सुरेशकुमार भट्टबाख्री जस्तै नेपाली जनता
जो जसले नेतृत्वले छोड्ने हैन कैले हिजो जस्ले गल्ति गरे तिनै नेता ऐले पात्र त्यै भए पछि प्रवृत्ति फेर्ने कल्ले ? लोकतान्त्रिक गणतन्त्र कुहायो उल्ले; ।

सुरेश भट्ट :
श्री लङ्कामा हुरी आयो बङ्गालमा बाढी
नेपालमा हुन्डुरीले मान्छे लग्यो खाडी
दिल्लीतिर पानी परे छाता नेपालमा
अब आगो बल्ने पालो आयो हिमालमा;
पद्धति ! पद्धति फेरेर पनि खोई प्रवृत्ति नछाडे हुन्न केही ।२
प्रक्रिया ! प्रक्रिया, पात्र र पद्धति, सँगै फेरौँ प्रशासन प्रवृत्ति ।२
पद्धति सात्सालदेखि फेर्दैफेर्दै आयौँ
चार फेर फेरि सक्यौँ हाम्ले केनै पायौँ
जैले पनि पात्र उही प्रवृत्ति नि उही
प्रक्रिया प्रशासनको शङ्ख तुही तुही ;
सात सालको २ त्यो जन आन्दोलन,
राणाशासन जलायो दनादन ।२
छयालिसको २ त्यो दोस्रो आन्दोलन,
पञ्चायतलाई घुमायो फन फन ।२
जो जसले नेतृत्वले छोड्ने हैन कैले
हिजो जस्ले गल्ति गरे तिनै नेता ऐले
पात्र त्यै भए पछि प्रवृत्ति फेर्ने कल्ले ?
लोकतान्त्रिक गणतन्त्र कुहायो उल्ले;
बाख्री जस्तै २ नेपाली जनता, बेतै पिच्छे के रून्छौ भन त ?२
आन्दोलनको २ आइराछ शबत, सडक तताउँ उठ है अब त ।२
गणतन्त्र २ नेताको लागि भो, जनता सधैँ नेताको रैती भो २
सकिँदैन २ अब यो खप्नलाई, दिदी बहिनी उठ हे दाजुभाइ ।२
पद्धति २ पद्धति…
प्रक्रिया २ प्रक्रिया…
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































