साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भताभुङ्ग भएछ देश

छी छी र दुर्‌दुर्‌ कति मात्र गर्नु स्वप्ना सँगाली कति धैर्य गर्नु काला अँधेरा किन छन् दिनेश सारा भताभुङ्ग भएछ देश ।।

Nepal Telecom ad

दिनेश पाण्डेय :

आदेश बाङ्गो उपदेश बाङ्गो
श्रीमान्‌हरूकै छ चरित्र नाङ्गो
पूरै उदाङ्गो किन मातृदेश
सारा भताभुङ्ग भएछ देश ।

संस्कार उल्टा व्यवहार उल्टा
आफन्त उल्टा परिवार उल्टा
दाढी हुँदा श्वेत छ श्याम केश
सारा भताभुङ्ग भएछ देश ।

मुग्लान ठेलेर हितोपदेश
प्यारो सबैमा छ सुदूरदेश
बन्दै छ यो भूमि कि बङ्गदेश
सारा भताभुङ्ग भएछ देश ।

अल्छीहरूका करमा छ बल्छी
पाल्छी छ बोली हर एक गल्छी
भाषासँगै छन् अवदीर्ण भेष
सारा भताभुङ्ग भएछ देश ।

छी छी र दुर्‌दुर्‌ कति मात्र गर्नु
स्वप्ना सँगाली कति धैर्य गर्नु
काला अँधेरा किन छन् दिनेश
सारा भताभुङ्ग भएछ देश ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
बालको दिवस हो पनि भन्न लाज !

बालको दिवस हो पनि...

दिनेश पाण्डेय
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x