पदम भण्डारीयसपालीको दशैँ त साह्रै झुर भो
मासु किन्न पसल गयो, किन्न सक्ने त्यहि कुखुरा र बाख्राहरुको, नङ्ग्रा खुर भो स्वास्नी छोराछोरी नराम्रोसँग पड्किए मेरो लागि चाडबाड पनि साह्रै क्रुर भो यसपालीको दशैँ त साह्रै झुर भो !

पदम भण्डारी :
जुठो परेकोले न कतै मुकाम भो न कतै टुर भो
यसपालीको दशैँ त साह्रै झुर भो !
दशैँ भनेकै मीठो खाने राम्रो लाउने चाड
यसपालीको दशैँमा घरैमा खसी ढाल्ने
छोराछोरीले आईफोन मोबाईल किन्ने
नयाँ नयाँ ब्राण्डेड जुत्ता र कपडा लगाउने भन्दै
एकातिर छोरी अर्कोतिर छोरो खुसीले फुर्फुर भो
तर, यसपालीको दशैँ त साह्रै झुर भो !
पहिलो र दोश्रो लहर लकडाउनले
कमाईका सबै स्रोत बन्द भएपछि
मासुका विभिन्न परिकारका नाममा
कुखुराको नङ्ग्रा र बाख्राको खुर भो
यसपालीको दशैँ त साह्रै झुर भो !
दशैँ भनेकै मीठो खाने राम्रो लाउने चाड
त्यसमाथि पनि केटाकेटीका लागि
अझ विशेष हुन्छ भनेर रत्नपार्कको फुटपाथबाट
छोराछोरीलाई एक एक थान लुगा किनेर लगेँ
ब्राण्डेड लुगा ल्याइदिएन भनेर
एकातिर छोरी रुन लागी
अर्कोतिर छोरो रीसले चुर भो
यसपालीको दशैँ त साह्रै झुर भो !
चाडबाड भन्नेकुरा आ-आफ्नो औकात अनुसार मनाउने हो
अरुसँग तुलना गरेर आफूलाई बेखुसी बनाउने होइन
त्यै भएर फुटपाथबाट लुगा लिएर आएँ
खुट्टीको सुप स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनेर
कुखुरा र बाख्राका खुट्टी लिएर आएँ
के मात्र भनेको थिएँ खुट्टी हो कि खुर हो भनेर
मासु किन्न पसल गयो, किन्न सक्ने त्यहि
कुखुरा र बाख्राहरुको, नङ्ग्रा खुर भो
स्वास्नी छोराछोरी नराम्रोसँग पड्किए
मेरो लागि चाडबाड पनि साह्रै क्रुर भो
यसपालीको दशैँ त साह्रै झुर भो !
हुन त सबैको दशैँ एकै हुँदैन
कसैको दशैँ भव्य भयो
कसैको दशैँ ठीकै ठीकै भयो
मेरो पनि पाँचजना परिवारको आ-आफ्नै सुर भो
खै किन आउँछ चाडबाड, गरिबलाई पनि
को रिसाउने हो डरले मन, थुरथुर भो
यसपालीको दशैँ त साह्रै झुर भो !
०००
चितवन







































हँसाउनु भयो, पदम दाइ!