साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मृगतृष्णा

यो मृगतृष्णा वा मृगमरिचिका भन्ने चिज फाइदाजन्य चाहिँ अवश्य नै होइन रहेछ । त्यसैले यो भ्रमबाट जो कोही पनि बाहिर निस्कनु श्रेयस्कर हुने देखिन्छ । जय होस् मृगेश्वरीको ।

Nepal Telecom ad

अशोककुमार शिवा :

मृग जङ्गली जनावरमा पर्छ । मृगका विभिन्न वंशहरू पाइन्छ । मुसे मृग जुन हाल लोपको अवस्थामा छ । घोरल, हरिण, रातो मृग र कस्तुरी अरु वंशका मृगहरू हुन् । यी मृगहरू मानव जीवनमा अति उपयोगी देखा परेका छन् । अझ कस्तुरीको बिना त झन् मुल्यवान छ ।

मृग उपयोगी मात्रै हैन यसलाई सौन्दर्यको परिचायकको रुपमा पनि उपयोग गरिएको पाइन्छ । मृगका आँखा अति सुन्दर हुन्छन् । मृगको झैँ राम्रो आँखा भएकी स्त्रीलाई मृगनयनी भन्ने चलन छ । यस्तालाई मृगलोचनी पनि भनिन्छ । मृगका जिउडाल पनि साच्चै राम्रा हुन्छन् ।

राम्रो कुरामा लोभिनु मान्छेको स्वभाव नै हो केही राम्रो देख्यो कि त्यसैमा लहसिने चलन स्त्री पुरुष दुवैमा हुन्छ नै । पुरुष खुलेर प्रकट गर्छन् भने स्त्री लुकेर लुकाएर । मन पनि काइदाले मान्ने फेरी हेर्‍यो देख्यो पुग्यो होइन हेर्‍यो देख्यो अल्झ्यो । अल्झिनेसँग के लाग्छ आफै कुनै अल्झोमा अल्झिएको थाहा पाउनु छैन । यो इच्छा आकाङ्क्षा भन्ने चिज पनि बडो अनौठो हुने रहेछ । आकाङ्क्षा चाहनासँग जोडिएर इच्छा बनी उपस्थित हुँदोरहेछ । आकाङ्क्षा सोझै इच्छा बनेर चाहनालाई नसमेटी आएको रहेछ भने त केही राम्रो कुरा होला तर चाहना तीव्र बनी आकाङ्क्षा लिएर उब्जिएको इच्छा बाह्रसिङ्गे भाले झैँ हुन बेर लाग्दैन ।

मृगका आँखाको दृष्टि क्षमता पनि उत्तिकै तेज तर्रार हुने रहेछ । यिनीहरू धेरै परसम्म देख्न र त्यहाको वस्तुस्थिति मापन गर्न सिपालु हुन्छन् । धेरै पर हिंस्रक जन्तु आएको मृदले सजिलै देख्न सक्दछ । यिनीहरूको यहि दृष्टितेजका कारण आफ्नो ज्यान बचाई राख्ने गर्छन् । दृष्टितेज उस्तै अनि लाम्चिलो चन्चले अुाखा नै मृगको आकर्षक केन्द्र हो भन्दा पनि खेर नजाला ।

मान्छेको मनमा उब्जिने मृगतृष्णा अर्को रोचक कुरा हो । ऊ आफू उभिएकै ठाउँबाट पर कतै प्यास बुझाउने कुवा देखिरहेको हुन्छ । कल्पनामा नै मृग दौडिए झैँ दौडिई पानी भेट्न जाँदा त्यहाँ पानी नभटेपछि मृगमरिचिकामा मरिच चपाए सरह बनेर मुख पुरै बिगार्ने पनि गर्दा हुन् । अझ मृदंग झुण्डाएर त्यसै दंग परेर बर्कुसी मार्दै हिँड्नेको हकमा के हुँदो हो त्यो कल्पना गर्न सकिएन । किनकी आफू अहिलेसम्म त्यस प्रकारको गति नलिएको मान्छे न परियो ।

के जायज के नाजायज लेखाजोखा छैन, खाली देख्यो मृगतृष्णा । तिर्खाएको मृगले कतै पर क्षितिजको प्रकाशले टल्किएको बालुवालाई पानी देख्छ कि देख्दैन होला भनेर सोच्दा देखिने दृश्य त फरक होला त्यसैले मृग पनि पर पानी भएको भ्रममा त पर्छ नै होला । यस्तो दृश्य देखेर लम्केर त्यतैतिर चाहिँ जाला या नजाला त्यो अध्ययनकै विषय होला । टलक्क पानी टल्केको भ्रमपूर्ण दृश्यलाई सही मानेर दौडिनेहरू कहाँसम्म दौडदा हुन् तर हापछाप भने बेस्सरी नै चलेको देखिन्छ ।

अन्तमा, यो मृगतृष्णा वा मृगमरिचिका भन्ने चिज फाइदाजन्य चाहिँ अवश्य नै होइन रहेछ । त्यसैले यो भ्रमबाट जो कोही पनि बाहिर निस्कनु श्रेयस्कर हुने देखिन्छ । जय होस् मृगेश्वरीको ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x