साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिकाकाे आशीर्वाद

सत्तासाफ मिली सदस्य घरका हालीमुहाली गरून् पत्तासाफ बनून् विरोध घरमा झन्डा नयाँ हल्लियून् खाता देशविदेशका जमिरहून् पूरा बनून् चाहना आशीर्वाद सँभाल यो हृदयको सद्भावनासाथमा ।।

Nepal Telecom ad

दिनेश पाण्डेय :

आयुर्द्राेणसुते महाजन जुटे यो देश सिङ्गै लुटे
ऐश्वर्यं नहुषे करोड मतका सद्भाव सारा चुसे
दानं सूर्यसुते अदालत लुते मुद्दा मिलाई थुते
विज्ञानं विदुरे मधेस र चुरे भैया घुसारी पुरे ।।१

हे दुर्गे जगदम्बिके भगवती आराम होस् गाथमा
तिम्रो दृष्टिकृपा मिलोस् मुलुकको चाबी परोस् हातमा
खाऊन् टन्न ढुकी लुटेर ढुकुटी ढाडे बिरालासरि
देऊ नाम इमान फेरि कहिल्यै खोस्तै नखोस्ने गरी ॥२

छोराको बढु्वा मिलोस् सचिवमा प्रत्यक्षमा श्रीमती
सम्धी सुट्ट समानुपातिक बनून् छोरी करोडौँपति
आफन्ती जन मालपोतभरि हून् लागोस् भलो आसिक
इच्छामाफिकका बडा पदहरू धाऊन् यतै वार्षिक ॥३

न्यायाधीश बनून् जुवाइँ, ससुरा आयुक्तमा छानियून्
सासूको पद अख्तियारतिर होस् साला उतै तानियून्
घ्याम्पे पेट फुटेर छानबिनमा कोही फसे तापनि
साठी क्विन्टलको सुवर्णजलले छम्केर चोख्याइयून् ।।४

गुन्डा चोर दलालखोर गँजडी सम्बन्धमा गाँसियून्
जे पर्छन् परिवारभित्र सबका बाधा व्यथा नासियून्
सर्लक्कै यति काम बन्न नदिने वैरीहरू मासियून्
सारा इष्ट कुटुम्ब बन्धुसँग ती पातालमा भासियून् ।।५

सत्तासाफ मिली सदस्य घरका हालीमुहाली गरून्
पत्तासाफ बनून् विरोध घरमा झन्डा नयाँ हल्लियून्
खाता देशविदेशका जमिरहून् पूरा बनून् चाहना
आशीर्वाद सँभाल यो हृदयको सद्भावनासाथमा ।।६

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
बालको दिवस हो पनि भन्न लाज !

बालको दिवस हो पनि...

दिनेश पाण्डेय
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x