साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखियो पक्षपात

सासूका मर्म पीडा हरपलपखमा चढ्दछन् गाथगाथ । आफ्नै सासू वधूका प्रियजन नहुने देखियो पक्षपात ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

आमा बा सृष्टिकर्ता सकल मनुजका ईश हुन् सर्वमान्य ।
चासो राख्दा सुताका सुत सबजनका आज हुन्छन् अमान्य ।।
आफ्ना ती स्वार्थ रोज्दै सबल सुत वधू रम्दछन् एकसाथ ।
बस्छन् बा मातृ वृद्धाश्रम विवश भई देखियो पक्षपात ।।-१

आमाका मात्र धेरै विविध गुण कथा गाउँछन् बारबार ।
बाबाका दिव्य अर्ती सिप र तपसका बुझ्छ को सत्य सार ?।।
आमा खट्छिन् सदाझैँ घर वरपरका काजमा गर्वसाथ ।
बाबाका मर्म तोड्ने नर कमसल हुन् देखियो पक्षपात ।।-२

सासूआमा बुहारी विच मिलन हुँदा खासमा हर्ष मिल्छ ।
सासू ठान्छिन् बुहारी अधमसरि भने गेह कल्ले सिँगार्छ ?।।
यस्तै चाला उमार्छन् दिनहुँ यदि भने हुन्छ व्यर्थै प्रभात ।
छोरी जस्तै बुहारी मुटुसरि नहुने देखियो पक्षपात ।।-३

सासू आफ्नै मुमाझैँ असल अदिति हुन् भन्न चुक्छन् बुहारी ।
सासूका पुत्र आफ्नै खसम हजुर हुन् सर्व कल्याणकारी ।।
सासूका मर्म पीडा हरपलपखमा चढ्दछन् गाथगाथ ।
आफ्नै सासू वधूका प्रियजन नहुने देखियो पक्षपात ।।-४

स्वास्नीका बात सुन्दै सुत पनि सहजै बस्छ घोक्रो फुलाई ।
बा आमाका व्यथाका चरण चरण झन् बढ्दछन् हेर भाइ ।।
हाँस्ने, नाच्ने र घुम्ने रहर सब गए देह मात्रै छ साथ ।
बा आमा व्यर्थ ठान्ने चलन सुरु हुँदा देखियो पक्षपात ।।-५

०००
वि.न.पा.-४, नुवाकोट । हाल: माछापोखरी, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धाहरू सबल छन्

वृद्धाहरू सबल छन्

के.पी. पाैडेल
वृद्ध जोडी

वृद्ध जोडी

के.पी. पाैडेल
वृद्ध जोडी

वृद्ध जोडी

के.पी. पाैडेल
वृद्धाहरू बचाऔँ

वृद्धाहरू बचाऔँ

के.पी. पाैडेल
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x