साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सतीले सरापेको देश !

नेता हुनेले ठग्न र लुट्न जान्नै पर्ने। सरकारी सम्पत्ति खानै पर्ने। सरकारमा जानेले माटो, पानी र इमान बेच्नै पर्ने। किन भने यो नेपाल हो। सतीले सरापेको देश हो।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

सक्नेले
ठग्ने हो।
सक्नेले लुट्ने हो।
किन भने यो नेपाल हो।

हिजो मूर्ति चोर्ने नि
राजा भए
सर्पको छाला काण्डका नायक
नेता भए।
गाई र गलैँचा काण्ड लाग्ने
इमान्दार नेता मानिए
किन भने यो नेपाल हो।

नदी र खोला कसले बेचेन ?
माटो र धर्म बेचेर कसले सत्ता किनेन ?
जनताको गाँस खाने
को नेता भएन ?
किन भने यो नेपाल हो।

सरकारी जमिन नखाने
को नेता भएको छ ?
ठगी र लुट नजान्ने
को नेता भएको छ ?
गुन्डाको काँध नचडी
को नेता सरकारमा पुगेको छ ?
किन भने यो नेपाल हो।

हिजो भीम मल्ललाई
काट्ने पनि राजा नै थिए।
कालु पाण्डेलाई गिँड्ने पनि राजा नै थिए।
सत्ताको लागि कसले हतियार उठाएन ?
सत्ताको लागि कसले
आफ्नैको गला रेटेन ?
किन भने यो नेपाल हो।

राजा हुनेले
मूर्ति चोर्नै पर्ने।
नेता हुनेले
ठग्न र लुट्न जान्नै पर्ने।
सरकारी सम्पत्ति खानै पर्ने।
सरकारमा जानेले
माटो, पानी र इमान बेच्नै पर्ने।
किन भने यो नेपाल हो।
सतीले सरापेको देश हो।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x