साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाउरे पिरती

न संस्कार ताजा न ता धर्म, भाषा । म देख्दै छु साह्रै निराशै निराशा ॥ यता हान्छ यौटा उता टोक्छ अर्को । सधैँ कष्ट मात्रै बनेको छ बर्को ॥

Nepal Telecom ad

हेमराज पन्त :

असाध्यै छ माया बसे राग बाली ।
थियो नक्कले चालको हाल खाली ॥
डुले मार्ग गाई बिरालो छ भान्से ।
बुझी साध्य होला र यी दुष्ट मान्छे ॥ १

बसेको छ सम्मानको ओज पाली ।
खरानी बनायौ सधैँ राष्ट्र बाली ॥
कुहेको छ बेर्ना सरे साँध आली ।
बने श्वान जस्तै यहाँ हन्तकाली ॥ २

थियो धर्म, भाषा र संस्कार बेग्लै ।
झुठो लाखौंलाख थियो सत्य एक्लै ॥
मलाई म देख्थे बडो सन्त, ज्ञानी ।
लुटी राष्ट्र खाने उही देख्छु दानी ॥ ३

यहाँ ज्ञान,आचारको धार बुच्चो ।
बडो ज्ञानशाली बनेको छ छुच्चो ॥
तरक्कै बगे आँसुका भेल खोला ।
पराधीनले राष्ट्रको कोप छोला ॥ ४

कठै!देश मेरो बनी रङ्गशाला ।
कमेरो दली मस्त काला बिराला ॥
नयाँ वाद, नारा अनेकौं फलायौ ।
मियो देशको भाव सारा ढलायौ ॥ ५

न संस्कार ताजा न ता धर्म, भाषा ।
म देख्दै छु साह्रै निराशै निराशा ॥
यता हान्छ यौटा उता टोक्छ अर्को ।
सधैँ कष्ट मात्रै बनेको छ बर्को ॥ ६

०००
पाटन २ सिलङ्गा, बैतडी
हालः-पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x