साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम- ३०

ज्योतिष देउवाले आफ्ना छोरालाई ‘हिल्टन होटल’ नै दिने योजना बनाएका थिए, तर अन्त्यमा टिकापुरको २५ रोपनी जग्गामा कुरा मिलाएको सुनिएको छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

दशैंको बेला शुभकामनासँगै उपहार दिने हाम्रो पुरानो चलन हो। आशीर्वाद (आशिष) दिनेहरूका आ-आफ्नै शैली र तरिका देखिन्छन्/सुनिन्छन्। यसपालिको दशैंको जानकारी आइपुग्न बाँकी नै छ, तर आजको व्यङ्ग्य लेख भने पोहोर सालको दशैंमा केही चर्चित व्यक्तिहरूले दिएका उपहारहरू वरिपरि घुम्नेछ।

गत वर्षको दशैं टीका लगाएसँगै काँडाकमलले आफ्नी नातिनीलाई उपहारस्वरूप ‘कोच कम्पनी’को हाते ब्याग दिएका थिए, जसको बजार मूल्य करिब ७ लाख रुपैयाँ पर्छ भन्ने अनुमान गरिएको थियो। ज्योतिष देउवाले आफ्ना छोरालाई ‘हिल्टन होटल’ नै दिने योजना बनाएका थिए, तर अन्त्यमा टिकापुरको २५ रोपनी जग्गामा कुरा मिलाएको सुनिएको छ। उता, तरवार ओलीले महिषासुर उठ्नेतलाई टीका लगाएर, “आफ्नै श्रीमतीको शोभा राख्नु” भन्ने आशीर्वाद ,साथमा केही थान लाठी उपहार दिएका थिए। ती लाठीहरू निकट भविष्यमा प्रयोग गर्ने योजना रहेको चर्चा छ।

सादगीको प्रतीक मानिने डा. महानवीर पुनले टीका लगाइसकेपछि “जे सुकै गर” भन्ने आशिष दिएका थिए। तर्क सम्पाङले ढुंगा उपहार दिए भने, धुर्मुस लेखकले रगतले मुछिएको खरानी। सहनशील कार्कीले नेपालको चुच्चे नक्सा उपहार दिएकी थिइन् भने रवि मदानीले सादा कागज।

तपाईं यो लेख पढ्ने कि नपढ्ने भनेर सोचिरहनु भएको छ भने म पनि उही पुरानै चप्पल लगाएर भन्न चाहन्छु— “जे सुकै गर्नुहोस्।”

०००
(व्यङ्ग्य लेखक दाहाल नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x