सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शरद जोशीका लागि कमलमुखका केही पठनीय पत्रहरू

तपाईंको प्रकाशनमा पाण्डुलिपि पठाएको दस महिना भयो । अझैसम्म स्वीकृति पाएको छैनँ । खेद छ । कहिले प्रकाशित गर्नुहुन्छ ? छिटो लेख्नुस् । यस विषयमा यो मेरो पाँचौं पत्र हो ।

Nepal Telecom ad

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

पत्र १
प्रिय भाइ,
डिसम्बरमा आफ्नै नगरमा कवि सम्मेलन आयोजित गर्दै छौ भन्ने सुन्दै छु । उसो भए त भेट हुनु सम्भव छ । बोलाउँछौ नि ? त्यसो त तिमीबाट लुकेको पो के छ र ? बाटाखर्च र माथिबाट केही पाइयो भने पर्याप्त हुनेछ । आज्ञालाई शिरोपर गरी दगुरेर आउने छु । उसो त अझैसम्म यस सम्बन्धमा तिम्रो पत्र आएको छैन । तर म व्यर्थका औपचारिकताहरूमा विश्वास गर्दिनँ । मेरो स्वीकृति नै मान्नू । पत्र पठाउनू । भाउजूलाई प्रणाम र नानीलाई माया । विवाह त भयो होला नि, कसो ?

तिम्रो आफ्नै
कमलमुख
….

पत्र २
प्रिय भाइ,

यो अभिनव पत्रिकाको प्रकाशनका निम्ति मेरो लाखौंलाख बधाईं लिनू । साँच्चै भनूँ – कस्तो लाग्यो त ? हिन्दी पत्रिकाको जुन आदर्श रूप मेरा आँखामा छ त्यो पुरा भएको छ । कति राम्रो सज्जा छ ! कस्तो विषयवस्तुको चयन छ ! कति राम्रा विचारहरू छन् । वाह भाइ वाह !
सधैँ तिम्रै

कमलमुख
पुनश्च- रचना पठाउँदै छु । अलिक विचार गर्नू ।
…..

पत्र ३
प्रिय भाइ,

‘धर्मशाला’मा तिम्रो कथा पढें । के भन्नु र ! वर्षौपछि राम्रो कथा पढ्न पाएँ । जसलाई हिन्दीमा नवकथा भन्दछन् त्यसको सर्वश्रेष्ठ रूप छ तिम्रो रचनामा । ‘साहित्यधर्म’को आउँदो अङ्कमा मेरो गीत आउँदै छ । कस्तो लाग्छ भन्नू । बाँकी सबै कुशल छ । स्वस्थ हौला भन्ने आशा लिएको छु ।

सधै तिम्रै
कमु
…..

पत्र ४
प्रिय महोदय,

जबदेखि तपाईं आकाशवाणीका निर्माता बनेर आउनुभएको छ कार्यक्रमको स्तर निरन्तर माथि उठिरहेको देख्दै छु । बधाई स्विकार्नुस् । निकै परिश्रम गर्नुहुन्छ । स्वास्थ्यको ध्यान राख्नुहोला । एउटा गुनासो पनि छ । रेडियोले मलाई बिर्सेजस्तो छ । दुई महिनादेखि कुनै समझौता आएको छैन । उता आउन चाहन्छु । साथीहरूसित भेट्ने ठुलो चाहना छ । छिटै उत्तर दिनुहोला । हलकाराले कहिले समझौता ल्याउँछ भनेर हेरिरहने छु । बाकी सबै ठिक छ । किताब छापिएर कहिले आउँदै छ ? पहिलो प्रति म पढ्नेछु । राम्रो समालोचना लेख्न व्यग्र छु । भाउजूलाई प्रणाम ! नानीलाई माया ।

तपाईंको
कमलमुख
…..
पत्र ५
महाशय,

तपाईंको प्रकाशनमा पाण्डुलिपि पठाएको दस महिना भयो । अझैसम्म स्वीकृति पाएको छैनँ । खेद छ । कहिले प्रकाशित गर्नुहुन्छ ? छिटो लेख्नुस् । यस विषयमा यो मेरो पाँचौं पत्र हो ।
भवदीय
कमलमुख

०००
शरद जोशीकाे लिए  कमलमुखका केही पठनीय पत्रहरू बाट नेपाली अनुवाद

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं
आलोचना

आलोचना

शरद जाेशी
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं
छिनौरा ! नेता या जनता ?

छिनौरा ! नेता या...

हरिशंकर परसाईं