साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक अन्तहीन प्रदर्शनी

एउटा मण्डप यस्तो होस् जसमा बजारमा पाइने वस्तुहरूको सही मूल्य के हो र त्यसको ग्राहकले कति मूल्य तिर्छ भन्ने कुरो पनि देखाइयोस् । कालोबजारीका लागि एउटा मण्डप, भ्रष्टाचारका लागि एउटा मण्डप ।

Nepal Telecom ad

शरद जोशी 

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

मानिसले एउटा खास भाव प्रकट गर्नका लागि कोट लगाउँछ अनि सरकारले यस्तै कुनै मुडमा प्रदर्शनी लगाइदिन्छ । त्यसै पनि तपाईं प्रदर्शित हुनुबाट कसैलाई कसरी रोक्न सक्नुहुन्छ र ? लहरहरू उठ्छन् र प्रकट हुन्छन् । त्यति बेला कसले के गर्ने ? जबजब सरकारको छातीमा प्रदर्शनी लगाउनुको पीडा उठ्छ अनि त्यसै आन्तरिक पीडाले ऊ कुनै फराकिलो चउरमा पसारिएर बस्न पुग्छ । सबै तामझाम झल्याकझुलुक मानौं कुनै सुन्दरीले मादक हाउभाउका साथ ठुमरी गाउन थालेकी होस् । एउटा सङ्कोचशील सरकारका लागि यो पनि एउटा समस्या हुन्छ । कति दिनदिनै आकाशपाताल जोड्ने भाषण मात्र गर्नु ? अनि सरकारले सोच्छ एउटा प्रदर्शनी नै किन नलगाउने त ? अकबरी सुनलाई कसी किन लगाउनु ? जे हुन्छ अगाडि नै हुन्छ । उसको निणर्यसँगै मय दानवहरूका सरकारी वंशजहरू सक्रिय हुन थाल्दछन् । अनि रङ्ग र प्रकाशको एउटा मायानगरी नै उभिन थाल्दछ । जमिन सम्याइन्छ र कनात ठड्याइन्छ । किरा मार्ने औषधि छरिन्छ र कार्पेट गलैंचा बिछ्याइन्छ । मालिनीले गजरा (एक प्रकारको माला) ल्याउँछे अनि गाउँशहरका बालाहरू आधुनिक पहिरनमा सिँगारिएर हिँड्छन् । यो देखेर आँखा तिर्मिराउँछ । ए मेरी बास्सै ! हाम्रो देशमा यति धेरै प्रगति भइसकेको रहेछ । मलाई त थाहै भएन ।

मान्छेसँग कति सम्पत्ति छ भन्ने कुराको पत्तो हाम्रो भारतमा त्यति बेलामात्र लाग्छ जति बेला उसले आफ्नी छोरीको विवाह गर्छ । जन्ती आउने एउटा विशेष दिन हुन्छ । लगन लाग्ने एउटा विशेष घडी हुन्छ । त्यसै पूर्वनिश्चित एक घडीका निम्ति सारा दगुरादगुर र सारा हस्याङफस्याङ चल्छ । मुहूर्त बरु नहोस् तर इज्जत रहोस् । जुनसुकै मूल्यमा जमोस्, जुनसुकै तरिकाले जमोस् तर जमोस् । प्रदर्शनीवालाहरू पनि यस्तै स्थितिमा बाँचेका हुन्छन् । अमुक दिन प्रदर्शनी खुल्ने छ भनेर शासनका तर्फबाट हुकुमप्रमाङ्गी जारी हुनासाथ सम्पूणर् विभागहरू आआफ्नो कछुवागतिमा दगुर्न थाल्छन् । फाइनान्सबाट पैसा, विभागबाट प्रस्ताव, मन्त्रीबाट स्वीकृति, कलाकारहरूबाट डिजाइन, पानी, बिजुली, टेन्डर, खिचपिच, विभागीय प्रश्नोत्तर, ठेकेदारसित प्रत्यक्ष र गोप्य सम्झौताहरू अनि सबैभन्दा अप्ठ्यारो काम विभागले कति प्रगति गरेको छ भनेर पत्तो लगाउनु । यी सारा काम सरल हुँदैनन् । गत दश वर्षमा यदि विभागहरूको सबैभन्दा ठुलो प्रगति खोज्ने हो भने उनीहरूको बजेट बढेको छ, खर्च बढेको छ, तलब तथा विशेष भत्ता बढेको छ, नयाँ पदहरू बढेका छन् र भवन ठडिएका छन् । तर जब प्रदर्शनी राष्ट्रिय स्तरमा छ भने जनतालाई त यी कुरा भन्नु भएन । यो त जनतालाई थाहै छ । प्रदर्शनीमा त नयाँ कुराको जानकारी दिनुपर्छ ।

मन त हुन्छ नि प्रदर्शनी यस्तो लागोस् जसमा ती कुरा देखाउन पाइयोस् जुन कुरा आजसम्म देखाइएको छैन । विस्तृत चउर होस् र थुप्रै मण्डपहरू होऊन् । एउटा मण्डप उद्योग विभागको होस् जसमा मिलावट गर्नाले र नक्कली माललाई पनि सक्कलीजस्तै बनाएर बेच्नाले देशले यता आएर कति प्रगति गरेको छ भन्ने बताउन पाइयोस् । कति जनाले कति लाइसेन्स लिएर कति कारखाना खोले अनि जुन खुले तिनमा कति हडताल भए र उत्पादन कति घट्यो भन्ने बताइयोस् ? एउटा मण्डप यस्तो होस् जसमा बजारमा पाइने वस्तुहरूको सही मूल्य के हो र त्यसको ग्राहकले कति मूल्य तिर्छ भन्ने कुरो पनि देखाइयोस् । कालोबजारीका लागि एउटा मण्डप, भ्रष्टाचारका लागि एउटा मण्डप । त्यहाँ कुन सरकारी कार्यालयमा कुन काम गराउनका लागि कुन तहको कर्मचारीलाई दिइने घुसको दररेट के हो भन्ने बताइयोस् । लुकेको पैसा कस्तो काममा लगाइन्छ ? सट्टेबाजी र जुवामा राष्ट्र कति अघि बढ्यो ?…

थाहा छैन मैले यस्तो प्रदर्शनी कहिले लगाउन सकुँला ? मानिसहरूले कहिले हेर्न पाउने हुन् ? कहिलेकाहीँ त के लाग्छ भने देशमा यो प्रदर्शनी स्थायी रूपमै लागेको छ र त्यहाँबाट जाने भारतवासी दर्शक तटस्थ भएर चुपचाप पल्याकपुलुक गर्दै त्यहाँबाट निस्किँदै छ ।

०००
भारत
शरद् जोशीले सन् १९८५मा ज्ञानपीठबाट प्रकाशित गरेको कृति ‘यथासम्भव’ मा उनको लेख ‘एक अन्तहीन प्रदर्शनी’ यसै देखावटीपनमाथि एउटा बलियो प्रहार हो ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Hom Suvedi
Hom Suvedi
2 years ago

गजब लाग्याे ।

Wedmani Ghimire
Wedmani Ghimire
2 years ago

स्मरणीय अभिव्यक्ति रहेछ ।

Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
2
0
Would love your thoughts, please comment.x
()
x