साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोयलेट मोड (१)

बलेले बन्दुक ताकेको देखेर सीआरपीएफ टाप कस्छ...सीआरपीएफलाई खेद्दै च्याप्पै समाती आफूतिर तान्दै) थुक्कु साप...थुक्कु ।... अम्बीस.. अम्बीस । सीआरपीएफ - (डरले स्याँस्याँ हुँदै) क्या है थुक और एम्बुस ?

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरूटोयलेटबाबु, बले, सीआरपीएफ, वकी टकी (नेपथ्य स्वर) ।

पहिलो दृश्य

दृश्य विवरण

मूल पर्दा खोलिने बित्तिक्कै अँध्यारो मञ्चमा सीआरपीएफले अन्धाधुन्ध फायर गरेको सुनिन्छ । मानिसहरू भागाभाग । सीआरपीएफको बन्दुकको गोली लागेर सडक माझमा एकजना युवक चित्कार गर्दै छटपटिएको सुनिन्छ । रगतले सडक रक्तामे हुन्छ । जनताहरूको विरोधको आवाज मञ्चभरि छरिन्छ ।

मञ्च विस्तारै अँध्यारो भएपछि टोयलेट मोड देखिन्छ । समय साँझ पख । वातावरण सुनसान, स्तब्ध । कुकुरहरू मात्र भुकेका सुनिन्छ । एकक्षणपछि तल्लो गाउँबाट आएकको आवाज मञ्चभरि थुरिन्छ – सीआरपीएफ आयो है भाग….भाग । मञ्च घरि उज्यालो हुन्छ… घरी अँध्यारो । मञ्च अँध्यारो हुँदा पारी कतै पटटट… बन्दुक पड्केको सुनिन्छ । आइमाई मान्छेहरू चिच्याएका, कहालिएका मञ्चभरि थुरिन्छ भने मान्छेहरू ग्वारारारा… भागेका सुनिन्छ, सीआरपीएफको बुट पड्केको सुनिन्छ । पुलिस गाडी आएको आवाज सुनिन्छ ।

पर मूल बाटोतिर विशाल जुलूसले नारा फ्लाकेको सुनिन्छ – ‘जवाब देऊ ! जवाब देऊ !’ चिहानमा हामी बस्दैनौँ… बस्दैनौँ । जिन्दावाद ! जिन्दावाद ! टिष्टा-सुनकोश सुक्दैन…सुक्दैन…. नारा पूरा हुन नपाउँदै फेरि पटटटट… गोली पड्केको आवाज सुनिन्छ । आइमाई मान्छे केटकेटीको आर्तनाद, चित्कार सुनिन्छ । भाग… भाग… सीआरपीएफ आयो… गोली अविराम चलेको आवाज । गटङ्टङ् भागेका आवाज । टोयलेट बाबु र बले गफिँदै उसिनेको आलु, उसिनेको इस्कुस खाँदै तास खेलिरहेका छन् । तास खेल्ने क्रम जारी छ । खाने क्रम यथावत् छ । उनीहरूलाई जुलूसको नाराबारे लुतो कनाइ केही देखिँदैन । हस्याङपस्याङ् गर्दै सीआरपीएफको अचनाक मञ्चमा प्रवेश । सीआरपीएफ अचानक प्रवेश हुँदा यी दुइ बले र टोयलेटबाबु आत्तिन्छन् ।

