साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहम् !

त्रिलोकदर्शी म अमोध शक्ति आई गरून् लोक अनन्त भक्ति त्रिकाल मेरै जप वन्दना होस् ’म’ मात्रमा उन्नत चेतना होस् । उत्कृष्टताको पगरी समाऊँ चातुर्यको धाकसभा चलाऊँ देवेश ठानून् सबले मलाई मडारियोस् भित्र दिगो मपाइँ ।

Nepal Telecom ad

जयदेव गोविन्द :

तिमी तँ ऊ त्यो भुसुना समान
उनी तपाईं पथका घुसान
अरू कसैको स्तर देखिँदैन
कोही मजस्तो गुणयुक्त छैन ।०१

राम्रो म मेरो छ महान् चरित्र
छ विश्व आफ्नै परिवेशभित्र
स्वयं स्वयं घोषित देवता म
पुज्छन् सबै जान्छु जता जता म ।०२

एक्लो ममा उन्नत विज्ञता छ
आवाजमा गुञ्जित नम्रता छ
म मात्र यस्तो दिलदार पात्र
अरू सबै पूरक वस्तु मात्र ।०३

म सर्वदा पूजित राजनेता
ब्रह्माण्डदर्शी युगको विजेता
अजेय मैले रण टार्नु छैन
त्यो मृत्यु आए पनि हार्नु छैन ।०४

त्रिलोकदर्शी म अमोध शक्ति
आई गरून् लोक अनन्त भक्ति
त्रिकाल मेरै जप वन्दना होस्
’म’ मात्रमा उन्नत चेतना होस् ।०५

उत्कृष्टताको पगरी समाऊँ
चातुर्यको धाकसभा चलाऊँ
देवेश ठानून् सबले मलाई
मडारियोस् भित्र दिगो मपाइँ ।०६

जाँदैन मेरो कहिल्यै जवानी
वार्द्धक्यको हुन्न कुनै निशानी
स्वनामको कीर्तन नित्य गाऊँ
‘अहम्-अहम्’को मदमा रमाऊँ ।०७

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झेल, ताण्डव र देश

झेल, ताण्डव र देश

जयदेव गाेविन्द
ए मूर्ख मान्छेहरू

ए मूर्ख मान्छेहरू

जयदेव गाेविन्द
मर्नु हो

मर्नु हो

जयदेव गाेविन्द
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x