साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम- ३६

अरूले उनलाई ‘गायक’ भनेर ब्यानर टाँसे पनि उनले भनेको एउटा कुरा चाहिँ सहि सत्य लाग्यो— “म गायक होइन, म पर्फर्मर हुँ।”

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

अहिले औरिकाको ताजा खबर भनेको मुर्गेस थापाको कन्सर्ट नै हो। सर्ट नलगाईकन सेन्डो भेस्टमा कनिकनि उफ्रँदै प्रस्तुति दिएको शैली हेर्दा, उनी “कन-सर्ट” गर्न नै जन्मिएका हुन् । उनका आफ्ना कालजयी गीतहरूसँगै केही नारायण गोपाल, भक्तराज आचार्य र दीप श्रेष्ठका गीतमा मुख चलाएका भिडियोहरू सामाजिक सञ्जालमा अहिले छरपस्ट भेटिन्छन्।

टेक्सासको अस्टिनमा उनले ५१ जनाको बिसाल कन्सर्ट गरे भने ड्यालसमा बाहिरी पार्कमा आयोजित कार्यक्रममा झन्डै एक लाखजति मानिस भेला भएको अनुमान गरिएको छ। एस.डी.पी. नामक मिडियाले दिएको जानकारीअनुसार उनले टेक्सासबाट मात्र ५० हजार डलर संकलन गरेका छन्। स्टेजमा प्रवेश गर्दा उनले सबैभन्दा पहिले “भन, भन भाइ हो देउसिरे” भनेर प्रस्तुति सुरु गरेका थिए। त्यसपछि भैलो गाए। त्यसपछि भने नारायण गोपालको गीत ट्र्याकमा बजाएर उनीले यता मुख चलाए । “धन्न उनको ओरिजिनल आवाजमा नारायण गोपालको गीत सुन्‍न परेन” भनेर केही दर्शकले नुन चिनी पानीलाई जानकारी गराएका थिए।

“दुश्मन हेरेको हेरै” भन्ने गीत उनले हरेक कार्यक्रममा ५ देखि ७ पटकसम्म ट्र्याकमै बजाएर सुनाउने गरेका रहेछन्, र आफू माइक बोकेर उफ्रने गर्दारहेछन् । अरूले उनलाई ‘गायक’ भनेर ब्यानर टाँसे पनि उनले भनेको एउटा कुरा चाहिँ सहि सत्य लाग्यो— “म गायक होइन, म पर्फर्मर हुँ।”

यदि इज्जोती मगर र मुर्गेस थापालाई “बेस्ट पर्फर्मर” को रूपमा नेपाल सरकारले पुरस्कार दियो भने त्यो पुरस्कारले माइकको सम्मान नै हुने हाम्रो निष्कर्ष छ।

०००
(व्यङ्ग्य लेखक दाहाल नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x