साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अराष्ट्रिय मान्छे

यो विश्वब्रह्माण्ड मेरो घर यही साझा ब्रम्हाडको प्यारो सृष्टि सुन्दर सिर्जना प्यारो सन्तान म एउटा मान्छे, मात्र मान्छे दुनियाँको नजरमा एक अराजक अराष्ट्रिय मान्छे।

Nepal Telecom ad

एमपी पाण्डे  :

मलाई थाहा छ
म मेरी आमाको पेटमा हुँदै
मेरा कानले सुनेको
मेरा आँखाले देखेको
मेरो ओठले बोलेको
लवज बिरुद्ध बोल्न गैरहेको छु
अर्थात
म आफ्नै बिरुद्ध बोल्न गैरहेको छु
आफैलाई प्रहार गरिरहेको छु
आफैलाई कोचिरहेको छु,घोचिरहेको छु
भाषा त मेरो पनि छ
देश त मेरो पनि छ
कुनै एउटा धर्म त मैले पनि मान्छु
तर,बोल्न ढिलो भैसकेको छ
ढिलै भैसकेको छ।

एउटै
बोलीभाषा र वेषभुशाको आडमा
मेरै मृत्युको कारण बनिरहेको
मैले बोल्ने भाषाको लिपी बिरुद्ध
ठ्याक्कै हतियारको झल्को दिइरहने
शब्द,वर्णको वर्णमाला बिरुद्ध
यी बलिया बाङ्गाहरूले
आफ्नो स्वार्थसिद्ध गर्न गरिएको
सिमानाहरूको कोपभाजनको बिरुद्ध
देश,राष्ट्र राष्ट्रियताको नाउँमा
खडा गरिएका दुश्मनका अखाडाहरू बिरुद्ध
बोल्न ढिलो भैसकेछ।

कहीँ न कहीँ
सानो, ठूलो मतियार त, म पनि हुँ
यी अकर्महरूको एकहिस्सा
भलै मेरो मौनतालाई
सम्मति सम्झिनु उनिहरूको मुर्खता किन नहोस्
आजसम्म मौनता त साँधेकै हो मैले पनि
नभए
दुई दुई पटक बिश्वयुद्ध झेल्न किन पर्‍यो यो संसारले ?
र, किन मौन बसे मेरा ओठ…!
किन तहस नहस भए, इराक अफगानहरू ?
किन चलिरहेको छ सिया-सुन्नीबिच अनवरत युद्ध ?
किन पुत्पुताई रहेकाछन् रोमन चर्चहरू?
रसियाको निसाना किन बनिरहेकाछन् युक्रेनी गर्भिणीहरू?
भर्खरै फेरि किन मारिए प्यालेस्टाइनी बालबालिकाहरू ?
र,किन फुटेन मेरो बोली…….!

के यो खेदजन्य विषय होइन ?
हुन त, गाह्राे कुरा हो हरेक हरेकका निम्ति
आफूले आफैप्रति खेद व्यक्त गर्नु
घृणा जाहेर गर्नु
आलोचना सुन्नै नसक्ने यो दुनियाँमा
तर वास्तवमै घृणित मान्छे हुँ म
लज्जित छु आफैसङ्ग
मान्छेकै जंगलमा उम्रिएका म र म जस्तै
दुईखुट्टे जनावरहरूका दुर्भाव, दुश्कर्मका कारण/
आपत्ति व्यक्त गर्न मन लागेको छ
मान्छेको बिर्य रोपेर मुर्ख जन्माउने
महामुर्ख हाम्रा बाआमाहरू प्रति
बरू बन्ध्याकरण गरेको भए हुने नि बा !
बाँझी बसेकी भए हुने नि आमा !
यो घृणित क्रिडाका घोषित जुवाडेहरू
अघोषित च्याँखेहरू

