साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहरै जाम्ला नि विषादी खाम्ला नि ! लल्लौरीबिल्लौरी

बजाउँदै गाना बजारका खाना मीठो मान्दै खान्छन् र ज्यानले नपचाएपछि अस्पताल जान्छन् उनीहरु। रोटी भकैभटमास खानेहरु पुरातन रे अनि बर्गर र पिज्जा खाएर गिजा दुखाउनेहरु चाहिँ मोडर्न रे क्या ! क्या गजब छ बा।

Nepal Telecom ad

अमर अधिकारी :

गाउँघरका मान्छेहरुको सोँचाइ अनुसार सहरमा बस्ने मान्छेहरु निरोगी हुन्छन् अर्थात् स्वस्थ रहन्छन् भन्ने भ्रम छ। सहरबासीहरुले अप्राकृतिक खाद्यवस्तु खान्छन्, आफ्नो ज्यान बिगार्छन् भन्नेतिर ध्यान जाँदैन गाउँलेहरुलाई। उल्टै इर्ष्या हुन्छ सहरबासीप्रति गाउँलेहरुको। भाग्यमानी त ती हुन् जसले कृषिकर्म गर्छन्, आफ्नै गोठमा उत्पादित गोरस सेवन गर्छन्, आफ्नै रुख बोटमा फलेका पोषक तत्व सहितका फलफूल टिपेर खान्छन्। जसले प्राकृति व्यायाम गरेर कृषि उपज उब्जाउँछ र सुरक्षित भोजन गर्छ ऊ हो खासमा भाग्यमानी। उनीहरुमा भएका झिना मसिना रोगव्याधीहरु परिश्रम गर्दाका बखत पसिनाबाट फ्याँकिन्छ, खाँदा रुच्छ र खाएको पच्छ। मसिना खालका गोलभेँडा भुंग्रोमा पोलेर सिलौटामा पिसिएको चटनी मीठो कि सहरमा प्याकिङ गरिएको पिकल मीठो लौ कल्पना गर्नस् त गाउँबासीहरु ?

उकाली अनि ओराली गर्नु के नराम्रो हो र ? अनि घास-दाउरा गर्न वनमा जानु र आउनु अनि खनजोत गर्नु नचाहिने काम हो ? तर बुझ्दैनन् गाउँका मान्छेले हामी भाग्यमानी भएकाले किसान बनेका हौँ भनेर। उहिले हामी भुराभुरी हुँदा रेडियो नेपालबाट बेलाबेला गुञ्जिरहने गीत हो- ‘सहरै जाम्ला नि धन कमाई ल्याम्ला नि लल्लौरी बिल्लौरी, आहूँ….! अहिले त्यो गीत कसैकसैले सुन्लान् युट्युबमा खोजेर। युवाहरु सुन्छन् र हेर्छन् नराम्रा रोजेर। अहिले भने यो गीतको सट्टा अर्को गीत बनाउनु जरुरी भएको छ। त्यो हो- सहरै जाम्ला नि विषादी खाम्ला नि थेरापी धाम्ला नि !! लल्लौरी बिल्लौरी…. !!! किन कि फलफूलमा विषादी तरकारीमा विषादी दूधदहीमा केमिकल। अनि बच्ला त हाम्रो ज्यान, खोई त ज्ञान ? यसमा खाइने यस्ता यस्ता अखाद्यहरु हसुर्ने अनि नशा च्यापियो हड्डी खिइयो थाइराइडको समस्या। ऋण काढेर थेरापी सेन्टर धाउनेदेखि विरहका गीत गाउने धेरै छन् सहरमा बस्नेहरु। काठमाडौँका चोकचोकमा खुलेका नाम मात्रका आयुर्वेदिक उपचार केन्द्रले भिडियो बनाउछन् र एकजनालाई भन्नलगाउँछन्। फलानो उपचार केन्द्रमा गएपछि मेरो सबै रोग निको भयो। अनि ती झुठो कुरा भन्नेलाई उपचार केन्द्रले कति हजार वा लाखमा किनेको छ त भनेर खोजीनीति कसरले गर्ने। झुठो विज्ञापन रचेर थैलो भर्ने ?

सहरबासीहरुले साँच्चिकै बासी चिजवस्तु खानेगर्दछन् अनि सभ्यताका गीत गाउँछन् बित्थामा। विदेशबाट आयातीत अस्वस्थकर विषादी सहितका खानेकुरा खानेकुरा खाने कुरा खान्छन्। कहाँ उत्पादित हो कहाँ प्रशोधित हो कहाँ भण्डारन गरिएको हो र कसरी ढुवानी गरिएको हो भन्ने थाहा हुँदैन र खुद्रा विक्री हुने पसलबाट किनेर खान्छन् आफ्नै भाग्यलाई आफै हान्छन्। प्याकेटमा वस्तु उत्पादित मिति र म्याद सकिने मिति उल्लेख त हुन्छ तर त्यो विश्वास छैन। सुपरमार्केटमा म्याद सकिएका खाद्यवस्तुहरु रातारात बाहिरिन्छ र त्यहीँ अखाद्य वस्तु कुमान्छेबाट फेरि प्याकिङ गरिन्छ र पुग्छन् त्यस्ता बस्तुहरु सुकिलामुकिलाका घरका भान्साहरुमा।

