साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यका खाँटी औतार

के के न झर्ला र खाउँला भनी साँढेको पछि लाग्ने कार्यकर्ता हर्ताकर्ता लेखक पत्रकारको पछि लाग्न छोडी पाँडेको अघि आएर हाकाहाकी बिन्तिपत्र हालेको साँचो हो । लेखोटमा खोट लाउने ठाउँ छैन । यसैले श्री पाँडेको शासनमा बडेमानको कलमको च्वाँक र घ्वाँक घाडो झुण्ड्याइदिएर हास्यव्यङ्ग्यका प्रीतिमा छाडिएको छ । पाठकहरूले पूजा गर्नु भए हुन्छ ।

Nepal Telecom ad

रामकुमार पाँडे :

अस्ती हास्य व्यङ्ग्य थियो । हिजो व्यङ्ग्य हास्य भयो । आज व्यङ्ग्य व्यङ्ग्य भएको छ । भोलि हास्य व्यङ्ग्य बन्छ कि बन्दैनभन्दै घोत्लदै थिएँ । तल मान्छे आएको छ भन्ने खबर पाउँ । धन्न मान्छे आएछ ! कहिले काँह िराजनीतिको साँढे आउँछ पाँडेको घरमा ! कहिले हुइँया स्याल ! स्याल पनि शुद्ध स्याल हो र नील वणर् श्रृगाल !

दैलामा पाइला राखेपछि कुकुरै आए त भुस्याहा हो कि बहुलाहा हो दगुर्न पर्छ हेर्न भने मान्छे भनेपछि मलाई लाग्यो मान्छे फेला नपरेको जग भएको थियो ।कता छल्लिएर को मान्छे आयो होला ! भन्ने मनमा नाना करा खेलन लाग्यो । कतै मान्छेको रूपमा वन मान्छे पो आयो कि ?

पशुचिन्न सजिलो छ । तिनका सिङ, जुरो, पुच्छर, खुर नङ्ग्रा,दारा हेरेपछि ठ्याक्कै पता लाग्छ । तर मान्छे चिन्न गाह्रो छ । कोही मान्छे काशी जाने साधु बिराला जस्ता देखिन्छन । कोही कंकण लुब्ध पान्य कथाका दारा, नङ्ग्रा झरेको वृद्ध सिंह्श् जस्ता देखिन्छन् ।पुच्छर लुकाएर सिङलाई टोपीले छोपेर, चाट्टचुट्ट लुगा लगाई दियो । साधारण हो र ? मन्त्री मार्का कै मान्छे बनि हाल्छ । झ्वाट्ट हेर्दा कुकुर पनि मान्छे बनिहाल्छ । गधालाई सुट टाई र टोपी लागाई दिएपछि कुनै दलको नेता भन्दा के कम ।नघुकेसम्म र ढ्याँचु ढ्याँचु नगरेसम्म कुकुर र गधा छुट्याउन सकिन्न । मेरो घरमा छलकपट गर्ने कपटीलाई निषेध, छुद्रलाई टाढैबाट बाई बाई ! झण्डावाल, डण्डावाल र पण्डावाल सबेको तानाबान नफुकाली प्रवेश पाइन्न । जो पायो उही छिर्ने र पिर्ने कुरा कसैले पनि नसोचे हुनछ । मेरो आँखाको डिटेक्टर लगाएपछि तिनका मुटुमा ४ सय २० रेक्टर स्केलको भूकम्प नआइ छाड्दैन ।

को आए छ त मान्छे ? भन्दै थिएँ झ्वाट्ट पसी विना गलैचाको फलैचामा बसिहाले र भन्न थाले, म त मुसालाई मुद्दा बोकेर आएको ।

क्या गज्जव ! केही काम नपाएर मुसालाई मुद्दा छिन्न पर्ने झ्याउलो आइलाग्यो । यो माधवको काम रैछ । माधव पोखरेलको बेचारिक रेल कहिले जेल पुग्छ त कहिले नाइटाको परिक्रमा गर्न पुग्छ । आजको जमाना गजजव छ । गनतन्त्र कि जयदेखि स्यालको राज्य हेर्न पुग्छन माधव उर्फ विष्णु कलियुगमा । चतुरेहरूको चर्तिकलादेखि सांसद भर्तिकला होस् कि बासीभत्ता खाने कुखुरोलाई ठुङ्न पुग्छन माधव । मुसीमायााको लभ लेटर हेर्दै मुसालाई मुद्दा गर्दै हिड्ने माधव पोखरेल कहिले झुसे दाह्रीको कहानी भट्याउँछन्, कहिले विकासे भाँडो बोकेर आदेशमात्र होइन सुझाव दिंदै घुसलाई जुस बनाएको हेरिबस्छन् ।

