सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आकस्मिक बैठक

सबैको जय होस् ! देशको काम भए होस् ! नभए नहोस् ... ! लाल सलाम ! देशको धन्दा यसरी नै चलाम् ! सत्ताबाहिर गएकालाई प्रचण्ड घाममै सडकमै जलाम् ..!”

Nepal Telecom ad

भोज अर्याल :

“करिब एक घन्टाको समय सिमा भित्र तुरुन्त बैठक हलमा आउँनु होला ..!” आपतकालीन बैठक गर्नु परेको हुनाले सबै मन्त्रीहरूलाई यो सुचना सम्प्रेषण गरिएको हो । “जब यो खबर पाए सबै मन्त्रीहरू हस्याङ फस्याङ गर्दै बालुवाटारको बरन्डामा आए । कतै आफ्नै जागिर चट हुने होकि भनेर मुटुले ढ्याङ्ग्रो पिटिरह्यो धेरै जनाको । कोही त दौडेर आउँदा बोल्न पनि सकेनन्… !

साँझको ६ बज्दै थियो । प्रधानमन्त्री आइवरी सोफामा गजधम्म परेर बसेका थिए । पछाडि उनको बडिगार्ड ठाडो मुन्टो लाएर उभिएका छन् । सधैँ उट्पट्याङ कुरा गर्ने मानिस हुन् उनी । तर त्यस बखत अलि फुलेर बसेकाझैँ देखिन्थे । सायद उनीमा कुनै दिन सत्ता छोड्न पर्ने चिन्ता छ । या मन्त्रीहरूको काम कारवाही देखेर उनी दिक्कवाक्क छन् । उनको अनुहारले नै सबै कुरा बताइरहेको थियो ।

प्रमको छेवैमा मुख्य सचिव बसेका छन् ।मानौ प्रमको मुखौटोबाट केही झरेछ भने टपक्क टिपेर कपी रङ्गाउँलाझैँ गरेर । अलिवेर कोही बोलेनन् । मुखामुख मात्र गरिरहे । सबै मन्त्रीहरू आए झैँ मानेर बैठक सुरु गरे । तर टाउको गन्दै गर्दा त यातायात मन्त्री पो छुटेछन् क्यार । जाममा परेर ढिलो भएछ बरा उनलाई… !

कुरा गर्दा गर्दै बैठक हलमा फुत्त छिरिहाले मन्त्री । उनले आफैलाई धिक्कार्दै थिए । “यत्रो दिन सम्म मन्त्री भएर नाथे राजधानीको सडक जाम पनि कम गर्न सकिन मैले ।” यसरी मन्त्री हुन भन्दा त डाडुमा पानी लिएर मर्नु बेस ।” उनको कथन हो यो । उनी त लु खसेको झैँ पो देखिन्थे बरा । अरु मन्त्रीहरू पनि रुझेकै बिरालोझैँ गरेर बसेका देखिन्थे । केही उद्धिम गरेका भएपो हँसिलो हुनु अनुहार । कुच्चिएको भड्डु जस्तै । कुर्चीमा चप्किएर बसेका छन् ।

यतिकैमा बैठक शुरु भयो ! शुरुमा प्रधान मन्त्रीले नै कुराको फेरो समाते । हेर केटा हो छिटो छिटो कुरा सकाएर जम्न पर्छ आज । रातको बाह्र बजेतक । बालुवाटारमा बाह्र बजेसम्म चुस्की लाएर बस्नी हो । सबैजना गललल..हासे । तालीको फोहरा पटटट् … !

सबै भन्दा पहिले सुरक्षित भएर भ्रष्टाचार गर्न कसरी सकिन्छ ? सबैको प्रश्न थियो । प्रम बोलिहाले “हेर्नुस् यसमा मेरो शुन्य सहनशीलता भए पनि मेरा मन्त्रीहरूलाई हल्का छुट दिने सोचमा छु । आफू जोगिएर गर्नु सबै कुरा । जोगी हुने हिसाब ले केही नगर्नु ।” मन्त्रीका मुखौटाहरू गललल हासे … !

प्रम पनि मुसुमुसु मुख छोपेर हास्दै पो छन् बा ।

अख्तियारका मतियार बाट बच्नु पर्छ । नत्र हाम्रो डेरै कहाँ सर्छ सर्छ… !

यत्तिकैमा स्वास्थ्य मन्त्री बोलिहाले । “बा ! बा ! के भयो र हजुरलाई ..?” धत् उल्लु के बैठकमा पनि बा भनेको प्रम ज्यू भन्न ।” हल्का चिमोटेझैं गरेर कानमा फुसफुस कुरा गरेझैँ गरे । छेवैमा बसेका छिमेकी जिल्लाका विल्ला मन्त्रीले । “म पनि बाकै जिल्लातिरको हुँ । छिमेकी जिल्ला हाम्रै हो किल्ला । बा भन्न मिल्ला किन मिल्ला ।” गीतै पो गाउन थाले बरा मन्त्रीले त । धत् मन्त्री ज्यु । राति ताल परेको बेला पो गाउने हो । तालनबेताल के तालको को मान्छे तपाईं पनि । प्रम पट्के !

