साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खान्छन्, खान्छन्, खान्छन् !

संसार यस्तै हो । मैले आज “मूर्त-अमूर्त” कुरा गरें । सादगी र इमानलाई जीवनपद्धति बनाएमा “लोभ” कम हुन्छ । तर आदर्शवादले मात्र व्यवहार चल्दैन । यसैले, मान्छेले मौका पाएमा, “पैसा” खान्छन्, खान्छन्, खान्छन् ! जय श्रीराम, सबैलाई चाहिने दाम !

Nepal Telecom ad

धनराज गिरी :

“सर, यो खेलाडीहरूले लगाउने “टी-सर्ट” को बजार मूल्य रु.२५० हो । तर क्याम्पसमा एउटा टी-सर्टको मूल्य रु.८०० राखेर बिल पेस भएको छ । यो खरीदमा सहायक क्याम्पस प्रमुख फलानो गएको हो र क्याम्पस प्रमुख ढिस्कानो थिए ।”

अमुक कर्मचारीले मलाई एक दिन कायाकैरन सुनायो । पहिला पहिला भए म सोझै ठोक्ने थिएँ, तर अब होश आयो वा यसरी लेख्नुको कुनै तुक छैन । किन कि प्रवृत्ति मात्र लेख्ने हो । अब न म क्याम्पसमा छु, न ती पात्रहरू । कुनै अर्थ छैन । अझ एक कदम अगाडि, हरेक खरीद र निर्माणमा सार्वजानिक संस्थामा पैसा लुट्छन्, अपवाद बाहेक ।

करोडौंको ठेक्कापट्टामा दश बीस लाख रुपैंया दायाँ बायाँ हुनु सामान्य । पैसा भएको संस्थामा संस्था नायक हुन र समितिमा अध्यक्ष हुन त्यसै “तैछाड मैछाड” हुन्न । मलाई नै मेरो अति प्रिय शिष्यले सल्लाह दियो, “सर, वडा अध्यक्षबाट राजनीति शुरु गर्नुहोस्, आठ, दश करोड बजेट खेलाउन पाइन्छ !” मलाई त्यो दिन दोब्बर झोक चलेको थियो, तर नरिसाउने कसम खाएको हुनाले मौन बसियो । म पनि मौन बस्न सक्छु ।

“धन देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ” यो शाश्वत सत्य हो, लोभीपापीहरूको संसारमा । अब ठीक विपरीत उदाहरण ः एउटा आफ्नै र एउटा कसैको । “२०६१-२०६२” मा १८ महिना म पनि सहायक क्याम्पस प्रमुख भएँ । आदरणीय गुरुदेव हरिप्रकाश बुढाथोकीज्यू संस्था नायक । राजधानी जानु थियो । “धनराज सर, अलिकता किताबहरू ल्याउनुहोला” गुरुको आदेश । लेखाबाट केही रकम लिइयो । पुस्तक पसलमा लिस्टानुसारको किताबहरू किनें । “सर, बिलको आकार कत्रो बनाउने हो, अर्थात् कति रुपियाँको बिल बनाउने ?” पसलेको अनुरोध । म जिल्ल । “के भन्न खोज्नुभएको ? छुटसहित जतिको हो त्यतिको बनाउने ?” “होइन सर, सबैले खान्छन्, आतेजाते खर्च निकाल्न परेन र ? चलन यस्तै हो, नक्कली कागज बनाएर सक्कली नोट हजम गर्ने, सबैले नुहाउने “नगद गंगामा” हो । हजुर नौलो मान्छे लाग्यो । मह चाट्ने बानी छैन ?” पुस्तक पसलेले मलाई संझायो । “साहुजी, जुन मान्छे तपाईंको सामुन्नेमा उभिएको छ, उसलाई पनि पैसा चाहिन्छ । पैसाको महत्व बुझेको छु । अर्थशास्त्रकै विद्यार्थी हो । तर उसले आजसम्म कुनै पनि संस्थाको एक पैसा पनि नाजायज तरिकाले खाएको छैन । इमान्दारी पनि त हुन्छ होला नि दुनियाँमा ?