नियम कानून बिक्री भएको सूचना पढ्दै अंश र वंशका कुरामा छुरा चलाउँदै कही नभएको विकास हेर्न पुग्छन । राष्ट्रिय बोली नै भोलि भन्ने माधव ढाँटछल दलको फलमा भोटको बोट मिलाएको देख्दा ठूलै चोट परेर मुसालाई मुद्दा ठोकेरतारिख बोकेका रैछन ।

स्यावास ! माधव घरभरि दुलो पार्ने, वनबारी, घाँसबारी, बासबारी सबैतिर चाहारी दुलैदुलो पार्ने मुसो गणेशकै वरिपरी लडु पेडा खाँदै उफ्रने नाँचने गर्छन् । मुसा भनेका नेता र ठूलाबडालाई घेर्ने अभिनेता हुन् । यी ऐजेरुले बिगारेका छन् । राजाका भए भारदार मन्त्रकिा भए सल्लाहकार, नेताका भए कार्यकर्ताहाकिमका भए चाकडीवाज सबै गणेसको बाहन मुसा जस्तै मानिस अवतारी हुन् । यी बठेयाइँ गरेर कुमारलाई उडाउछन् । शिव पार्वतीलाई छकाउँछन् । यसैले रामकुमार मुसाको चर्तिकला हेरेर दङ्ग छ । यो मुसाको युग हो । बाघको छालामा स्यालको दाइँ बिरालाको गालामा मुसाको म्वाइँ । हेर्नोस् मुसा कहाँ छैन ? मुसा प्राज्ञ भउको देख्नु भएको छ कि छैन ? मुसो मन्त्री भएको छ कि छैन ? मुसे प्राध्यापकदेखिमुसै राजदूत भएका पनि छन् । लेखकमा पनि उम्दा लेखक हास्यव्यङ्ग्यकार मात्र मुसो बन्दैन । दैलो देख्यो भनिने जातका मुसा चाँहि विन्ति गर्दे मुख चलाउने मुद्रामा ज्ञान मग्न होइन ध्यान मगन हुँदै अझै पाँडे छोडी साँढेपछि झर्ला र खाउँला भन्दै दगुर्दै छन् । हेर्नोस् हास्यव्यङ्ग्यकार माधव पाखरेलजी स्याल रङ्गिए जसतो रङ्गिएर नीलवणर् मुसिक हुनबाट बच्नुहोस् यही कामना ।

तपाईंको हास्य व्यङ्ग्य कतै कतै लेउ काई खुर्कनु पर्ने देखिए पनि नखुर्केकोमा नफुर्किनु फुर्किने काम नगर्नु होला । किन भन्नु होला भने तपाईंको हास्यव्यङ्य सुनको स्याउ हो । निरासी (पहिले माधव पोखरेल निरासीका नामबाट मुसालाई मुद्दा लेखेको र हाल गोज्याङ्ग्रे उपनाम बा चिनिएका) को ठाउँमा प्रत्यासी देख्दै अचेलका काँचा कलिला ऐला छोएला वाला व्यङ्ग्यकार भन्दा माथि पछि आउने भन्दा माझमा सुत्ने भएस भन्ने पर्छ ।स्यावासी दिंदैछु । छाती खोलेर सत्य सत्य बोलेर सबै तौलेर म भन्छु माधवका हास्यव्यङ्ग्य मज्जाका छन् । नढाँटी भनौा भने माधवका हास्यव्यङ्ग्य खाँटी छन् । साँचा हास्यव्यङ्ग्य भएकोले आफ्नै घर बैठकमा बसी श्री पाँडेको सरकारले पन्जापत्र सहित सक्कलीको टाँचा लगाउने काम गरेको छ । माधव पोखरेलको व्यङ्ग्यलाई चास्नी घोलेर ल्याएको हास्यरस ठहर्‍याएको छु । तपाईंको हास्य चेतले विकृति र विरोधाभासलाई रेत लगाएर अचेत समाजलाई सचेत पारेको छ । यसैले हास्यव्यङ्ग्यको शक्तिलाई विचेत नपारी भक्तिपूर्वक अगाडि बढाउनु भयो भने पिंडाली पगरी भैरव भारर पाँडे परमपद प्राप्त हुने नै छ, न संशय !

