साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नव दास

घुस दान यहाँ घुस देव बने । कविका कविता झन भ्रष्ट बने ।। मतदान म गर्दिन भन्छ मने । मनचोेर,दलाल महान बने ।।

Nepal Telecom ad

हेमराज पन्त :

किन मस्त सदैव म देख्छु उनी ।
तन सुन्दर पो मनले छ खुनी ।।
छ चलाख निकै झन मिष्ट कुरा ।
मुख बन्द सधैं करमा छ चुरा ।।

किन दास बनेर चिनेन जुता ।
भिडभाड निकै किन देख्छु उता ।।
नव भाषणले किन मख्ख भुरा ।
दल चिन्ह थमाउन भन्छु चुरा ।।

दलका दल आँत दलाल पसे ।
सब देश लुटी जन भाव डसे ।।
बबुरो म सधैं किन गर्छु कुरो ।
ठग खोंच बने म बने चुचुरो ।।

पद चाप बुझे धनको मनको ।
किन बन्छ कहाँ कविता मनको ।।
बस शासनमा पदका धतुरे ।
किन गर्छ मजाक यहाँ चतुरे ।।

म त मानव पो दल बन्छ जुता ।
अझ पोख्छु यहाँ मनका कटुता ।।
छ दलाल सबै न युवा न बुढा ।
नव चेतनले अब दुष्ट उडा ।।

घुस दान यहाँ घुस देव बने ।
कविका कविता झन भ्रष्ट बने ।।
मतदान म गर्दिन भन्छ मने ।
मनचोेर,दलाल महान बने ।।

०००
पाटन २ सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x