आज अलि बेग्लै मान्छे आयो तपाइको पुस्तक पसलमा । मलाई आफ्नै सेतो कमाइले घर परिवार धान्न, गर्जो टार्न पुगेको छ ।” “हजुरजस्तो मान्छे पनि यो नेपालमा हुनेरहेछ, आजै थाहा भयो ।” यो भयो मेरो आफ्नै भोगाइ । पत्याउनेहरूका लागि । अब अर्को उदाहरण, अमूर्त। पहेंलो युगको कथा । संस्था जुन पनि हुनसक्छ । लेखापाललाई केही सामग्री खरिद गर्न पठाइयो ६० कि.मी. परको शहरमा । स्थानीय बजारमा नपाइने भएर । माल आयो । बिल आयो । बिल हेरेर इमान्दार संस्थानायक जिल्ल । “गुणरत्नमाला” कन्ठ थियो । “राम, राम, राम” यो बिल पक्कै नक्कली हो । युवा जोश । नायक लिए बाइक र गए ६० कि.मी. पर । दोकान पत्ता लगाए । साहुजीसित संबन्धित मालको मूल्य बुझे, सोधे । शंका सत्यमा अनुदित भयो । गोजीमा बिल थियो ।
“यत्रो फरक किन त साहुजी ?” साहु पनि खप्पिस,
“किन्ने मान्छेले यही माग गरेपछि के गर्ने त ? हजुर को हो ?”
“म त्यो अयोध्याको दशरथ हुँ ।” फर्किए, दशरथ र हप्काए लेखापाललाई “सर, यसरी जहाँ पनि हजुरले हस्तक्षेप गरेपछि मैले छोराछोरी कसरी पाल्ने ? (१०-२०%) कमिसन त जसले पनि खान्छ । हजुर पो जमिन्दार, हाम्रो हालत हजुरलाई थाहै छ ।” कर्मचारी गिडगिडायो ।

“मलाई, अरु केही पनि थाहा छैन । बेइमानी हुन दिन्न ।” यसरी जोगाएका थिए दशरथले अयोध्या । यो पनि अब कहानी भयो । ९९% निर्माण र खरिदमा पैसा खान्छन्, खान्छन्, खान्छन् । सत्तामा पुग्न यति प्रतिस्पर्धा हुनुको एकमात्र कारण हो “लक्ष्मीनानी” सुनको टलकको सामुन्नेमा अरु सबै फिका । अब अर्को सूचना, यो पनि अमूर्त, एउटा भतिजाले सुनायो यो सत्य कथा, “अंकल, मेरै गाउँमा विद्यालय भवन बन्न शुरु भयो । अध्यक्ष, लेखापाल र ठेकेदार, हेडमास्टर, चारजनाको घर पनि एक साथ बने । हैट, अंकल, जसले पनि खानेरहेछन् । नखाने मूर्ख ।

“सर, तलवले मात्र को जिउन सक्छ । कृष्णप्रसाद भट्टराईले नै अनुमति दिनुभएको, नक्कली बिल, सक्कली नोट जहाँ पनि चल्छ । यदि “वित्तीय अपचलनलाई” नै भ्रष्टाचार भनिन्छ भने ९९% कर्मचारीहरू, तलदेखि माथिसम्म भ्रष्ट छन्, बाध्यता हो, खान्छन्, खान्छन्, खान्छन् । सर, यौनाचरण र अर्थाचारण शुद्ध नखोजेकै राम्रो । जसले हान्यो जान्यो, जसको शक्ति उसको भक्ति हो । “वीर भोग्या वसुन्धरा यसैको सौन्दर्य मीमांसा गर्नुहोला । पैसा कसलाई चाहिन्न र गुरुदेव ? हजुरले पनि बाउन्न गीता मार्फत् सीता माताको गर्जो टार्नुभयो ।” चेलो चतुरे, मेरो थाप्लोमा बजार्‍यो ।

एउटा राम्रो स्तरीय “शकुनि” कंक बनेकै हो । द्वापरयुगमा “धर्मराज” पनि जुवाडे थिए, कलियुगको यो “उत्तर आधुनिक धर्मराज” पनि “म्यारिज” सम्मको यात्रामा रमायो । “इजी मनी” मेरो जीवनमा पनि आयो । सत्य हो, स्वीकार्नुपर्छ । यतिखेर “फेसबुक” मेरो कमजोरी भएजस्तै कुनै कालखण्डमा खेल्ने “तास” मेरो कमजोरी थियो । ऐतिहासिक तथ्य, अब छोडियो, छोडेकै १२ बर्ष भयो । “बौद्धिक खेल” अदालतले नै इजाजत दिएको थियो “म्यारिज” लाई । तासको पक्षमा वकालत गरेको होइन है । केही न केही कमजोरी स्वीकारेको हो । “पैसा” यो समयको मात्र होइन, हरेक समयको “देवता” हो । “हनी र मनी” यसैको वरिपरि संसार फनफनी ।

यसैले “बित्तीय अपचलन” शून्य कतै पनि हुन्न । मान्छेलाई पैसाले आफ्नो दास बनाएकै हो । धनीहरूको पक्षमा वकालत गर्न नसकेको आफू धनी हुन नसकेर हो । संसार यस्तै हो । मैले आज “मूर्त-अमूर्त” कुरा गरें । सादगी र इमानलाई जीवनपद्धति बनाएमा “लोभ” कम हुन्छ । तर आदर्शवादले मात्र व्यवहार चल्दैन । यसैले, मान्छेले मौका पाएमा, “पैसा” खान्छन्, खान्छन्, खान्छन् ! जय श्रीराम, सबैलाई चाहिने दाम !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x