साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (शृङ्खला, ६३)

जीवन आफ्नो अलमल बन्ने साथसखाले असफल गन्ने याम छँदै अब लक्ष्य समात कार्य थलामा झुल्छ प्रभात।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

बालापन

सललल बग्ने कलकल पानी
मानव चाेला निर्मल ठानी
तुलबुल धेरै नगर न नानी
दिनपल राम्रो साँच जवानी।।४०७।।

बाल्य उमेर सुखकर वेला
छैन अभाव असल छ खेल
युवक छ वेला हाट र मेला
मन बहकाए पर्दछ फेला।।४०८।।

प्रविधि छसँगमा दृश्य नियाल्ने
युवक र युवती रनवन भुल्ने
नगर न यस्तो प्रदुषण जात्रा
विचलन हाेला सुखकर यात्रा।।४०९।।

पठनमा तिम्रो अतिशय खर्च
कठिनले बाबा अविरल छर्छ
नतिजा छ शून्य नम्बर छैन
दाम असुल्ने हविगत छैन।।४१०।।

याम बितेपछि गनगन गर्दा
मार्ग सबैमा लाग्दछ पर्दा
हाय विधाता भन्नु शिवाय
हुन्न थलामा सत्य उपाय।।४११।।

जीवन आफ्नो अलमल बन्ने
साथसखाले असफल गन्ने
याम छँदै अब लक्ष्य समात
कार्य थलामा झुल्छ प्रभात।।४१२।।
( क्रमशः)

०००
२०८०/४/१०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x