गाई गोबर छुन्न आज म ठुलो जान्ने भई पल्टिएँ ।
अन्धो होमरले न गर्छ रचना मैले चिनेको थिएँ ॥५

आमाबा सब बिर्सिएर अहिले डेड्डी ममीमा गएँ ।
दाजूभाइ भनेर भन्दिनँ म ता “ओ ब्रो” सधैँ भन्दिएँ ।
नेपालीपन यो रुढी चलन हो भन्ने हिजोको म हूँ ।
सक्ने भित्र गुदी हरेक फलको त्यै राष्ट्रवादी म हूँ ॥६
चलभाष – मोबाइल

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x