सन्नाटा छायो.! डरैडरले घोसे मुन्टो पारे ! मन्त्रीगण जति सबै ओइलाएकै साग झैँ गरे ।

गृहमन्त्रीको पालो आयो बोल्ने । के बोल्ले के नबोल्ने मेसै भएन उनलाई । कहिल्यै बोलेको भए पो बोली फुट्छ । उनी त अझै रुखो टर्रो पाल्टीको मन्त्री न परे । बल्ल बल्ल कनिकुथी कुरा राखे । उनले आफू गृह जिल्ला गएको र उतै धेरै खुसी भएको कुरा गरे । गृहिणी ले अचार किन्न भनिन् त्यही विचारले उनी उता गए । राम्रा राम्रातरुनी देखेर रनभुल्ल पो भए उतै !

गएनन् मात्रै दुई चार दिन उतै बिपत्ता भए ।

प्रधानमन्त्रीले सोधे । “के कसो छ गाउँको खबर ?” के हुने खबर गोबर सोत्तर । त्यही त हो नि गाउँको । उनलेदेशमा शान्ति सुरक्षा दिन नसकेर हालत खराव हुदा सराव पिउककंन पर्ने कुरा वताए । आफुलाइ कसैले पनि नटेर्ने गुनासो गर्दै आँसु समेत झार्न भ्याए ! यस्तो हालत हेरेर सबैले उनैलाई हेरे । उनले त एक गिलास पानी पो पिएर सास फेरे ।

सूचना तथा सञ्चार मन्त्रीले बोल्ने पालो कहिले आउला भनेर पालो कुरेर गालोमा हात राखेर बसेका थिए । भन्दाभन्दै बोलिहाले मनको कुरा खोली हाले । जिब्रो थुत्ने कुरा के हो भनेर सबैले सोधे । आफूले चाहेमा जिब्रो मात्र होइन अरु धेरै कुरा थुत्न सक्ने काम गर्छु भनेर जवाफ दिएर रवाफ लगाए । गुरुङको छोरो हुँ बोरोमा राखेर सुरुङमा पुर्‍याइदिन्छु भनेर भन्न भ्याए । किन र कसरी भनेनन् । यिनले त कसैलाई गन्दै पो गनेनन् । पत्रकारहरूलाई धेरै नअमल्लिन भन्दै सम्हालिन सुझाव दिए । सबैजना गललल.. हाँसे ।

श्रममन्त्रीको पालो आयो फेरि कुरो को चुरो समातिहाले उनी पो के कम । उनले कुरा राखे । “प्रधानमन्त्रीज्यू दिनमा हजार भन्दा बढी युवाहरू विदेश जानबाट कसरी रोक्ने होला ?”

प्रमले जवाफ फर्काए । “हेर्नुस् मन्त्रीज्यू जानेहरू जान्छन् । आउनेहरू आउँछन् । मलाई त हल्का महसुस हुन्छ यस्तो कुरा सुन्दा । कम्तीमा हाम्रो टाउको त दुख्न कम होला । उतै सरुन् जे गर्नि हो गरुन् । सबै जना मरिमरि हाँसे ! बैठक अगाडि बढ्यो । बढीनै रह्यो ।

शिक्षा मन्त्रीको पालो आयो बोल्ने । शिक्षामा बजेट कम हुनाले भिक्षा जस्तै माग्न परेको गुनासो गरिन् । अर्थमन्त्रीले थपथाप गरौँला नि भनेर थामथुम पारे । उनले त झन् बजेट नै रित्तिएर गएको भन्दै अर्थ न बर्थका ताना सुनाए । सबै जना छक्क परे । के कुरा हो यस्तो भनेर । सबै मान्छे भ्रष्ट हुन थालेको आफू पनि यसमा प्रष्ट हुने कुरा दोहोर्‍याए उनले । मुस्किलले दरबार बनाएको अलिअलि उतै खन्याएको कुरा गरे उनले । बैठकले अनुमोदन गर्‍यो सबै कुरा । कर्मचारी चारो थप्न भनेर रोइरहेको तर आफूलाई मुस्किल भएको कुरा सुनाए ।

सडक दुर्घटना कसरी कम गर्ने भन्ने कुरा पनि भयो । यस कुराले आफूलाई नछुने कुरा गरे प्रमले । आफ्नो कुर्ची कुन बेला लड्ने हो भनेर रातमा निद्रा नपरेको कुरा गरे उनले । जब यो कुरा गरे सबै जना छक्क परे । के भनेका हुन् यी बा पनि । मर्ने बेलामा कति लोभ होला हुन पनि । रोगले गालेको ज्यान । आराम गरे कसो होला ?

