साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरालाको ख्याल ख्याल- मुसाको काल !!!

गल्ती गरे सब मिली छलछाम ढाँट दोषी ठहर्छ जहिल्यै किन यो ललाट । बाँचून् मुसा अब मिलेर बिडाल साथ कोही नहून् मुलुकमा असहाय नाथ ।।

Nepal Telecom ad

उत्तम विचार :

मैदान छिर्न डर मान्दछ देख्छु लाछी
सोझो बनेर दुधको बसिदिन्छ साक्षी ।
जो चाल चल्दछ लुकी किन गर्छ ख्याल
हो देश यो मुसक ठान्दछ त्यो बिडाल ।।१।

छिर्दा सियो पछि धनाढ्य बनेर फाली
निस्के बिडाल अति भ्रष्ट बनेर जाली ।
भोकै मुसा जति मरून् नभुलेर पालो
छोडी कुँडे किन सुदूर हटोस् बिरालो ।।२।

जो ङ्यार्र ङुर्र घरमा दिनरात गर्छन्
ती पाल्तु हुन् कुकुर जो घटिया ठर्छन् ।
नङ्ग्रा खियाउन परोस् तर भन्छ नाइँ
यो देशमाछ उसकै लठिबज्र दाइँ ।।३।

जुम्रा यिनै उडुस हुन् उपिया समान
जो देशको रगतले तगार्छ ज्यान ।
बाँकी रहन्न अबशेष कतै नछाडे
अस्तित्व मेट्न कसिँदै छ अभिषप्त ढाडे ।।४।

गल्ती गरे सब मिली छलछाम ढाँट
दोषी ठहर्छ जहिल्यै किन यो ललाट ।
बाँचून् मुसा अब मिलेर बिडाल साथ
कोही नहून् मुलुकमा असहाय नाथ ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x