साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाश्रमबाट आमाको पत्र

तिम्रा पिता धेर दुखेर छाती रुँदै गुहार्दै हुनुहुन्छ माथि अवश्य भेट्ने छु गई तुरुन्त यो प्राणको होस् पलभित्र अन्त्य ।

Nepal Telecom ad

जयदेव गोविन्द :

बाँच्तै छु छोरा ! प्रभुका कृपाले
लिँदै छु चक्की दम बल्झनाले
खडा छु वृद्धाश्रम कुर्नलाई
कस्तो छ तिम्रो परिवारलाई ?१।

यो वक्षमा जर्जर शुष्कता छ
यो काखमा दारुण रिक्तता छ
विरक्ति बन्दै छ घनिष्ट मित्र
अतीतले घोच्तछ भित्रभित्र ।२।

छोरा ! हिजोका दिन सम्झँदै छु
सोच्तै छु आफैँ “किन सम्झँदै छु”
चिथोर्छ आँखा सपना भनूँ के
छन् दृश्य खाली विपना भनूँ के ।३।

प्रदीप्ति तिम्रो जब झुल्किएथ्यो
यो काख वृन्दावन झैँ बनेथ्यो
असङ्ख्य नौला सपना लिएर
हेर्थेँ यसोदासरि फुर्किएर ।४।

तिमी रुँदा यो परिवेश कालो
खुसी हुँदा विश्व थियो उज्यालो
कदापि मेरो ममता सुकेन
सर्वाङ्ग दुख्ता मनमा दुखेन ।५।

यो काखमा नाद निनाद गर्थ्यौ
सानो खुसीमा पनि दङ्ग पर्थ्यौ
प्रमोदको भाव दिई विचित्र
फुर्केर हेर्थ्यौ शशि थालभित्र ।६।

त्यो ओठले वक्ष छुँदा अचम्म
हराउँथें दूर अनन्तसम्म
मानौं कुनै नन्दन देखिए झैँ
पीयूष आफैंतिर बर्सिए झैँ ।७।

त्यो ओठमा आज जुँगा पलायो
शरीरमा तागत जोस आयो
हाल्यौ पखेटा गुँड फेर्न थाल्यौ
आफ्नी चरीको मुख हेर्न थाल्यौ ।८।

सफा छ अग्लो दरबार तिम्रो
होला खुसीमा परिवार तिम्रो
त्यहीँ छँदा चाउरिँदै थिएँ म
झुम्री हुनाले पर मिल्किएँ म ।९।

तिम्रो बढ्यो जीवनको उचाइ
त्यहाँ सुहाउन्नँ म बस्नलाई
यी पाउ राख्ता घर मैलिएला
खोकी बढे चैन बिथोलिएला ।१०।

तिम्रा पिता धेर दुखेर छाती
रुँदै गुहार्दै हुनुहुन्छ माथि
अवश्य भेट्ने छु गई तुरुन्त
यो प्राणको होस् पलभित्र अन्त्य ।११।

डुब्दै छु छोरा ! चिर नींदभित्र
उल्लास होस् त्यो मनमा विचित्र
नआउनू भेट्न तिमी मलाई
तिम्रो सदा उन्नति होस् बधाईं ।१२।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झेल, ताण्डव र देश

झेल, ताण्डव र देश

जयदेव गाेविन्द
अहम् !

अहम् !

जयदेव गाेविन्द
ए मूर्ख मान्छेहरू

ए मूर्ख मान्छेहरू

जयदेव गाेविन्द
मर्नु हो

मर्नु हो

जयदेव गाेविन्द
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x