मधेसतिरका एक मन्त्री पनि बोले । अरे के पी बा आपका बहुत पसन्न करेगा लोग । बहुमत ल्याइ हाल्नु हुन्छ ! आरामसे सुतिलिनु होला ..! बा जुँगा मुसारेरै बसे ! खुसीले भरिएर आयो उनको अनुहार ! मधेशमा चौरासीको चुनाव जित्ने आशले । पहिलेको चुनावमा जस्तै लुतोले खुइलेको कुकुरझैँ नहुने भैयो भनेर ।

खुरुखुरु कुर्ची छोडेर सुरुसुरु जानु नि बालकोटको बार्दलीमा बसेर घाम ताप्नु ।

कुर्ची ओगटेर मात्र अब के नै नाप्नु छ र ? सबै जना भन्दै थिए । “बाको बुद्धिको बिर्को कहिले खुल्ने होला ?” सबै जना भोकले मर्न थालेछन् । बुद्धिको बिर्को खुलोस् नखुलोस बियरको त खोल्नै पर्छ । खाना तयार भएको खबर आयो भित्रबाट । सबैजना हौसेर रमाउन थाले । एकैछिन रोके फेरि बाले … ! पर्ख भाइ हो सबै भन्दा पहिले मिटिङ सक्न पर्छ । अनि मात्र पेट भर्न पर्छ । सबै जना किचन हलमा हुलिँदै गए ! आइ लब यु के पी बा ..!

सबै जना रोजी रोजी रम र ह्विस्की हालेर गिलास भरे । खाना त एकै छिन पछि मात्र हुने अरे । सबै जना लाइरमले गाल्यो अनि सबैको पारो चढ्न थाल्यो । कोही नाच्न थाले कोही गाउन । कोही रमाउन एक अर्काकै हात पाखुरा अनि के के हो के समाउन । नौ बजे सुरु गरेको बाह्रै बज्यो । केही यता लडे कोही उता लडे । बा ले त मजै सँग सबैको अनुहार पढे । धेरैले त ओली बा ! ओली बा लब यु । भनेर गीतै गाए ! कसैले त गएर म्वाई पोखाए.. !

बुढा रिसाएझैँ गरे । ए ए के पारा हो हँ ! अलि लिमिटले खाउ भाइ ..। मसँग नआउ । छिटै घर जाउ ! आफ्नै बुढीकै गालाको छाला उप्किने गरी चुप्पा खाउ । परराष्ट्र मन्त्री बालाई हेरेर मुस्कान छोडिन् । यो सुनेर सायद उनको पनि मनै हलचल भयो क्यारे ।

तर के गरुन् उनी पनि । घरमा उनका पनि त बुढा छन् । रियाल चुहाउँदै होलान् । अरु चुहाउने त उमेरै छैन बराउनको पनि । बल्ल असी न पुगिरहेका छन् । खसीकै अवस्था छ उनको पनि । उमेर नमिलेको जोडी न पर्‍यो ।

धन्न बसेकी छन बिचरा आर्जु ..!

यति भनेर बाले सबैलाइ बाइ गरे ! “केटा केटी हो ! छिटो छिटो घर घर जाओ ..! ककस्ले के खाने हो खाओ ..! भोलि सखारै मन्त्रालय जाओ पैसो कमाओ ..! छिटो छिटो घर बनाओ ..! जनताको कामको अलिअलि लुतो कनाओ.. !

सबैको जय होस् ! देशको काम भए होस् ! नभए नहोस् … ! लाल सलाम ! देशको धन्दा यसरी नै चलाम् ! सत्ताबाहिर गएकालाई प्रचण्ड घाममै सडकमै जलाम् ..!” यो हो बाको बोली । कुर्चीबाट लड्ने । छन् कि आज कि भोलि ! जय होस् ।

०००
क्यानाडा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dhan Bhattarai
Dhan Bhattarai
7 months ago

Actually analyzing present conditions of Nepal. It is realistic and writer brought up from our real situation to be shown to us as a humorous. Everything is true.

Thanks,

Keep it up & to be continue your creativity.

Nepal Telecom ad
आजै भत्काऔं

आजै भत्काऔं

भाेज अर्याल
म हान् धनयुद्ध

म हान् धनयुद्ध

भाेज अर्याल
खै त मेरो खप्पर ?

खै त मेरो खप्पर...

भाेज अर्याल
चश्मा

चश्मा

सुरेन उप्रेती
माड्साप्

माड्साप्

श्याम गोतामे
दिक्कलाग्दो छिमेकी

दिक्कलाग्दो छिमेकी

नगिता लेप्चा राई
ठोक सरकार ठोक

ठोक सरकार ठोक

शेषराज भट्टराई
आधा सत्य आधा भ्रम- ८

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
1
0
Would love your thoughts, please comment.x
()
x