साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सु-साइट नोट

उल्टोबाट हिँड्न नचाहेकै हो मैले बरु, मर्न तयार छु म म भित्रको मलाई मारेर बाँच्नु भन्दा मलाई थाहा छ आमा ! कुनदिन यही भिडले किचेर मार्ने छ मलाई मेरो खल्तीमा आत्मदाहको पर्चा हालिदिएर।

Nepal Telecom ad

एमपी पाण्डे :

मैले गुलाफ रातो हुन्छ भने
किन कि
मैले सुने, बुझे, देखे, पढेँ, लेखेको
सुम्सुम्याएको पनि त्यै हो
भिँडले भनिदियो गुलाफ कालो हुन्छ
मैले स्विकार्न सकिनँ
अनि, दोषी करार गरियो मेरा आँखालाई
भिडको कानुनले
स्वस्थ आँखाको रेटिना फेर्ने आदेश जारी गरेर
फैसला रुजु गरेन, मेरो मन, मुटु र विवेकले
बरु सङ्केत गर्‍यो विद्रोहको
र, अपराधी भए म त्यही दिनदेखि ।

यो त एक थान प्रतीक मात्र हो
भिडको भाखा र मेरो जीवनगीतको
मैले मेरा पसिनाको कर्णाली खन्याएँ निधारबाट
यो भिडका खेतखलाहरूमा
मेरो पसरसम्म भरिएन बदलामा
आन्दोलन छेडिरह्यो भोको पेटले
सम्झौता गरेन चिसो चुलोले
अरुहरू अघाएको हेर्दै बस्नु पर्‍यो जिन्दगीभर ।

मेरा पौरखले, देश लेख्यो
पाखुरीले सिमाना चिठ्यो
भेडो उक्लियो सिंहासनमा
खायो, उग्य्रायो फोहर मलाई।

मैले मेरो रगतले इतिहास लेखेँ
राष्ट्रियता लेखेँ
अक्षुण्ण संप्रभुता लेखेँ
वर्तमानले पानी मिसायो इतिहासमा
र बेच्यो मिनरल वाटर बनाएर।

मैले सफा हृदयले मानवताको जग बसाउन खोजेँ
समभावको मूर्ति कुँदेँ
समदर्शी भगवान बनाउन खोजेँ
सत्यवदी चेत बनाउन कोशिस गरेँ
धर्म जस्तो धर्म, मर्म जस्तो मर्म
नीतियोग्य रिती, थिति योग्य संस्कृति बनाउन खोजेँ
हत्केला जस्तो फल, ठेला जस्तो कर्मका लडिरहेँ
प्रेमलाई जीवन सम्झिएँ
संसारलाई प्रेम गरेँ, रिस, इर्ष्या, लोभ, मोह, घृणा त्यागेर
हरेक हरेकको भर गरेँ, विश्वास गरेँ
बाआमा, गुरुलाई इश्वरको दर्जामा राखेँ
कसैलाई सानो देखिनँ
कसैसँग ठूलो पल्टिनँ
मलाई लाग्याे यही सही
दुईदिनको जिन्दगीमा।

तर,
मलाई नै मान्छेको कोटीमा राखेन आमा !
यो अराजक समाजले
मैले मुर्खलाई सज्जन भन्न नजानेकै हो
हो आमा !
उल्टोबाट हिँड्न नचाहेकै हो मैले
बरु, मर्न तयार छु म
म भित्रको मलाई मारेर बाँच्नु भन्दा
मलाई थाहा छ आमा !
कुनदिन यही भिडले किचेर मार्ने छ मलाई
मेरो खल्तीमा आत्मदाहको पर्चा हालिदिएर।

कुनै बिहान अखबारको बजार तताउने छ
अमान्छेको सु-साइड नोट
अर्थात
यमपी पाण्डेको सु-साइट नोट
सु-साइट नोट।
सु-साइट नोट।।

०००

१६/१२-०८०
बान्निगढी, जयगढ गाउँपालिका- ०३, अछाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म

एमपी पाण्डे
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
हाडमासुको रोबर्ट

हाडमासुको रोबर्ट

एमपी पाण्डे
दशैंघरबाट

दशैंघरबाट

एमपी पाण्डे
कुखुरी काँ

कुखुरी काँ

एमपी पाण्डे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x