साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोनमा बाख्रो गन्हायो

मलाई त जब उनकाे  फोन आउँछ फोनमै मत्तु बोको गन्हाउछ भाञ्जा ! गाई पाल्नेलाई खोर्‍यात लागेको छ सर्प पाल्ने आफैँ घिस्रिन्छन रे । यस्ता धेरै कुरा छन् । सबैका पोल बिस्तारै खुल्दै छ अरे ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

धेरै दिन देखि मिश्रमामा आउनुभएको थिएन । मेरी उनले पनि सम्झेकि हुन उनलाई । खासकारण के हो भने उनलाई पनि त हास्न मनलाग्छ । छोरा छोरी विदेशिए । बुढाबुढी मात्र घरमा हुदा कोसँग बोल्ने कोसँग हास्ने हुदो रहेछ । त्यसमा पनि मिश्रमामा त हासोका पात्र नै थिए । उनलाई पनि कहा जाउँ कोसँग बोलूँ कोमाथि चढूँ हुनेनै रहेछ क्यारे । आउँछन यदाकदा आइजाइ भैरहेको थियो केही समय पहिलेदेखि । तर हाल केही समय मामाको उपस्थिति भएको थिएन । आज मिश्रमामा आउनुभो ।

मैले खातिरदारी गरेँ । भने के छ त मामा खबर भन्दा मामाले प्यट्ट भन्नुभो के हुनु बरबादै भयो नि ।
किन के भयो मेरो प्रश्नमा जवाफ आयो “मैले त खेत रोपे नि तीनहलको मेलो गैरी खेत रोपेर आ को”
मलाई खुसी लाग्यो । मैले प्रकटगर्दा मामाले भन्नुभो “के खुसी हुनु । अरुले पनि रोपे भने खान पाइएला तर त्यति विशाल फाँटमा मेरो मात्र खेत रोपिदा त्यो त्यसै हराउन सक्छ । चरालई खान पनि पुग्दैन । अरुले पक्कै पनि रोप्दैनन् । किनभने काम गर्न सक्ने मान्छे छैनन् गाउँमा अहिले । मान्छे छन् त बुढाबुढी ती काम गर्न सक्दैनन् । बलिया बाङ्गा विदेशिए । गाउँ शुन्य छ । खेत पाखामा बाली लगाइँदैन । गाउँ नै मरेको लास पल्टिएजस्तो छ भाञ्जा !”
मामाका कुरा सुनेर म दिकदार हुदै थिएँ ।

मामाको मोवाइलमा घण्टी बज्यो । मामाले फोन उठाउनुभो । उताबाट के भनियो थाहा भएन । मामाको मुख एक्कासी बिग्रेको भने स्पष्ट देखेँ मैले । म उतापट्टी फर्कें ।
मामाको फोन लामै भएपछि मामाले ख्वाक्क खोक्नु भो र थुक्नु भो । मलाई कुरा बुुझु बुझु भयो अनि मैले प्रस्न राखेँ । मेरो जिज्ञासाको उत्तर दिन थाल्नुभो मामा । उहाले भन्नुभो फोन त्यै बाख्रे नेताको थियो भाञ्जा ! फोन मै बाख्रो गन्हायो नि ।

मैले मामाका कुरा बुझ्न सकिन । त्यसैले बुझ्न खोज्दा मामाले भन्नुभो “हाम्रा नेताहरूलाई जब पैसा कमाउन मन लाग्छ तव चुनावमा होमिन्छन् । जब जित्छन् अनेक अनेकका झुट्टा योजना बनाउँछन्, सरकारी ढुकुटीबाट मोटो रकम निकाल्छन् । तलदेखि माथिसम्म कुरा मिलाउँछन् । नेता धनी हुँदै जान्छन् । देश गरिब हुँदै जान्छ । सुन्नु भएन एउटा नेताले सर्प पाल्छु, भनेर सरकारी ढुकुटीबाट मोटो रकम झिकेछन्, अर्काले गाई पाल्ने भनेर हसुरेछन् । अर्काले चम्री विकासका नाममा हसुरेछन् । कोही सहकारी काण्ड मचाउँदा रहेछन् । यी अहिले मलाई फोन गर्ने नेताले बाख्रा पालन योजना बनाएछन र सरकारी रकम खाएछन् । बोका पचाए बाख्री पचाए । अहिले त बाख्रा कराउन थाले छन् । अनि त रोइकराइ गर्न थालेका छन हामीजस्ता जनतासम्म आएका छन् । मलाई त जब उनकाे  फोन आउँछ फोनमै मत्तु बोको गन्हाउछ भाञ्जा ! गाई पाल्नेलाई खोर्‍यात लागेको छ सर्प पाल्ने आफैँ घिस्रिन्छन रे । यस्ता धेरै कुरा छन् । सबैका पोल बिस्तारै खुल्दै छ अरे ।

मिश्रमामा आज बस्नुभएन मेरो घरमा । खुरुक्क जानु भो ।
मलाई त मिश्रमामाका कुरामा विश्वासै लागेको छैन । तर पनि सोच्दै छु ।

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
0
Would love your thoughts, please comment.x
()
x