साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कारबाही गरिबक्सियोस् महाराज !!!

हजुरको बोलीमा लोली मिलाएन ! विचार, आदर्श छोडेर दास भएन ! हजुरको हातको इसारा बुझेन ! आँखाको चाल बुझेन ! त्यसैले महाराज !!! उसलाई पाता कसिबक्सियोस् ! घरबाट बेदखल गरिबक्सियोस् !! कारबाही गरी बक्सियोस् महाराज !!!

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

उसले,
विधिको कुरा गर्‍यो !
कमिसन र भ्रष्टाचारको बिरुद्ध जेहाद छेड्यो !
हजुरको सुनको लंकामा,
आगो झोस्न अगुल्टो उठायो !
त्यसैले महाराज !!!
उसलाई पाता कसियोस्,
कारबाही होस् !

उसले !
अपहरणकारीको बिरोध गर्‍यो !
बलत्कारीको पुत्ला जलायो !
सरकारी जमीन लुट्ने नेताका बारे लेख्यो !
सुन तस्करका बिरुद्ध मोर्चा कस्यो !
त्यसैले महाराज !!!
उसलाई पता कसियोस् !
कारबाही होस् !

उसले !
विभेदलाई अस्विकार गर्‍यो !
जनताको गाँस खोसेर,
घुस खाने हाकिमलाई लोप्पा खुवायो !
विदेशी राजदूतावास धाउने नेताहरूको पोल खोल्यो !
त्यसैले महाराज !!!
उसलाई पता कसियोस् !
कारबाही होस् !

उसले !
हजुरको बोलीमा लोली मिलाएन !
विचार, आदर्श छोडेर दास भएन !
हजुरको हातको इसारा बुझेन !
आँखाको चाल बुझेन !
त्यसैले महाराज !!!
उसलाई पाता कसिबक्सियोस् !
घरबाट बेदखल गरिबक्सियोस् !!
कारबाही गरी बक्सियोस् महाराज !!!

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x