साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी गर्छौँं

ए कस्ता कस्ता हिटलर गए, मुसुलियन गए,जार गए के हाम्रो देशबाट जाबो भ्रष्टाचार पनि पखाल्न सकनौँ हामीले।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“देशभरी भ्रष्टाचार चुलियो।”- रामनन्दन्ले चिन्ता व्याक्त गर्दै भन्यो।
“त्यसको अन्त्य हामीले गर्छौँ काका चिन्ता नगरौँ न। अहिले तीन दिनभित्रै सत्ता च्युत गरेको देख्नु भएन ?” प्रेमेले जेन्जी आन्दोलनको प्रशंसा गर्दै भन्यो।

“खै छोरा कसरी गर्छौ ? यो भ्रष्टाचार त सबैको रगतमा नै मिसिएको छ। सितिमिति भ्रष्टाचार जानेवाला छैन।”- रामनन्दनले भने।

“ए कस्ता कस्ता हिटलर गए, मुसुलियन गए,जार गए के हाम्रो देशबाट जाबो भ्रष्टाचार पनि पखाल्न सकनौँ हामीले।”

हाम्रो पुस्तालाई जीताई बक्सियोस काका आर्को दिन सबै भ्रष्टाचार छुमन्त्र हुने छ।” प्रेमेले रामनन्दनलाई विश्वास दिलायो।

“यो पुँजिवादी व्यवस्थामा भ्रष्टाचार अलि अलि सुधार त होला तर आमूलपरिवर्तन भने असम्भव नै छ। “-रामनन्दन्ले व्यङ्ग्यात्मक शैलीमा भने।

“हामीले भ्रष्टाचारको अन्त्य गरेर देशमा आमूलपरिवर्तन ल्याउँछौँ।” – प्रेमेले छाती ठोक्दै भन्यो।
रामनन्दन प्रेमेतिर एक टक खुट्टाबाट तालुसम्म नियाले र केही नबोली भित्र गए बाकसबट एक मुठा कागज निकालेर आए।

“हेर त बाबु यिनी दस्तावेजहरूमा के लेखिएको छ ।”- उनले त्यो बिटो फुकाएर देखाउँदै भने।
“काका यो त चुनावी घोषणा पत्रहरू हुन् पन्द्रसाल यताका।”-प्रेमेले सबै कागतहरू खँगाल्दै भन्यो।

“अहिले तिमीले जसरी मलाई आश्वासन दिलाउँदै भनेका छौ उस्तै यिनीहरूले पनि नभनेका हुन् र ? उनीहरूले त लेखेर आआफ्नो पार्टीको मोहोर लगाएर दिएका प्रमाण हुन् यिनी ।”- रामनन्दनले प्रेमतिर हेरेर मुस्कुराउँदै भने।

०००
दाङ घोराही १८
०६-१०-२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x