साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भास्यको हास्य जेन्जीको जय !

गर्नु नगर्नु गरेर नोठै नोठले भण्डार भरेर गन्जीको भरमा आएका जेन्जीलाई थर्काउँला भनेर ठोकठाकले ठिकठाक ठानेका आफै खुस्के ! सारा करतुत फुस्के। पाप धुरीबाट करायो ! भ्रस्ट नस्ट हुने प्रस्ट भो !

Nepal Telecom ad

रामकुमार पाँडे :

आलो पालो खालो ! राजनीतिको जालो ! आफ्नो सालो हालो ! यस्लाइ हालो उस्लाइ फालो । तुक्का हालो मुक्का उचालो, रियाल चुहाउदै खान सम्म खालो, फाट्या टालो, सूट टाइ हालो अनुहार कालो !

बुझ्नु भो? बुझ्नेलाइ भारी। नुबुझ्नेलाइ पारी! छोरोको किरिया खाएर हुन्छ कि? ढाकछोप गरेर पोथी पनि भाले जस्तो बासेपछि सारी भए पारी, दारी भए बङ्गारा झारी।

खान पनि कति सकेको! पेट फुटुन्जेल ! नातेदार, सल्लाहकार, आफन्त यिनकै जन्त। भुँडी फुटेपछि न धोएर सफा न रोएर काम ! नाम बदनाम मात्र हो र ? ज्यानको राम हराए पछि सबै ठण्डाराम! खाने बेला आँखा देखेन, दम्भले स्तम्भ ढलेपछि गले। तालुमा आलु फले, मुटु जले ! जजस्ले नेताको खुट्टो मले ती मुसो भएर दुलोतिर चले।नेताको रुखमा नोठ फले जन्ता खान नपाइ ढले !

छलको बलले गोल हान्दा हान्दै पोल खुलेपछि अब खाने भए फर्सिको झोल! सास नै नास भए कता बाट हाल्ने गाँस ? कसरी चाल्ने गोटी – सबै ढुटिमाटी ! आमालाइ अर्को बा हाल्ने, आफ्नाको भ्वाङ्ग टाल्ने, एक छाक मासु भातमा इज्जत फाल्ने, बादै बाद बिच गोटी चाल्ने, मै खाउँ मै लाउँ गर्ने, लुट्दै ढुकुटी भर्ने गुरु भए नि गोरु जस्तै चर्ने एकैपल्ट खङ्गारिएर झर्ने क्या मज्जा !

मति बिग्रेपछि गति छाड्नेको पछि को जान्छ सती ? उल्टै तान्छ र हान्छ । गति न पति भएपछि न रुनु न दागै दागको कपडा धुनु ! रातारात उप्रीमाथि थुप्री ! कसैको ट्यान्कामा एक जोर सद्धे लुगा छैन ट्यान्कीमा नोठै नोठ ! नदी तर्न पुल छैन गलामा फूलै फूल ! जगतले नगर्ने स्वागत ! फगत कामै नगरी दामै कमाउने धून भएपछि यिन्का घ्याम्पामा घुन र क्याम्पामा खून ! कति मारे कति ओसारे न भनी साध्य न मनि गनि साध्य।

खान पनि कति सकेका ! जग्गा भसक्कै, राजस्व भसक्कै भएपछि जन्ताको मन चसक्कै ! कसैले हवाइजहाज उडाए, कसैले कमिसन लुँड्याए, कसैको सन टनका टन क्वाइनले मोजमस्तिमा ज्वाइन ! कसैको खाना नहुँदा मागल गाना ! क्या जमाना ! कसैको सुनको छाना कसैलाइ छैन खाना एक माना !

यिनका चल्तिकारा सारा बूढाले हेर्याहेरै। केटाकेटी हेराहेरै। बुद्धि खुलेका कपाल नफुलेकाले दुनिया देखे। बूढो साँढेले कोरली ओगटेको, आँखामा चस्मा भोगटेको ! अब यिनबाट नोक्सान बाहेक सान मान केही बाँकी रहेन भन्दै झन्जाबात बनी जेन्जी साथ आए। पकापक खाएको, भरौटेले पाएको, ज्यानमारा र पकेटमाराले लुट्न पाएको बेला हमला ! झोकमा ठोकठाक गरेर ठिकठाक पारुँला भनेको जन्ता चूर भएपछि सपना चक्नाचूर !

पदमा पद्दु, आसनमा गद्दु पुगेपछि झोले लद्दुको शासनको आसन गुल्टनबाजी हुँदा कुनै पार्टीका पल्टनले सुल्टन कहाँ सक्ला ! गर्न पनि यिनले आफै सिध्याएर अर्कोलाइ दोष ! चील आयो आयो भन्दै आफै गिद्ध भै चल्ला टप्कायो ! कसैले लुट्यो भन्यो कि लुट्नेको कम्पारा छुट्यो र सके बोलीको गोली, नसके टाउको उठायो भन्दै झोली भर्दै खानसम्म खायो !

ढाँट्ने, छलकपट गर्ने, छकाउने, थर्काउने मात्र हो र आफ्ना कुकृत्य अर्काको थाप्लामा फर्काउने, जालझेलको जालो हाल्ने, नभएको दोष देखाएर, भरौटेलाइ लेखाएर, नौटन्की नचाएर हास्यको भास्यले हसुर्दै पचाएर गर्नु नगर्नु गरेर नोठै नोठले भण्डार भरेर गन्जीको भरमा आएका जेन्जीलाई थर्काउँला भनेर ठोकठाकले ठिकठाक ठानेका आफै खुस्के ! सारा करतुत फुस्के। पाप धुरीबाट करायो ! भ्रस्ट नस्ट हुने प्रस्ट भो ! जन्ताले ताली पिटे तर जस्ले लुटे तिनलाइ कस्ले पिटे ?

बेबी बुमर्स भएर काखमा जेन अल्फा लिएर हेर्दैछु तमाशा ! सपना साकार आफ्नो नभए पनि शहीदको होला! जय बम भोला ! शुद्ध नेतृत्व आए पो होला !

बल गरौँ भाइ हो – भ्रस्ट उन्मूलन आन्दोलनमा जेन्जी जिन्दावाद !

०००
हाल: नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x