साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैंको बधाई

जता हेर तिम्रो दशैं नै दशैं छ हँसाएर हाँस्नू खुशी यत्तिकै छ सधैं दिन्छु तिम्रो दशैंको बधाइ तिमी स्नेहले हेरिराख्नू मलाई ।।

Nepal Telecom ad

रमेश खकुरेल :

दशैं मान को भन्छ भैगो नमान
कहाँ भन्छ को धूमका साथ मान
छ इच्छा भने शानले मासु खाऊ
नसक्ने नखोज्ने भए भो नखाऊ ।।

दुई अक्षता फूलको एक थुङ्गा
छ पानी कचौरा त्यही हुन्छ गङ्गा
र नैवेद्यमा वेदना जो चढाऊ
मुमा सुन्दछिन् जे भन्यौ भक्ति भाउ ।।

जहाँ कर्म गर्छौ त्यही अर्चना हो
जहाँ नम्र बन्छौ त्यही बन्दना हो
घरैमा मुमा वा सुता भै रहन्छिन्
कि देवी स्वयंकी प्रियारूप बस्छिन् ।।

तिमीभित्र जो क्रोध वा लोभ हुन्छ
त्यही चण्ड वा मुण्डको रूप हुन्छ
खुशी राख देवी सबै हट्न जान्छन्
नयाँ शक्ति ऊर्जा त्यहाँ जुट्न थाल्छन् ।।

कहाँ लाग्छ मुश्कानका लागि पैसा
कहाँ खोज्छ तिम्रो मिठो शव्द पैसा
श्रमी हातका लागि के दूर पैसा
गरे लोभ धेरै भयो झूर पैसा ।।

दशैं नौरता मात्र मानेर हुन्न
खुशी एक घण्टा मनाएर हुन्न
बिना सिर्जनाले पुकारेर हुन्न
व्यथा आह पोखी लघारेर हुन्न ।।

जता हेर तिम्रो दशैं नै दशैं छ
हँसाएर हाँस्नू खुशी यत्तिकै छ
सधैं दिन्छु तिम्रो दशैंको बधाइ
तिमी स्नेहले हेरिराख्नू मलाई ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x