बेइमानी र बेथितिलाई व्यङ्ग्यको बम र भाला छुरी खुडाँ खुकुरीले छ्याक्क पार्नेदेखि मौकामा चौका हानेर भावभङ्गी ट्याक्क पार्ने, हास्यव्यङ्ग्यको तोला मासामिलाएर झाँको झार्ने, अपराधीलाई व्यङ्गयको गोर्खेलौरीमा पार्ने काममा सिपालु भएकोले यस्तै काम चालु भएमा मााधवलाइृ श्री पाँडेको सरकारमा आलु पार्टीमा गठन हुने मन्त्रिमण्डलमा एउटा पद पक्का छ ।

विद्या बुद्धि र विवेकले काम नगरेको अवस्थामा विद्धान, बुद्धिमान र विवेकीले केही लछारपाटो लगाउन नसकेको व्यवस्थामा कमसे कम हास्यव्यङ्ग्य क्षेत्रमा मुसालाई मुद्दा हालन कस्सिएका माधवलाई ब्रह्मज्ञान दिंदै म भन्छु हे माधव प्यारा ! जति मोटाए पनि मुसो हात्ती हुँदैन । कतै मुद्दाको मिसिल नै मुसोले नकाटोस् । मुद्दा हाल्न पर्ने मात्र होइन जेलमा जाक्नु पर्ने धेरै भइसके । भानुभक्त कालदेखिका लामखुट्टे, उडुस, उपियाँदेखि कृष्णलालका राता टाउके र काला टाउके किराले सखाप पारेको देशमा पाँडे पुराण भालुलाई पुराण बराबर ! यसतै मुद्दा चलिरहोस् ।

के के न झर्ला र खाउँला भनी साँढेको पछि लाग्ने कार्यकर्ता हर्ताकर्ता लेखक पत्रकारको पछि लाग्न छोडी पाँडेको अघि आएर हाकाहाकी बिन्तिपत्र हालेको साँचो हो । लेखोटमा खोट लाउने ठाउँ छैन । यसैले श्री पाँडेको शासनमा बडेमानको कलमको च्वाँक र घ्वाँक घाडो झुण्ड्याइदिएर हास्यव्यङ्ग्यका प्रीतिमा छाडिएको छ । पाठकहरूले पूजा गर्नु भए हुन्छ ।

मोफसलका हास्यव्यङ्ग्यको दलबलभन्दा पनि महाराजकीय नेता बढेकामा आफू स्वघोषित सरकार प्रमुख भएका नाताले खुसी झुसी हुन स्वाभाविक हो । हुन पनि बाहिरका हास्यव्यङ्ग्य हेर्दा राजधानी मोफसलका धेरै ठाउँमा पो देख्दैछु । हेर्नोस् इलामका विष्णु नवीन कम्ता थिएनन् । संखुवासभाका तारा चम्के जस्तै छन् ताराबहादुर बुढाथोकी, नुवाकोटे जुँगामुठे पिंडालु पण्डित बासुदेव गुरागाईदेखि हेटौडे आरसी रिजाल, पोखरे विश्व शाक्य, र दंगौरे उत्तमकृष्ण मजगैया । अनि दुर्गमका के जाती विना भुटुनका च्वाँई सुवेदी ! त्यसो त सरुवा हुने मोफसलका महामन्त्री पनि काठमाण्डौ नआएका होइनन् । कलैयाबाट मुकुन्द आचार्यदेखि धनुषाबाट मुन पौडेल, बन्दीपुरबाट विष्णुलाल श्रेष्ठ, उदयपुरबाट कुन सुरले आए माधव पोखरेल पनि । अझ लुसुक्क आएर टुसुक्क बस्ने त कति होलान् कति ।

माधव पोखरेल झक्की र पक्की हास्यव्यङ्ग्यकार हुन शंकाको डंका पिटाउनु पर्दैन । हास्यव्यङ्ग्यको खाँटी औतार माधव पोखरेलको लम्बरी लेखन हो होइन नापजाँच गर्न र मनोरञ्जनले भुँडी भर्न मुसालाई मुद्दाको यो मिसिल पल्टाउनु भए हुन्छ ।

श्री पाँडेको सरकारको मुख्य प्रमुख प्रधानमन्त्री कार्यवाहक महाप्रमुख न्यायाधीश समेत सम्हालेका, महालेखा, लोकसेवा र अख्तियार खप्टेर शासन चलाउने महाराज्य नायक महामहिम हास्यव्यङ्ग्यकार श्री राम भूतपूर्व कुमार परमाधिपति पाँडे । इति शुभम् ।

०००
माधव पोखरेल गोज्याङ्ग्रेको ‘मुसालाई मुद्धा’ सङ्ग्रहमा राकुपाको भूमिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x