रमिता हेरिरहेका
चौथोलिङ्गी बुख्याँचाहरू जन्माउनु भन्दा।

खोइ के का निम्ति जन्माउनु र !
आपसमा लडी मर्ने कु-जातहरूलाई
केहीलाई शासक, बाँकीलाई शासित बनाउन ?
एकले अर्कोलाई
जात, धर्म, वाद, बिचार र आस्थाको जहर पिलाएर
अन्ततः मानवताकै घाँटी रेट्न ?
आखिर, शासकहरूको ध्य नै त्यही हो
फुटाउ र शासन गर
लुट र शक्तिशाली बन
मान्छे खुम्च्याएर सिमाना बनाऊ
मानवता खुम्च्याएर जात बनाऊ
लिङ्ग बनाउ, वर्ण बनाऊ, धर्म बनाऊ

होली खेल तिनीहरूकै रगत माथि
जो आफैमा ठाडो बलात्कार हो
माटो, मुटु र आमामाथिको
बा र बाको बिर्यमाथिको।

अब ढिलो भैसक्यो
आउ ! आगो ओकेलौ
कोदाको ढिडो चपाउने मुखहरू
उठौ ! ओ कुम्भकर्णहरू!
दुईखुट्टे जनावरहरूको भिँड छिचोलेर
आदिम सभ्यताका स्वाधिन कंकालहरूको पहिचान खोजौं
आजका अपवादहरूको खाटो पुर्न
आऊ ! उधिनौ बारुदका पहाडहरू
र, निकालौं शक्तिराष्ट्रहरूले गाडेका
मानवताका फूलहरू
संवेदनाका सुवासहरू
बसन्तका रित्ता कोखहरू
भत्काऔ सिमारेखाहरू
च्यातौँ, नागरिकता र राहादानी
जलाऔँ राष्ट्रियताहरूको ठसठस गनाउने सिनो।

जस्ले
यति धेरै अधैर्य बनाएको छ तपाई-हामीलाई
बारुदको राप जस्तो
आणविक भट्टीको ताप जस्तो
देश,दुनियाँ, जात, धर्म, वर्ग वर्ण बिभेद्ध खेपेर
अनाम खाल्डोमा गाडिएकी आमाको
बेवारिसे चिहान जस्तो।

र त, भन्दैछु म
घातक छ, यो देश,देशांकको गणित
रंग, वर्णको अर्थशास्त्र
स्वछ्न्द मान्छेको स्वतन्त्रताको रक्षाका लागि
वास्तवमा, एउटा स्वतन्त्र मान्छेको राष्ट्रियता हुँदैन
जात हुँदैन, धर्म हुँदैन
यी सब त सत्ता,शक्तिका पासा मात्र हुन
हुनसक्छ,जन्मिदा हिमालय काखमा जन्मेको बालक
मर्दा निल सागर किनारमा मर्न सक्छ
यसर्थ
ती दुबै उत्तिकै महत्व राख्छन उस्का लागि
लास गाडिएको माटो

उस्ले पहिलो पटक भुइँ छोएको माटो
कही कतैको माटोले तँ यो देशको
म त्यो देशको भनेको सुन्नु भएको छ ?
यो सारा संसार हाम्रो हो
हामी यो साझा संसारका समृद्ध सन्तान।

यसर्थ
यो मेरो कविता होइन,
घोषणा पत्र हो, प्रिय पशुहरू!
अब उप्रान्त, राष्ट्र-राष्ट्रियता खारेज गरिएको घोषणापत्र
सिमाना बिहिन संसारको सुन्दर परिकल्पना
सिङ्गो धरा मेरी आमा हुन्
उ….माथिको… आकाश मेरा बा
यो विश्वब्रह्माण्ड मेरो घर
यही साझा ब्रम्हाडको प्यारो सृष्टि
सुन्दर सिर्जना
प्यारो सन्तान म
एउटा मान्छे, मात्र मान्छे
दुनियाँको नजरमा
एक अराजक
अराष्ट्रिय मान्छे।
अराष्ट्रिय मान्छे।।

०००

बाजपा ३, अछाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हाडमासुको रोबर्ट

हाडमासुको रोबर्ट

एमपी पाण्डे
दशैंघरबाट

दशैंघरबाट

एमपी पाण्डे
कुखुरी काँ

कुखुरी काँ

एमपी पाण्डे
छिल्लिएको घाम

छिल्लिएको घाम

एमपी पाण्डे
सु-साइट नोट

सु-साइट नोट

एमपी पाण्डे
स्वाधिनताको गीत

स्वाधिनताको गीत

एमपी पाण्डे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x