मोडर्न बन्न खोज्नेहरुः
आधुनिक जीवनशैली अपनाउनेहरुले नानाथरीका खाद्यवस्तुहरु सेवन गर्दछन् सहरमा। नचाहिदो रहरमा। स्वस्थ रहनुपर्छ भनेर सोँच्नेहरुभन्दा पनि अस्वस्थ रहन खोज्नेहरु धेरै छन् सहरमा बेकारको रहरमा। मकै जौँ जुनेलो लट्टे फापर कोदो कागुनो चिनो उवा खानेहरुलाई हेप्ने सहरबासीहरु दिनहुँ थेरापी सेन्टर धाउने र अस्पतालमा दुःख पाउनेहरु धेरै छन्। मेडिकलबाट सिधै औषधि खानेहरु र व्यायामशाला जानेहरु त कति छन् कति सहरमा।

गाउँमा चुलो देख्न नचाहनेहरुले सहरमा धुलो खाइरहेका छन् गाउँमा कुवा नदेखेकाहरुले मोटरको धुवा खाइरहेका छन्। सहर सहर जाने रहरले जीवनमा धेरै कहर बेहोर्नुपर्ने हुन्छ मान्छेले।

भर्भराउँदो उमेरका युवायुवतीहरुले झर्झराउँदो खाने कुरा देख्दाबित्तिकै मुखमा पानी उमार्दै गोजी परीक्षण गरेर छिर्छन् र खान्छन् हेर्दा खँदिलो र खाँदा स्वादिलो। तर त्यो झर्झराउँदो बनाउने रसायन के हो त भन्ने कुराको हेक्मा र ठेक्का भने हुँदा उनीहरुलाई, खानपाए पुग्यो। बजाउँदै गाना बजारका खाना मीठो मान्दै खान्छन् र ज्यानले नपचाएपछि अस्पताल जान्छन् उनीहरु। रोटी भकैभटमास खानेहरु पुरातन रे अनि बर्गर र पिज्जा खाएर गिजा दुखाउनेहरु चाहिँ मोडर्न रे क्या ! क्या गजब छ बा। पाउरोटी अर्थात् खुट्टाले पीठो मुछेर बनाइएको रोटी उहिले उहिले चियामा चोबेर खान कम मजा आउँथ्यो। कसले हो कुन्नी पाउरोटीको नाम यसरी रहन गएको हो भने पनि मैले केही महिना पाउरोटी नै खान छोडिदिएँ। अर्को कुन चाहिँ उटपट्याङले त झन केकमा भारतबाट आयातीत कुहिएको अण्डा राखेको हुन्छ भनेपछि केकको अनुहार नै हेर्न मन लागेन मलाई। खाउँखाउँ लाग्ने चाउचाउको कथा सुन्दा त झन त्यो बहिष्कारमै परेको छ मेरो।

विश्वमा चाउचाउ बढी खाने मुलुकमा नेपाल पर्छ भनेको समाचार देख्दा लाग्छ कि नेपालीहरु कति अज्ञानी रहेछन् भन्ने कुरा। हुन त जे सुकै खाउन् जे सुकै लाउन् आआफ्नो इच्छाको कुरा पनि हो र मौलिक अधिकार पनि हो। तर यस्ता जंकफुड खर्थात् मन्दविष बारेमा सर्खारले पनि सोच्नुपर्ने होइन र ? पानीपुरीमा राखिने अमिलो पानी हार्पिकमा प्रयोग हुने रसायन चटपटेमा मिसाइने कृत्रिम रङले भुराभुरीहो भुँडीमा गडबडी हुने मात्र होइन कि केही दिनपछि अस्पतालको बास र उपचारको आश हुने निश्चित नै हुन्छ। चुरोटको धुवाँले नपुगेर गाडीको धुवाँ लिन बाटोको छेउँमा बसेका हुन्छन् कतिपय। आफू त तेत्तीस वर्ष भो मास्क लगाउन थालेको। प्रदूषणका विरामीहरुको भीड देख्न सकिन्छ अस्पतालहरुमा। स्वासनली फोक्सो विजोग बनाउन तयार तर मास्क लगाउँदा उकुसमुकुस हुन्छ रे जागरुक नागरिकहरुलाई।

विदेशको धाक लगाउने आफ्नो देशमा माखो नपार्ने र सकारात्मक प्रभाव नपार्नेहरुको बिगबिगी पनि छ हाम्रो मुलुकमा। विदेश गएको छोराछोरीहरूले पठाइदिएका भिटामीन डि बि १२ खान पाइएको भनेर दंग पर्छन् हाम्रा सहरबासीहरु। कुन दिनदेखि एआईले खाना बनाइदिने र भाँडा सफा गरिदिने दिन आउँछ अनि झन बिग्रिन्छ ज्यान। पसिना नबगेपछि भित्रै थिग्रिन्छ रोग पनि।
हरि ॐ तत्सत् !

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
आफै जालमा फस्यौँ

आफै जालमा फस्यौँ

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x