फित्काैली डटकमअर्यालकाे कविताकृति बाेध अन्तर्बाेध र गुलावी मन गजल अडियाे विमाेचन
धादिङमा धादिङ सिर्जना प्रतिष्ठानद्वारा आयाेजित "साहित्य र संस्कृतिमा सिद्धलेक विषयक अन्तर्क्रिया कार्यक्रम तथा सृर्जना अर्यालद्वारा लिखित बाेध अन्तर्बाेध (कविता सङ्ग्रह) र गुलावी मन (गजल अडियाे) विमाेचन कार्यक्रम" सम्पन्न भयाे ।

धादिङ, २०८० फागुन १२ गते । सिद्धलेक गा. पा. बुङ्चुङ, धादिङमा धादिङ सिर्जना प्रतिष्ठानद्वारा आयाेजित “साहित्य र संस्कृतिमा सिद्धलेक विषयक अन्तर्क्रिया कार्यक्रम तथा सृर्जना अर्यालद्वारा लिखित बाेध अन्तर्बाेध (कविता सङ्ग्रह) र गुलावी मन (गजल अडियाे) विमाेचन कार्यक्रम” सम्पन्न भयाे । उक्त कार्यक्रममा राजधानी काठमाडाैं, धादिङ र अन्य ठाउँबाट समेतगरी १०० जनाभन्दा बढी साहित्यकार तथा साहित्यानुरागीहरूकाे उपस्थिति रहेकाे थियाे ।
धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पाैडेलबाट संचालित उक्त कार्यक्रमकाे अध्यक्षता कवि सृजनाकी माता लक्ष्मी अर्यालले गर्नुभएकाे थियाे ।
सिद्धलेक गा.पा.का प्रमुख परशुराम खतिवडाकाे प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा कृतिकार सृजना अर्याल, उहाँकी आमा लक्ष्मी अर्याल, बुबा शालिकराम अर्याल तथा विशिष्ट अतिथिहरू प्राज्ञ नरनाथ लुइँटेल, डा. नवराज लम्साल, डा. रामहरि लम्साल, प्रा. डा. बालमुकुन्द रेग्मी, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहाल, आदिले सामुहिक रूपमा बाेध अन्तर्बाेध कृतिकाे विमाेचन गर्नुभयाे ।
कार्यक्रममा कवि सिर्जनाका पिता तथा साहित्यकार शालिग्राम अर्यालले साहित्य र संस्कृतिमा सिद्धलेककाे याेगदानबारे प्रस्तुति सहित छाेरीकाे पुस्तक विमाेचनमा खुशी व्यक्त गर्दै आगामी दिनमा छाेरी सृजनाकाे सिर्जना यात्रा निरन्तर अघि बढाेस् भन्ने शुभकामना प्रदान गर्नुभयाे । 
उक्त अवसरमा शिरिषा नेपालद्वारा शुभेच्छा तथा कृतिकाे कविता वाचन गर्नुभयाे । कार्यक्रममा बद्रीप्रसाद दाहाल तथा दामाेदर नलाङीले शुभकामना मन्तव्य र कविता वाचन गर्नुभयाे ।
कार्यक्रममा भानु प्रतिष्ठान धादिङका अध्यक्ष डा. नवीनबन्धु पहाडीद्वारा मन्तव्य दिँदै कलामा विचार र ध्वनिकाे उपस्थिति हुनुपर्छ । ठूला मान्छे अब राजधानीबाट ल्याउने हाेइन, आफ्नै गाउँठाउँबाट खाेज्नुपर्छ भन्नुभयाे ।
कार्यक्रममा डाेटीका साहित्यकार गिरिराज जाेशीले विमाेचित कृतिका कृतिकारलाई काव्यात्मक शुभकामना दिनुभयाे भने स्थानीय समाजसेवी जगन्नाथ तिम्सिनाले विगतकाे संस्मरणात्मक कवितावाचन तथा शुभकामना प्रदान गर्नुभयाे । जिल्ला पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले लेखकलाई शुभकामना मन्तव्य दिनुभयाे ।
