साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शरद जोशीका लागि कमलमुखका केही पठनीय पत्रहरू

तपाईंको प्रकाशनमा पाण्डुलिपि पठाएको दस महिना भयो । अझैसम्म स्वीकृति पाएको छैनँ । खेद छ । कहिले प्रकाशित गर्नुहुन्छ ? छिटो लेख्नुस् । यस विषयमा यो मेरो पाँचौं पत्र हो ।

Nepal Telecom ad

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

पत्र १
प्रिय भाइ,
डिसम्बरमा आफ्नै नगरमा कवि सम्मेलन आयोजित गर्दै छौ भन्ने सुन्दै छु । उसो भए त भेट हुनु सम्भव छ । बोलाउँछौ नि ? त्यसो त तिमीबाट लुकेको पो के छ र ? बाटाखर्च र माथिबाट केही पाइयो भने पर्याप्त हुनेछ । आज्ञालाई शिरोपर गरी दगुरेर आउने छु । उसो त अझैसम्म यस सम्बन्धमा तिम्रो पत्र आएको छैन । तर म व्यर्थका औपचारिकताहरूमा विश्वास गर्दिनँ । मेरो स्वीकृति नै मान्नू । पत्र पठाउनू । भाउजूलाई प्रणाम र नानीलाई माया । विवाह त भयो होला नि, कसो ?

तिम्रो आफ्नै
कमलमुख
….

पत्र २
प्रिय भाइ,

यो अभिनव पत्रिकाको प्रकाशनका निम्ति मेरो लाखौंलाख बधाईं लिनू । साँच्चै भनूँ – कस्तो लाग्यो त ? हिन्दी पत्रिकाको जुन आदर्श रूप मेरा आँखामा छ त्यो पुरा भएको छ । कति राम्रो सज्जा छ ! कस्तो विषयवस्तुको चयन छ ! कति राम्रा विचारहरू छन् । वाह भाइ वाह !
सधैँ तिम्रै

कमलमुख
पुनश्च- रचना पठाउँदै छु । अलिक विचार गर्नू ।
…..

पत्र ३
प्रिय भाइ,

‘धर्मशाला’मा तिम्रो कथा पढें । के भन्नु र ! वर्षौपछि राम्रो कथा पढ्न पाएँ । जसलाई हिन्दीमा नवकथा भन्दछन् त्यसको सर्वश्रेष्ठ रूप छ तिम्रो रचनामा । ‘साहित्यधर्म’को आउँदो अङ्कमा मेरो गीत आउँदै छ । कस्तो लाग्छ भन्नू । बाँकी सबै कुशल छ । स्वस्थ हौला भन्ने आशा लिएको छु ।

सधै तिम्रै
कमु
…..

पत्र ४
प्रिय महोदय,

जबदेखि तपाईं आकाशवाणीका निर्माता बनेर आउनुभएको छ कार्यक्रमको स्तर निरन्तर माथि उठिरहेको देख्दै छु । बधाई स्विकार्नुस् । निकै परिश्रम गर्नुहुन्छ । स्वास्थ्यको ध्यान राख्नुहोला । एउटा गुनासो पनि छ । रेडियोले मलाई बिर्सेजस्तो छ । दुई महिनादेखि कुनै समझौता आएको छैन । उता आउन चाहन्छु । साथीहरूसित भेट्ने ठुलो चाहना छ । छिटै उत्तर दिनुहोला । हलकाराले कहिले समझौता ल्याउँछ भनेर हेरिरहने छु । बाकी सबै ठिक छ । किताब छापिएर कहिले आउँदै छ ? पहिलो प्रति म पढ्नेछु । राम्रो समालोचना लेख्न व्यग्र छु । भाउजूलाई प्रणाम ! नानीलाई माया ।

तपाईंको
कमलमुख
…..
पत्र ५
महाशय,

तपाईंको प्रकाशनमा पाण्डुलिपि पठाएको दस महिना भयो । अझैसम्म स्वीकृति पाएको छैनँ । खेद छ । कहिले प्रकाशित गर्नुहुन्छ ? छिटो लेख्नुस् । यस विषयमा यो मेरो पाँचौं पत्र हो ।
भवदीय
कमलमुख

०००
शरद जोशीकाे लिए  कमलमुखका केही पठनीय पत्रहरू बाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x