भीम गाैतमकुनियत
अब हेर हजारौँ निर्मलाहरू तिम्रो निकम्मापनदेखि तर्सिएर दोख बनी तिमीतिर झम्टिँदै छन् तिम्रो श्वासलाई शेष बनाउनेछन् ।

भीम गौतम :
तिम्रो दोषी नियत
के लेख्यौ विधानमा ?
लिपुलेक हराइसक्दा
जङ्गे पिल्लरहरू
सीमाविहीन हुँदा
न्यायमूर्ति र
सीमाविद्हरू
न्यायको इजलास
र कानुनी फैसला लेख्न
किन सक्दैनौ ?
अब हेर हजारौँ निर्मलाहरू
तिम्रो निकम्मापनदेखि तर्सिएर
दोख बनी तिमीतिर झम्टिँदै छन्
तिम्रो श्वासलाई शेष बनाउनेछन् ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































