होम सुवेदीकेही ठाेक्तकहरू
सुरक्षार्थ बुढानिलकण्ठ जानुपर्ला भनेकाे त भक्कुमार चुटाइ खाएकाे त्यस राँगाले त थलो नै सार्ला जस्तो छ ।

हाेम सुवेदी :
१.
सिंहदरबारभित्र केही गिद्ध रहेछन्
तीनै गिद्ध सिनो लुछ्न भेला भएछन्
बालकोट खुमलटार बुडानीलकण्ठका
सिनाे खोज्न सितलनिवासतिर गएछन् ।।
२.
हेर्दा गिद्ध देखिए पनि भित्र अर्काे छ
सिनाे खोज्ने गिद्धहरूकाे स्वर चर्को छ
बालुवाटारकाे सिनो सिनाे खान नपाएका
भाेका गिद्धहरूकाे लामाे लर्को छ ।
३.
गिद्धका मुखको सिनो मुखबाट तल सर्दा सर्दै
हुँडार बाघमा झम्टाझम्टी पर्दा पर्दै
स्यालले सिनाे उछिट्यायो
गिद्धका मुखबाट सिनो झर्दा नझर्दै ।
४.
बालकोटे अर्नाले हानेर मार्लाजस्तो छ
खुमलटारे राँगाले झन् दार्ला जस्तो छ
सुरक्षार्थ बुढानिलकण्ठ जानुपर्ला भनेकाे त
भक्कुमार चुटाइ खाएकाे त्यस राँगाले त थलो नै सार्ला जस्तो छ ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































