साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालको दिवस हो पनि भन्न लाज !

भोकै बसेर यदि भाषण सुन्नुपर्छ नाङ्गै बसेर कपडा यदि बुन्नुपर्छ के कामको दिवस यो भन हे समाज जो बालको दिवस हो पनि भन्न लाज ।।

Nepal Telecom ad

दिनेश पाण्डेय :

पाइन्न लाउन र गाउन खान खेल्न
पाएर मात्र हुनु के अधिकार सुन्न
खोक्रा सुखा अजिब भाषण मिल्छ आज
यो बालको दिवस हो पनि भन्न लाज ।।

हो बाल शान सबको अनि हो भविष्य
फक्रेर फूल पछि फुल्दछ रे अवश्य
भन्ने सुनिन्छ मल वा जल छैन आज
यो बालको दिवस हो पनि भन्न लाज ।।

आश्चर्य लाग्छ मुखमा सबको छ नारा
सिङ्गो छ साल तर पर्व छ एक वार
देखिन्छ बालदिनमै अझ पक्षपात
यो बालको दिवस हो पनि भन्न लाज ।।

यी बेतुकी खबरले मन पर्छ दङ्ग
छोपिन्छ भाषण सुनी कसरी र अङ्ग
थुन्दैछ लोचन र कान समाज आज
यो बालको दिवस हो पनि भन्न लाज ।।

आदर्शनिष्ठ सबका जति सुन्छु वाक्य
बेकार बेतुक बुझेर म हुन्छु वाक्क
यस्तै छ देशभरि बालसमाज आज
यो बालको दिवस हो पनि भन्न लाज ।।

भोकै बसेर यदि भाषण सुन्नुपर्छ
नाङ्गै बसेर कपडा यदि बुन्नुपर्छ
के कामको दिवस यो भन हे समाज
जो बालको दिवस हो पनि भन्न लाज ।।

आनन्दले जिउन खान पुगोस् सदैव
सम्पत्ति नास्ति तर पढ्न पुगोस् सदैव
पानी सिँचेर बिरुवा हरियो बनाऔँ
यो बालको दिवस हो अब भन्न पाऔँ ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x