सीआरपीएफ – (बन्दुक तेर्स्याउँदै) हल्ट । क्या है इधर ? (दुवै आत्तिएर जाराक् जुरुक्क उठ्छन्)
टोयलेटबाबु – जयश्रीराम ।
सीआरपीएफ – (टोयलेटबाबुको पूर्पूरोमा बन्दुक तेर्स्याउँदै) क्या बोला ? फिर एकबार बोलो तो ।
टोयलेटबाबु – (कानै खाने गरी चिच्याएर) जयश्रीआम ।
बले – (डरसरि हतार-हतार) हिपिप् हुर्रे… म्याङ्गो बोला साब । ओ गुलियो होता है न । फल… क्या फल ।
सीआरपीएफ – ए… हिपिप् हुर्रे क्या होता है ?
टोयलेटबाबु – जयश्रीको ईङ्लिश में ना साब हिपिप् हुर्रे बोलता है ।
बले – हिपिप् हुर्रे म्याङ्गो ।
सीआरपीएफ – (टोयलेटबाबुलाई ईङ्गित गर्दै) तुम बोलो ।
टोयलेटबाबु – (गजक्क भएर) जयश्रीआम ।
सीआररपीएफ – हाँ….ए वोलो लेकिन दूसरा का नाम मत लो ।
बले – श्रीहनुमान ।
सीआरपीएफ – ना ना… कभी नहीँ ये तो उसका दूत है । इसका तो नाम ही लेना नहीं । (कडा स्वरमा) तुम लोग यहाँ गेम्लिङ् कर रहे हो ? जूवा खेलता है ?
बले – (डरसरि भएर) नहीं सर… टाइम पास करता है । साप हमलोग ना टट्टीका – बिज्नेस करता है कि अन्त मान्छे रुङ् कर बैठ्नै से दिक्क लगता है… अन्त टाइम पास के लिये….
सीआरपीएफ – (दिक्क मानी कुरा काट्दै) ओ सब छोडो… टट्टी क्या होता है ?
टोयलेटबाबु – हगना होता है साब ।
सीआरपीएफ – क्या…क्या…कभी हगना कभी टट्टी । (कुराको प्रसङ्ग न बद्लिँदै) दारु बेचे हो ?
बले – ना…ना…दारु होइन हौ सर… अँ…अँ… करना हाता हैे न टुक्रुक्कै बस के निचे छ्वाप्लाङ्ङै….
सीआरपीएफ – टोयलेट बोला ना फिर…क्या भतर् भतर् करता है ?
टोयलेटबाबु – आच्ची त्यति टोयलेट भन्नु पनि नआको हेर न । यो कालेको छेउमा ता— सातोपुत्लो पनि उड्छ अन् । हेँ…हेँ…हेँ…
सीआरपीएफ – (चारैतिर पालाक्-पुलुक् हेर्दै) अच्छा बन्दो कैसा है ?
बले – गुहूमा सप्रेको मूला जैसा सप्रेका सप्रेकै है सर ।
सीआरपीएफ – तुम लोग बन्दा पालन करते हो कि नहीँ ।
टोलयेटबाबु – (टोयलेट देखाउँदै) हमलोग का सभी ह्वाङ्ह्वाङ्ती खुल्ला है ।
बले – (टोयलेट देखाउँदै) देखिये न सब खुल्ला (पर्दा उचाल्दै) दैला पनि ह्वाङ्ङै ।
सीआरपीएफ – अन्दर बन्द समर्थक नही है तो ।
टोयलेटबाबु – विश्वास नहीं है भने आप भितर पसकर देख सकते है साप ।
बले – भितर पसकर टेस पनि कर सकते है ।
सीआरपीएफ – क्या ? क्या बोला ?
बले – (डराउँदै) टेस ।
सीआरपीएफ – मैं टोयलेट टेस करूँ ? क्या मैं देखने में कुत् माफिक हुँ ? मै सुअर हुँ ?
टोयलेटबाबु – (हतार-हतार) नहीं साप । आप कुत्ता जैसा तो नहीं है कि तर काटाकुटी भूइँभालू भूइँभालू लगता है और कितना ह्याण्डसम् लगता है । (सीरापी गजक्क भएर सामान्य मुस्कुराउँछ) पोल्दा-पोल्दै उम्केला के भन्छ हौंयसको भाषामा हमारा मतलब…
सीआरपीएफ – क्या ?
टोयलेटबाबु – डराते-डराते ह्वात्तै उपर आता है न वैसा । (सीआरपीएफ चारैवटा टोयलेटभित्र पसेर बाहिर निस्केपछि)
सीआरपीएफ – (थालको इस्कुस र आलु हेर्दै) ये थाली में क्या है ?
बले – उसिनेको आलु र उसिनेको इस्कुस ।
सीआरपीएफ – कुत्ते ! (बले कुकुरजस्तो भुकिदिन्छ ) इसको कुत्ता नै काटा है क्या ?
टोयलेटबाबु – (हतार-हतार थाल अघिल्तिर राख्दै) साप अलिकति यसो टेस किजिये ना ।
