साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाख्री जस्तै नेपाली जनता

जो जसले नेतृत्वले छोड्ने हैन कैले हिजो जस्ले गल्ति गरे तिनै नेता ऐले पात्र त्यै भए पछि प्रवृत्ति फेर्ने कल्ले ? लोकतान्त्रिक गणतन्त्र कुहायो उल्ले; ।

Nepal Telecom ad

सुरेश भट्ट :

श्री लङ्कामा हुरी आयो बङ्गालमा बाढी
नेपालमा हुन्डुरीले मान्छे लग्यो खाडी
दिल्लीतिर पानी परे छाता नेपालमा
अब आगो बल्ने पालो आयो हिमालमा;
पद्धति ! पद्धति फेरेर पनि खोई प्रवृत्ति नछाडे हुन्न केही ।२
प्रक्रिया ! प्रक्रिया, पात्र र पद्धति, सँगै फेरौँ प्रशासन प्रवृत्ति ।२

पद्धति सात्सालदेखि फेर्दैफेर्दै आयौँ
चार फेर फेरि सक्यौँ हाम्ले केनै पायौँ
जैले पनि पात्र उही प्रवृत्ति नि उही
प्रक्रिया प्रशासनको शङ्ख तुही तुही ;
सात सालको २ त्यो जन आन्दोलन,
राणाशासन जलायो दनादन ।२
छयालिसको २ त्यो दोस्रो आन्दोलन,
पञ्चायतलाई घुमायो फन फन ।२

जो जसले नेतृत्वले छोड्ने हैन कैले
हिजो जस्ले गल्ति गरे तिनै नेता ऐले
पात्र त्यै भए पछि प्रवृत्ति फेर्ने कल्ले ?
लोकतान्त्रिक गणतन्त्र कुहायो उल्ले;
बाख्री जस्तै २ नेपाली जनता, बेतै पिच्छे के रून्छौ भन त ?२
आन्दोलनको २ आइराछ शबत, सडक तताउँ उठ है अब त ।२
गणतन्त्र २ नेताको लागि भो, जनता सधैँ नेताको रैती भो २
सकिँदैन २ अब यो खप्नलाई, दिदी बहिनी उठ हे दाजुभाइ ।२
पद्धति २ पद्धति…
प्रक्रिया २ प्रक्रिया…

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x