फित्काैली डटकमनेपाली साहित्यकार भारतमा सम्मानित
सम्मानित हुने साहित्यकारहरूमा नेपालबाट रामकुमार पण्डित र मञ्जुश्री प्रधान थिए भने भारतको सिक्किमबाट सहयात्री प्रीतम, मुक्ति घिमिरे, बङ्गलादेशबाट बिधान दत्त र दुवईबाट सप्तदीपा अधिकारी थिए ।

इस्लामपुर, भारत, २०८२ मङ्सिर । भारतको वैष्ट बङ्गाल राज्यको इस्लामपुरमा सृजन साहित्य असर संस्थाले “मैत्री उत्सव २०२५” कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र दुबईका साहित्यकारहरूको उपस्थिति थियो ।
कार्यक्रममा कविता वाचन तथा स्रष्टा सम्मान गरिएको थियो । सम्मानित हुने साहित्यकारहरूमा नेपालबाट रामकुमार पण्डित र मञ्जुश्री प्रधान थिए भने भारतको सिक्किमबाट सहयात्री प्रीतम, मुक्ति घिमिरे, बङ्गलादेशबाट बिधान दत्त र दुवईबाट सप्तदीपा अधिकारी थिए । यसका साथै इस्लामपुर, सिलिगुरी, मेखिलीगञ्ज जस्ता स्थानीय क्षेत्रका कविहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित साहित्यकारहरूलाई फूल, टीका, मयुरको प्वाँख दिई, दियोमा बत्ती बालेर पूजा गरेझैँ आरती गरेर सम्मानको सुरुवात गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष सुशान्त नन्दी र प्रमुख अतिथिले सम्मान पत्र दिइरहँदा दायाँबायाँ दुई बालिकाबाट चमरपङ्खाले हम्किएको थियो ।
चार देशको सहभागिता भएकोले चारै देशको राष्ट्रिय गान बजाइएको थियो भने सहभागी स्रष्टाले आफ्नो देशको राष्ट्रिय झण्डा उचालेर साथ दिएका थिए ।
कार्यक्रममा मन्तव्य दिँदै साहित्यकार रामकुमार पण्डितले भनेः “भारतले दिएको यो सम्मान सिर्फ रामकुमार पण्डितको लागि मात्र नभएर सम्पूर्ण नेपालीको लागि हो । यसले स्थापित तथा नवप्रतिभाहरूलाई हौसला मिल्नेछ ।”
कार्यक्रममा रामकुमार पण्डित र मञ्जुश्री प्रधानले नेपालको गरिमा बढाउने किसिमको कविता वाचन गरेका थिए । काठमाडौँका सक्रिय यी दुवै साहित्यकारले कथा, लघुकथा, कविताजस्ता कृतिहरू प्रकाशन गरिसकेका छन् ।
कार्यक्रमा आफ्नो कला र संस्कृतिलाई महत्व दिई वैदिक परम्परा झल्कने गीत, सङ्गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो, जसलाई बालबालिका लगायत जेष्ठ नागरिक सम्मले साथ दिएका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest










































