साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी ! जिउँदै जलिस्

थिइस् जवान छिर्दामा अहिले चाउरी परिस् आखिरीको भयो वेला तैँले प्रगति के गरिस् मच्चिइस् मच्चिइस् नित्य थच्चिइस् र थला परिस् नोकरी नोकरी घोक्तै जिन्दगी ! जिउँदै जलिस् ।

Nepal Telecom ad

दिनेश पाण्डेय ‘वत्सभार्गव’ :

बोली बोली मिठो चिप्लो न चिल्लो घस्न सक्तछस्
कोसेली प्रभुका निम्ति न केही पोस्न सक्तछस्
ढुकी दिनहुँ दैलो न चाकरी गर्न सक्तछस्
न आँसुका ढिका झारी करुणा थाप्न सक्तछस् ।

सुबिस्तानिम्तिमा आफ्नो न खुसामत जान्दछस्
चाकडी चाप्लुसीको न विज्ञान नै तँ जान्दछस्
आफ्ना हाकिमलाई न भेटी घुसार्न सक्तछस्
न ता तेल र घ्यू दल्दै ज्यानै मसार्न सक्तछस् ।

चुक्ली न सहकर्मीको लगाउन तँ सक्तछस्
त्वदीयं शरणं भन्दै न पाउ पर्न सक्तछस्
न त मालिकको पाउ मजाले मल्न सक्तछस्
तलुवा प्रभुको पक्री ल्याप्पै न चाट्न सक्तछस् ।

न झिकी झगडाबीज नाडी सुर्किन सक्तछस्
न अश्लील तथानाम गाली उड्किन सक्तछस्
न उद्दण्ड बनी ड्याम्म मुड्की बजार्न सक्तछस्
न ता राक्षसझैँ झम्टी दाराले दार्न सक्तछस् ।

मात्रै जागिरमा धाई अनुशासनमा बसिस्
कर्तव्य पालना गर्दै दिनरात घुँडा धसिस्
भ्रष्टाचारी भिरी बिल्ला कहिल्यै न कुना पसिस्
तैँले यो राष्ट्रका निम्ति सकेसम्म कटी कसिस् ।

थिइस् जवान छिर्दामा अहिले चाउरी परिस्
आखिरीको भयो वेला तैँले प्रगति के गरिस्
मच्चिइस् मच्चिइस् नित्य थच्चिइस् र थला परिस्
नोकरी नोकरी घोक्तै जिन्दगी ! जिउँदै जलिस् ।

०००
२०८१/०१/०३
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
बालको दिवस हो पनि भन्न लाज !

बालको दिवस हो पनि...

दिनेश पाण्डेय
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x