साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठान नेपालको १४२ औँ श्रृङ्खला सम्पन्न

प्रमुख आमन्त्रित वरिष्ठकवि डा. बमबहादुर थापा जिताली, विशिष्टअतिथि पुरुषोत्तम सिग्देल, गणेश आत्रेय, एवं गोविन्दप्रसाद घिमिरे वेदमणि ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ मङ्सिर १५ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १४२ औँ मासिक प्रविधिमैत्री स्वतन्त्र कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भयाे ।

कार्यक्रमका प्रमुख आमन्त्रित वरिष्ठकवि डा. बमबहादुर थापा जिताली, विशिष्टअतिथि पुरुषोत्तम सिग्देल, गणेश आत्रेय, एवं गोविन्दप्रसाद घिमिरे वेदमणि ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा कविता, मुक्तक, सुसेली, स्वच्छन्द रोचक ढङ्गबाट कविहरूले वाचन गरे । सिर्जना देश भक्ति भावले भरिएका जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।

यस अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, गणेश आत्रेय, गोविन्दप्रसाद घिमिरे वेदमणि, गङ्गा लिगल, सुशीलकुमार रिजाल, दुर्गाप्रसाद सिग्देल, जगदीश्वर पोखरेल, गङ्गा भण्डारी, द्वारिका कुइँकेल, उत्तम भेटुवाल, वीरबहादुर लोहनी, सुधा बाँस्कोटा ढकाल, शशी रिमाल, राम के. सी., वासुदेव ठकुरी, टेकबहादुर लौडारी, दुर्गा रिमाल अधिकारी, चन्द्रा न्यौपाने, गोम बिक्रम थापा र तुलसीप्रसाद भट्टराईं हुनु हुन्थ्यो ।

प्रमुख आमन्त्रित एवं समीक्षक डा. बमबहादुर थापा जिताली अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको छ । छन्दको संरक्षण गरेको छ भन्नु भयो । समसमयिक अत्यन्त मिठा सिर्जना श्रवण गर्न पाउदा सर्जक मुग्ध भए भन्नु भयो । अभ्यास जति गर्न सक्यो उति सिर्जना माझिदै जान्छन् भन्नु भयो । प्रविधिमैत्री कविगोष्ठी निरन्तर गरिरहेको छ । वाचन गरेका कविताको सुललित ढङ्गले समीक्षा समेत गर्नु भएको थियो । उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा मन्तव्य राख्नु भयो र स्वागत गर्नु भयो ।

सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले छन्द अभ्यास गर्ने कविले लय र तालमा रचना गर्न सिक्नुपर्दछ । कविता टेडो हुनु पर्दछ । कविता पढेर पाठक झस्किनुपर्दछ भन्नुभयो । छन्द सवा दुईकरोड छन् । आज वाचित कविता गुणस्तरका थिए । कविगोष्ठी गरिमामय भयो । सभ्य,भव्य र नव्य भयो । कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनु पर्छ भन्नु भयो । नेपाली भाषा बिगार्न कसैले हुँदैन भन्नु भयो । गोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।

महासचिव सुधा बाँस्कोटा ढकालले कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।

०००
– जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x