साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैंघरबाट

भोक चपाएर अघाउने शक्ति दिएर जानु आँसु लुकाएर हाँस्ने सामर्थ्य दिएर जानु यत्ति कृपा गर हे जगत जननी दुर्गा ! उही तिम्रो आशातित बत्स !! भोको कवि दशैंघरबाट।

Nepal Telecom ad

एमपी पाण्डे :

भान्छामा
भान्छाकै सौता बनेर
भित्रिएको छ भोक
निकै भयो ओदानमाथि
शीत पर्न थालेको पनि
आँगन ढकमक्क ढाकेको छ
डेंगुका फूलहरुले
खाटा उस्तै छन अझै
जस्ताको तस्तै छन्
विश्व अर्थतन्त्रलाई
ध्वस्त बनाएर ओझेलिएको
कोरोना कहरका।
यै बेलामा
टुपलुक्क आइपुग्यौ तिमी
समयचक्रको बुँई चढेर
खुशी हुनै पर्ने
रमाउनै पर्ने बाध्यात्मक मन्जुरीना पत्रमा
निसर्त हस्ताक्षर गराउन
मन त थियो
रमाई दिउँ निसर्त
निसर्त स्विकारी दिउँ तिम्रो सर्तनामा।
पोहोर
परारको बडा दशैंमा
निलो आकाशमा हावाको बेग समातेर
आनन्दको उचाई लिँदै गरेका
राता पहेँला चंगाहरु झैं
चोक, चौताराहरुमा हुँईकिदै गरेका
रोटेपिङ्गहरु झैं
पूजा कोठाको छेउमा
स्वर्ण मुस्कान बाँडिरहेका जमराहरु झैं
आमा बुवाको आशीर्बादले
गुँरास झै फुलेको निधार झैं
तर,
कसरी रमाउँ
गृहलक्ष्मीको फाटेको धोतीको फेरबाट
फुस्किरहेको छ कुलकै लाज
फेर्न सकिएको छैन
छोराको कमिज
आफ्नो जुत्तामा भ्वाङ परेको उहिल्यै हो
चिठीपत्र समेत नआएको धेरै भयो
प्रदेशी भाइको
कतै केही अप्ठ्यारोमा पो पर्‍यो कि उ
प्रदेशको कुरो
आङ खस्ने बिमारले माइती आउन सकेकी छैन बहिनी।
अलग्गै गरौँला
पशुबलि प्रथा सहि/गलतको ब्याख्या
कसरी थुन्न सक्छु र
बालख्ख छोरीको आँखामा बगेका आँसु
लगातार रोइ रहेकी छे उ
चिचिपापा भन्दै
डाक्टरले हरियो सागपात
मासुमा कलेजो कलेजो खानु भनेक छन् आफैलाइ पनी
सानो छँदा त,
तिमी आएपछि एक बटुको झोल
दुइ फिणका भुटन त खान पाइन्थ्यो
यस्पाला त असम्भव छ त्यै पनि ।
अनि,
कुन मुखले स्वागत गरुँ म तिम्रो
के खाएर रमाउ तिमीसँग
एकातिर खरानी भएको छ पुस्तेनी सिंहदरबार
अर्कोतिर छोरापुस्ताको रगतमा डुबेको छ संघिय राजधानी
यति हुँदाहुँदै पनि
किन आयौ पनि भनिहाल्न सक्दिन म तिमीलाई
सदियौँदेखि मानी आएको परप्परा जो हौ
नानीदेखि लागेको बानी जो छ हाम्रो
त्यस्माथि पनि
अरुको खुसी खोस्ने आदत छैन मेरो
यसै पनि आँसु चपाएर, हाँस्न सक्ने
नेपालीको छोरो म
म बुझ्छु
तिम्रै बाटो हेरिरहेका होलान्
हजारौँ हजार साँस्कृतिक मनहरू
मेरो बस्तीको डिलबाट
तसर्थ
आउ दशैँ,आरामले आउ
न्यानो स्वागत छ तिमीलाई
जाँदा
भोक चपाएर अघाउने शक्ति दिएर जानु
आँसु लुकाएर हाँस्ने सामर्थ्य दिएर जानु
यत्ति कृपा गर हे जगत जननी दुर्गा !
उही तिम्रो आशातित बत्स !!
भोको कवि
दशैंघरबाट।
दशैं घरबाट।।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
गम्भीर दुवाडी
गम्भीर दुवाडी
10 months ago

🙏अत्यन्तै मन छुने मर्मस्पर्शी कविता ।
हार्दिक शुभेच्छा ।
साथै दशैंको हार्दिक शुभकामना ।

Nepal Telecom ad
म

एमपी पाण्डे
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
हाडमासुको रोबर्ट

हाडमासुको रोबर्ट

एमपी पाण्डे
कुखुरी काँ

कुखुरी काँ

एमपी पाण्डे
छिल्लिएको घाम

छिल्लिएको घाम

एमपी पाण्डे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x