साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाउ बढेछ

जुन धरातलले आफूलाई उभिएर पाइला चाल्न सिकायो, पाइला चाल्दा थेगिएर रहन मद्दत गर्‍यो त्यही धरातललाई बिर्सनु त्यसको लागि राम्रो होइन जसले धरातल छोड्छ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

खै के भन्नु र बेफ्वाँकमा, यो भाउको कुरा । भाउ भन्ने पनि अचम्मैको चिज रहेछ । न त छाम्दा भेटिन्छ न त आकृति देखिन्छ । तर यो भाउ यति दह्रो हुदो रहेछ कि सबैलाई बसमा पार्न खप्पिस । अब खप्पिससँग जुनकुनै वानपिसको के चलोस् ।

अर्थशास्त्रमा पढे अनुसार जब वस्तुको बजारमा माग बढ्न थाल्दछ तब त्यो वस्तुको मूल्य बढ्छ र माग घटेको खण्डमा मूल्य पनि त्यसै अनुरुप घट्छ । यो मूल्य बढाईले के संकेत गर्छ त भन्दा पक्कै बजारमा माग ह्वात्तै बढेको छ । कतिपय अवस्थामा वस्तुको माग अनावश्यक पनि बढ्न थाल्छ जबकि त्यो वस्तु बजारमा अपरिहार्य नहुन सक्छ । यसरी अनावश्यक माग बढ्नु राम्रो संकेत कदापि होइन र यो दिगो पनि हुँदैन । वस्तुको आवश्यकता, अपरिहार्यता तथा उपादेयताको आधारमा माग बढ्छ भने त्यो सही ठहर्दछ ।

माग र मागको तुलनामा भाउ वस्तुको मात्रै नभएर हामी मानिसको पनि हुदो रहेछ । कहिले काहि हाम्रो माग पनि ह्वात्तै बढ्न थाल्दो रहेछ तब हामी मात्रै के कम हामी स्वयम् हाम्रो बजार भाउ ह्वात्तै चढाई दिन्छौ । जो हिजो हामी सँगै हुन्थे हाम्रै गुणगान गरेर वरिपरी रमेर रहन्थे तिनले पनि हाम्रो भेउ नै नपाउने गरी भाउ बढेको महसुस गर्छन् । हुन त सधैँ एकैनास भाउ राख्न पनि कहा हुन्छ र प्रगतिको आधारमा आफ्नो भाउको परिमार्जन गरिरहनु पर्छ । विगत फर्कने हो भने आगत कसरी सप्रियोस् ? त्यसैले पछाडिकालाई सम्झेर अल्झिनु किमार्थ ठिक होइन ।

नाम र दाम दुई एकार्काको परिपुरक नै रहेछन् । नाम कमाउनलाई दाम कमाउनै पर्ने र दाम कमाउनलाई नाम कमाउनै पर्ने रहेछ । त्यसैले नाम र दाम सधै सँगसँगै दाजिएर हिँड्दा रहेछन् । जब कसैलाई मानिसहरूले हिजो भन्दा आज बढी महत्व दिन थाल्छन् अनि उसलाई हिजोको धरातल भन्दा आफू माथि रहेको अनुभव हुन थाल्छ । जब आफू माथि चढिन्छ धरातलको के मतलव ? धरातल त माग र पहिचानले आफै निर्धारण गरिहाल्छ नि भन्ने लाग्दछ ।

धरातल यस्तो चिज हो जसलाई बिर्सिनु भनेको आफूले आफूलाई नै बिर्सनु हो । जुन धरातलले आफूलाई उभिएर पाइला चाल्न सिकायो, पाइला चाल्दा थेगिएर रहन मद्दत गर्‍यो त्यही धरातललाई बिर्सनु त्यसको लागी राम्रो होइन जसले धरातल छोड्छ । पंक्षी आकाशमा विचरण गर्छ । माथि भन्दा माथिसम्म पुग्न सक्दछ तर आराम गर्न धर्तीतिरै फर्किनु पर्छ र ऊ फर्किन्छ । हामी उड्न सक्दैनौँ तर धेरै माथि माथि उडेको कल्पना गरेर धरातल छोड्छौ । यथार्थमा हामी कहिल्यै धरातल भन्दा माथि हुँदैनौँ ।

यहाँ जतिसुकै ठुलो कुरा गरे पनि शास्त्रको नियमानुसार त भएरै छोड्छ । माग बढेपछि भाउ त बढ्छ बढ्छ । यो भएन भने त अर्थशास्त्रको माग र आपूर्तिको सिद्धान्त नै फेल खान्छ । त्यसैले माग बढेछ अनि भाउ पनि बढेछ त के भयो ?

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x