सीआरपीएफ – तुम लोगों का बात करने का कोई तमिज नहीं है । कभी टोयलेट टेस करो बोलता है कभी बोइल्ड पोटेटो… दूसरा क्या बोला ! ?
बले – (हतार-हतार) इस्कुस…इस्कुस ।
सीआरपीएफ – (उसिनेको इस्कुस टिप्दै) इस में पोइजन तो नहीं मिलाया है ! ?
टोयलेटबाबु – अप्पुई यो डिङ्गर कस्तो पाप बोलेको हौ ।
बले – (हतार-हतार) खोई कहाँ पोइजन मिसाया है ! (सीआरपीको हातमा भएको इस्कुस खोसेर क्र्याप्पै पार्दै) देखियो तो साप हम मरा ! यसमा पोइजन मिक्सड होता न मुखमा हालने बित्तिक्कै हम ठहरै भुइँमा लड्कर फिजै फिज होता था । देखियो ना… हम मरा… हम ठहरै गिरा ? इस्कुस क्वाप्पै पारकर भी हमने आपका आँखा का सामने ग्वामग्वाम खाया… (मुख देखाउँदै) मुख के भितर एक थोपा पनि फिज निसका है ? देखिये तो साप… आँखा च्यातके ।
सीआरपीएफ – (लाजमर्दो भएर) देख तो रहा हुँ शाले….
टोयलेटबाबु – अप्पुइ…यो धरधुरस कौडे कता पट्टिबाट भेना पर्‍यो हौ… ।
सीआरपीएफ – (कड्केर) क्या बोला ?
बले – (हतार-हतार) आपका भेन कहाँ रखा है बोला । डिल मे ? टोयलेटबाबु मान्छे कालो यसको मन पनि कालो हई ! पाप मात्रै सोंच्छौं हामी गोर्खाहरूलाई । यिनेरको जातै यस्तो हो ।
सीआरपीएफ – ना… ना… ना… वैसा बात नहीं । तुम गोर्खा लोगों का कोई विश्वास नहीं है। मुझे पूरी तरह मालुम है सीआरपीएफ से सारे गोर्खा बहुत डरता भी है ।
टोयलेटबाबु – गलत साप.. । देखिये हामी गोर्खाह्रू हाकाहाकी वार करता है तर पिछे से कभी वार नहीं करता है ।
बले – सामना-सामनि । फेस टु फेस । ओपन च्यालेञ्ज । (थालको इस्कुस र आलु दिँदै) साप ! अलिकति खाइये ना ।
सीआरपीएफ – (आफूतिरको थाल ठेल्दै) ना…ना…
टोयलेटबाबु – आपका बन्दुक ओर ह्याण्डसम रुप का कसम यसमा नि यसमा कुछ भी नहीं मिलाया है ।
बले – हाँ सर कुछ नहीं मिसाया है तर अन्तरराष्ट्रिय अँ…अँ-का रस थोडा-थोडा मिसेका है । छेउमा नमक और डल्ले खोरसानी पनि । स्यानु टेसिलो होता है ।
टोयलेटबाबु – यसमा चोबल-चोबलकर खाना परता है (आफूले नूनमा चोप्दै डल्ले खोरसानीसित खाएर देखाउँदै) साप ! एक बार खाने से ना आप पल्केगा नि । (टोयलेटबाबुले नूनमा चोबेर इस्कुस खाएको देखेर सीआरपीएफ घुटुक्-घुटुक् थुक निल्छ) ।
बले – हेर यो घिच्चनले घुटुक्-घुटुक् थुक निलेको । (आफू पनि उसरी नै खान्छ)
सीआरपीएफ – क्या बोला ?
बले – (कुरा बङ्ग्याउँदै) एक बात बोल सकता हुँ साप ।
सीआरपीएफ – हाँ…बोलो ।
बले – आप का ये बन्दुक है ना कितना गह्रौं है ?
सीआरपीएफ – (बलेको हातमा बन्दुक थमाउँदै) लो पकडो ।
बले – (बन्दुक समातेपछि) बाफरे कितना गह्रौं है । (बन्दुक उज्याएर सीआरपीएफलाई ताक्छ। बलेले बन्दुक ताकेको देखेर सीआरपीएफ टाप कस्छ…सीआरपीएफलाई खेद्दै च्याप्पै समाती आफूतिर तान्दै) थुक्कु साप…थुक्कु ।… अम्बीस.. अम्बीस ।
सीआरपीएफ – (डरले स्याँस्याँ हुँदै) क्या है थुक और एम्बुस ?
टोयलेटबाबु – थुक नहीं साप थुक्कु…थुक्कु माने के भन्नु हौ यो कौडेलाई । बले काका ने आप को बन्दुक से ताका ना..(सीआरपीएफ मुण्टो हल्लाउँछ) ।
(क्रमशः)

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x