साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाजमति

पोल्ने छु तिम्रा सब दम्भ खोजी । बस्ने छ जो मानव सत्य रोजी ।। एक्लै बसे शान्ति हुनेछ साथी । मध्यान्हले चिर्दछ दुष्ट राती ।।

Nepal Telecom ad

हेमराज पन्त :

बोल्दै नबोल्दा किन सुन्छ खै को ।
पीडा नभोगी किन रुन्छ खै को ।।
हाँस्ने रुनेको मनमा छ कालो ।
जोगाउँदै बस्छ घमण्ड टालो ।।

पाखण्डको मूल रहेछ मान्छे ।
घमण्डमा बग्दछ दुष्ट मान्छे।।
फाल्ने उहीँ मानव टिप्छ काले ।
निर्धा टिपी टप्प झन दूर फाले ।।

देखिन्छ बेग्लै धनको मलामी ।
बस्थे कहाँ को मन चित्त छामी ।।
संस्कारको खार टिपेर बाले ।
तिम्रा सयौं दुर्गुण आज फाले ।।

पोल्ने छु तिम्रा सब दम्भ खोजी ।
बस्ने छ जो मानव सत्य रोजी ।।
एक्लै बसे शान्ति हुनेछ साथी ।
मध्यान्हले चिर्दछ दुष्ट राती ।।

घुम्दै छ चारैतिर हैम पाखा ।
सुन्ने सही मानव बुझ्छ भाका ।।
खोला, नदी, धिप्धिप दीप बाती ।
होच्याउने बन्दछ मित्र जाती ।।

चिन्थे यहाँ को वन, भीर झाडी ।
सामन्तको बास हुनेछ घाडी ।।
रोक्ने र जोख्ने उहीँ रोज्छ ढारी ।
श्रृङ्गारले नग्न झनै कुमारी ।।

०००
पाटन २ सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x