साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यिनै शब्दमा रमाएँ

यता शब्द राखेँ उता थाप्न च्याँखे छ झर्को कसैमा कसैको म आँखे लिएँ सापटी शब्द लेखी मिलाएँ यिनै शब्द बङ्याउँदैमा रमाएँ ।

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

चहारे सबै ठाउँ राम्रा नराम्रा
नियालेर हेरेँ पुरानो र हाम्रा
सबै शून्य संसार देखी हराएँ
यिनै शब्द लेखेर आनन्द पाएँ ।१

तपाईं मपाइँ मलाई बनाएँ
घमण्डी सबैका म भित्रै जमाएँ
सबै दुष्टलाई त आफ्नो बनाएँ
यिनै शब्द लेखेर आनन्द पाएँ ।२

रवाफी कबाफी सराफी बनाएँ
महीमत्त आफैँ सधैँको बनाएँ
गफाडी अनाडी यही हो चिनाएँ
यिनै शब्द लेखेर आनन्द पाएँ ।३

यता शब्द राखेँ उता थाप्न च्याँखे
छ झर्को कसैमा कसैको म आँखे
लिएँ सापटी शब्द लेखी मिलाएँ
यिनै शब्द बङ्याउँदैमा रमाएँ ।४

सिलाएर राखेँ मिलाएर राखेँ
टुटेका फुटेका समालेर राखेँ
नफुट्ने नटुट्ने नभन्दै मिलाएँ
यिनै शब्द बङ्याउँदैमा रमाएँ ।५

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x