साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम – ४२

खास कति रकम बुझाएपछि समानुपातिकमा परिन्छ भन्ने यहाँहरूलाई जिज्ञासा लागिरहेको होला। चिन्ता नगर्नुहोस्, मसँग पनि त्यसको उत्तर छैन। समानुपातिकको बन्द सूची बन्ने हुँदा बुझाउने रकम पनि बन्द खाममा नै हुने गर्दछ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

नेपाल अब चुनावको चटारोमा फस्यो भनेर बुझे भो। सित्तैमा मासुभात, गाडी–यात्रा, पकेट खर्च आदि। माथिका सुविधा सर्वसाधारणले भरपुर प्रयोग गरून्, तर मत चाहिँ असल उम्मेदवारलाई हाल्ने बुद्धि पलाओस् भन्ने नयाँ अंग्रेजी सालको शुभकामनासहित अब कुरा समानुपातिक बन्द सूचीको गर्नुपर्ने बाध्यतातिर लागौँ।

आसे, पासे, तासे, बतासे, रासे, पिचासे, घिचासेहरू अटाउनकै लागि समानुपातिक व्यवस्था गरिएको हो भन्दा फरक नपर्ला।
समानुपातिक भन्नाले:
स – सहकारीका मित्र
मा – मामाका भान्जा
नु – नुहाउँदा ढाड मिच्दिने छिमेकी
पा – पाउजु दाइजो दिने ससुरा
ति – तिघ्रा देखाउने सेलिब्रेटी
क – कट्टु बेच्ने ब्यापारी
रहेछ।
राम्रालाई छान्नेहरूले पनि माथिका “ति” क्याटेगोरीलाई प्राथमिकता दिए भन्ने घनघोर आरोप लागेको छ।

पुराना पार्टीहरूमा यो समस्या पहिलेदेखि नै थियो। मेरा ढोगनिय दाजु जितु नेपालले बनाएको संवाद— “पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको”— अहिलेसम्म डेट एक्सपायर्ड भएको छैन। म्याँमन्त्रीका ससुरा पर्नुलाई अन्यथा लिन मिलेन, शोकाकुल अशोक राईज्यूले आफ्नी श्रीमतीलाई नम्बर एकमा राख्नु पनि अन्यथा लिन मिलेन, बल खेल्न जान्ने कोमल दिदीलाई आशिर्वाद लाग्नु स्वाभाविकै भयो।

खास कति रकम बुझाएपछि समानुपातिकमा परिन्छ भन्ने यहाँहरूलाई जिज्ञासा लागिरहेको होला। चिन्ता नगर्नुहोस्, मसँग पनि त्यसको उत्तर छैन। समानुपातिकको बन्द सूची बन्ने हुँदा बुझाउने रकम पनि बन्द खाममा नै हुने गर्दछ।

उता प्रत्यक्ष तर्फ भने निर्वाचन आयोगले तोकेको २० लाख चुनाव खर्चमा “३ करोड खर्च भयो” भनेर दाबी गर्ने बीपी पुत्रले यो पटक ३० करोड खर्च गर्ने योजना बनाएका छन् रे।

अन्त्यमा, जित सुरक्षित राख्न तरवार ओली, काँडाकमल दाहाल, स्यालबहादुर देउवा र मुद्दालाल लामिछानेको पनि आफ्नो नाम बन्द सूचीमा भएको हेर्न मन छ। जे होस्, नयाँदेखि पुरानासम्म सबैलाई गाँडतन्त्र फापेकै छ।

०००
व्यङ्ग्य लेखक दाहाल नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x