साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इल्या भट्टराईकाे ‘मिसर’लाई ‘पवन आलोक नियात्रा पुरस्कार’

पवन आलोक नियात्रा पुरस्कार कोष’ र ‘नियात्रा समाज नेपाल’ का बीचमा भएको सम्झौताबमोजिम तेस्रो संस्करणको अर्थात् २०७९ सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ अर्पण गर्नका भट्टराईकाे ‘मिसर’ कृति छनाेट गरिएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८० माघ १९ । नेपाली नियात्रा साहित्यमा विशेष योगदान पुर्‍याएवापत इल्या भट्टराईद्वारा लिखित कृति ‘मिसर’ लाई ‘पवन आलोक नियात्रा पुरस्कार’ पुरस्कार अर्पण गर्न नियात्रा समाज नेपाललाई सिफारिश गरिएकाे छ ।

‘पवन आलोक नियात्रा पुरस्कार’ छनौट समितिले प्रेस विज्ञप्ति जारी गरि याे जानकारी सावर्जनिक गरेकाे हाे ।

‘पवन आलोक नियात्रा पुरस्कार कोष’ र ‘नियात्रा समाज नेपाल’ का बीचमा भएको सम्झौताबमोजिम तेस्रो संस्करणको अर्थात् २०७९ सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ अर्पण गर्नका लागि प्राप्त भएका कृतिहरूमध्ये इल्या भट्टराईकाे ‘मिसर” कृति छनाेट गरिएकाे हाे ।

विज्ञप्तिमा भनिएकाे छ- “एउटै गन्तव्यको सरस वर्णन, विरानो भूमिमा पुगेर गरिएको तथ्यात्मक खोज, गन्तव्यप्रति दर्शाइएको उच्च सम्मान, भूगोल तथा यात्रा प्रक्रियाको सुन्दर बिम्बात्मक संयोजन” गरी नेपाली नियात्रासाहित्यमा विशेष योगदान पुर्‍याएवापत इल्या भट्टराईद्वारा लिखित कृति मिसर’ लाई उक्त पुरस्कार अर्पण गर्न नियात्रा समाज नेपाललाई सिफारिश गर्ने निर्णय गरियो ।”

सम्झौताको शर्तअनुसार २०८० सालको फागुन २ गते श्रीपञ्चमीका दिन एक विशेष समारोहको आयोजना गरी छनौट गरिएका स्रष्टालाई सम्मानित गरिदिनका लागि नियात्रा समाज नेपाललाई अनुरोधसमेत गर्ने निर्णय छनाेट समितले गरेकाे छ ।

पवन आलोक (कोष-प्रतिनिधि), श्रीओम श्रेष्ठ ‘रोदन’ (नियात्राविद् ) र प्रतीक ढकाल (संयोजक) रहनु भएकाे समितिले याे सिफारिस गरेकाे हाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x