साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुलत

मान्छे भए सहजमा अब बुद्धि आओस् । यो चित्त भित्र सजिलै वशमा लगाओस् । झर्ला कुहेर नबुझेर मनुष्य चोला । बेला बितेपछि बिजोग नभोग्नु होला ॥

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

गाई दुहुन्छ घरको अनि बेच्न आयो ।
बाटो हिँडेर जिउमा पसिना बगायो ।
तिर्खा मिटाउन सिधै अब कोक खायो ।
बेचेर दूध उसले रुपियाँ उडायो ॥१

धायो बजार जहिल्यै अनि पान खायो ।
खैनी चुरोट जति अम्बल सिक्न धायो ।
गर्दा बिगार दिलमा न त चाल पायो ।
पैसा कता बचत होस् सहजै उडायो ॥२

सस्तो अचेल पसिना रउसेहरूको ।
सस्तो भयो दुध अझै तलका अरूको ।
मर्दैछ त्यो श्रम सधैँ दुखको भकारो ।
सुध्रिन्छ होटल जहाँ मदले उकालो ॥३

घण्टौँ चिया पसलमा गफ चल्छ थारो ।
खायो त्यहीँ वियर झन् पछिको उधारो ।
पारो चढेर अब जीवन हुन्छ घारो ।
यो जिन्दगी गजबको नहुने हतारो ॥४

साथी र सङ्गत बढे नदिई तघारो ।
आफै भएछ तरुनो तरुनी पियारो ।
साथी बनेर मदिरा तन भित्र धारो ।
खायो रमेर उसमै दुनियाँ उमारो ॥५

रित्तो पकेट जहिल्यै घर चल्न छाड्यो ।
बढ्दैछ तल्तल उता मदिरा करायो ।
मान्छे भएर जिउँदो उसकै कमारो ।
यो जिन्दगी गजबको अब ता उधारो ॥६

छामेर जेब रुपियाँतिर हातलाई ।
छल्दै पिएर मदिरा मन यो बुझाई ।
यो जिन्दगी मद सँगै दिलचित्त लायो ।
साथी झिँगा कुकुर छन् अझ ऊ रमायो ॥७

भेट्दा बिहान हँसिलो जहिल्यै हतारो ।
सम्साँझ हुन्छ जहिल्यै छ उही अँध्यारो ।
रक्सी भएपछि सधैँ घर नै विरानो ।
यो जिन्दगी गजबको मदिरा छ छानो ॥८

अर्ती न बुद्धि अहिले कसको न लाग्छ ।
मान्छे न इज्जत रह्यो पछि को न लाग्छ ।
गढ्दा अहो ! कुलतले परिवार रुन्छ ।
छाडौँ नसा मनुज हो ! पछुतो रहन्छ ॥९

मान्छे भए सहजमा अब बुद्धि आओस् ।
यो चित्त भित्र सजिलै वशमा लगाओस् ।
झर्ला कुहेर नबुझेर मनुष्य चोला ।
बेला बितेपछि बिजोग नभोग्नु होला ॥१०

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा
यिनै शब्दमा रमाएँ

यिनै शब्दमा रमाएँ

भगवतीप्रसाद शर्मा
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x