साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सतीले सरापेको देश !

नेता हुनेले ठग्न र लुट्न जान्नै पर्ने। सरकारी सम्पत्ति खानै पर्ने। सरकारमा जानेले माटो, पानी र इमान बेच्नै पर्ने। किन भने यो नेपाल हो। सतीले सरापेको देश हो।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

सक्नेले
ठग्ने हो।
सक्नेले लुट्ने हो।
किन भने यो नेपाल हो।

हिजो मूर्ति चोर्ने नि
राजा भए
सर्पको छाला काण्डका नायक
नेता भए।
गाई र गलैँचा काण्ड लाग्ने
इमान्दार नेता मानिए
किन भने यो नेपाल हो।

नदी र खोला कसले बेचेन ?
माटो र धर्म बेचेर कसले सत्ता किनेन ?
जनताको गाँस खाने
को नेता भएन ?
किन भने यो नेपाल हो।

सरकारी जमिन नखाने
को नेता भएको छ ?
ठगी र लुट नजान्ने
को नेता भएको छ ?
गुन्डाको काँध नचडी
को नेता सरकारमा पुगेको छ ?
किन भने यो नेपाल हो।

हिजो भीम मल्ललाई
काट्ने पनि राजा नै थिए।
कालु पाण्डेलाई गिँड्ने पनि राजा नै थिए।
सत्ताको लागि कसले हतियार उठाएन ?
सत्ताको लागि कसले
आफ्नैको गला रेटेन ?
किन भने यो नेपाल हो।

राजा हुनेले
मूर्ति चोर्नै पर्ने।
नेता हुनेले
ठग्न र लुट्न जान्नै पर्ने।
सरकारी सम्पत्ति खानै पर्ने।
सरकारमा जानेले
माटो, पानी र इमान बेच्नै पर्ने।
किन भने यो नेपाल हो।
सतीले सरापेको देश हो।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x