कार्यक्रममा सह प्राध्यापक डा. रामहरि लम्सालले बाेध अन्तर्बाेध कृतिकाे शीर्षकगत समीक्षा गर्दै कृतिकारलाई आगामी दिनमा अझ गहकिला काव्य तथा महाकाव्यकाे सिर्जना हाेस् भनी शुभकामना प्रदान गर्नुभयाे ।
मदन पुरस्कार विजेता डा. नवराज लम्सालले सिर्जना यात्रामा चिन्ता वा चिन्तन वा चैतन्य कुन विषय छान्ने भन्ने विषयले लेखककाे चिनारी दिलाउँछ भन्नुभयाे । उहाँले सिर्जनामा शब्दसमूहमात्र हाेइन, वैचारिक स्पष्टता हुनुपर्छ भन्दै माधव घिमिरे, लेखनाथ पाैडेल, लक्ष्मीप्रसाद देवकाेटा आदिका कवितासँग बाेध अन्तर्बाेधका सिर्जनाहरूकाे तुलना गर्नुभयाे ।
कार्यक्रममा कवि सृजनाका सुपुत्र सजल अधिकारीबाट आफ्नी आमा सृजना अर्यालकाे सुनकाे पिंजडा पुस्तकबाट वसन्ततिलका छन्दमा लिखित वैशाख शीर्षककाे कवितावाचन गर्नुभयाे भने भूमि आयाेग धादिङका अध्यक्ष कृष्णप्रसाद अर्यालले मन्तव्य र शुभकामना व्यक्त गर्नुभयाे ।
कार्यक्रममा प्राज्ञ नरनाथ लुइँटेलले स्थानीय सरकारले विकासकाे परिभाषामा बाटाेघाटाे र पुलमात्र नसम्झी कला, साहित्य, संस्कृतिकाे विकास र संवर्धनमा ध्यान र लगानी गर्नुपर्छ भन्ने सुझाव प्रस्तुत गर्दै लेखकलाई शुभकामना प्रदान गर्नुभयाे ।
साे अवसरमा प्रा. डा. बालमुकुन्द रेग्मीबाट समसामयिक विकृति र साेकाे निवारणमा हाम्राे सामाजिक दायित्वबारे प्रकाश पार्नुभयाे ।
पुस्तक विमाेचन कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष पर्शुराम खतिवडाले शुभकामना मन्तव्य प्रदान गर्दै आगामी दिनमा कला साहित्यकाे विकासमा पालिकाले यथेष्ठ ध्यान दिने प्रण गर्नुभयाे । कार्यक्रममा प्रमुख अतिथिबाट सर्जककाे अडियाे निर्माणमा याेगदान गर्नुहुने कलाकारहरूलाई कदरपत्र गरिएकाे थियाे ।
अन्त्यमा, सर्जक सृजना अर्यालले आफ्ना भावुुक अभिव्यक्तिबाट सम्बन्धित सबैलाई धन्यवाद दिँदै आफ्नाे विमाेचित कृति बाेध अन्तर्बाेधकाे आमा शीर्ष कविता वाचन गर्नुभयाे भने कार्यक्रमका अध्यक्ष लक्ष्मी अर्यालले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमकाे समापन गर्नुभयाे ।
सिद्धलेक १५४० मिटर उचाइकाे थुम्काे, सिद्धबाबाकाे मन्दिर, पर्यटकीय स्थल, सुनखानी, तामाखानी पाइने ठाउँ, १४ जिल्ला र धादिङ्भित्रकै साविकका ५१ गा.वि.स.मध्ये सल्यानटार बाहेक अरू सबै गाविस देख्न सकिने र दुर्लभ जडीबुटी र चराचुरुङ्गी देख्न पाइने महत्वपूर्ण ठाउँ हाे ।
०००
– राममणि दुवाडीद्वारा संप्रेषित
तस्विर : सीताराम अधिकारी, धादिङ
Subscribe
Login
0 Comments
Oldest




































