साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोक्रो राष्ट्रियता, नग्नता र हामी

बस्तै छौँ यदि मूकदर्शक बनी आफ्नो ध्वजा होचिँदा जिन्दावाद भजी खुला सडकमा उफ्रेर के फाइदा ! मुर्दावाद सरापको प्रलयले गल्दैन कोही पनि के हात्ती भयभीत हुन्छ थपडी चुट्की सुसेली सुनी ।

Nepal Telecom ad

जयदेव गोविन्द :

आफ्नो भूमि दुखेर रोइरहँदा छौँ दङ्ग हामी भने
मारी सम्प्रभुता स्वयं रिपुसँगै बन्छौँ मलामी भने
खाई हुर्कन मात्र मानिस भई जन्मेर के सार छ ?
जन्मी केवल भोग खातिर जिए यो जन्म धिक्कार छ ।१।

गोर्खाली पहिचान जीवित हुने हुड्ङ्कारले होइन
पुर्खाको अमरत्व विक्रय गरौ चर्चीत्कार भर्ने किन ?
नाराले कुन देश टिक्छ ममता विश्वास फालेपछि ?
मालाको कुन अर्थ हुन्छ पहिल्यै घाँटी छिनालेपछि ।२।

झण्डा होइन राजनीतिक कुरो हो गर्वको त्राण यो
सीमा केवल साँध होइन महावीरत्वको प्राण हो
सीमा साँघुरिए ध्वजा झुकिरहे खोज्ने कहाँ गौरव ?
के मुर्दाघरभित्र रञ्जन दिने होला कुनै उत्सव ।३।

के दायित्व पदीय धर्म कुन हो जान्दै नजानेपछि
आफू उच्च पदस्थ ढोग्य हुनुमा संसार ठानेपछि
के स्वाधीन बनिन्छ भूमि लुटको अड्डा बनायौँ भने ?
जोगाइन्छ अनाज के सलहको जिम्मा लगायौँ भने ।४।

बस्तै छौँ यदि मूकदर्शक बनी आफ्नो ध्वजा होचिँदा
जिन्दावाद भजी खुला सडकमा उफ्रेर के फाइदा !
मुर्दावाद सरापको प्रलयले गल्दैन कोही पनि
के हात्ती भयभीत हुन्छ थपडी चुट्की सुसेली सुनी ।५।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झेल, ताण्डव र देश

झेल, ताण्डव र देश

जयदेव गाेविन्द
अहम् !

अहम् !

जयदेव गाेविन्द
ए मूर्ख मान्छेहरू

ए मूर्ख मान्छेहरू

जयदेव गाेविन्द
मर्नु हो

मर्नु हो

जयदेव गाेविन्द
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x