साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँघा

अब जुँघा देखाएर आफूलाई खतरनाक प्रमाण गर्नुछ भने बरू प्रतिस्पर्धामा जाने खालको पाल्नु । त्यो अनुहार नि बिगार्ने झुसुले जस्तो पालेर आफूलाई सम्राट सोच्नु त चिण्डेको देशमा काङ्ग्योको फ्याक्ट्री भने जस्तै हो ।

Nepal Telecom ad

कृष्ण शर्मा ‘सुमु’ :

मलाई जुँघा पाल्ने मान्छे मन पर्दैन, मलाई जुँघा भएको मान्छे मनपर्छ भनेको सुन्नुभएको होला ! अब जुँघा भनेको लोग्ने मान्छेको शान’रे ! होला पनि ।

दुई रुपियाँको बिलेट किनेर दुई मिनट मिहिनेत गर्नु नसक्ने अल्छेले के के भन्छ भन्छ । जुँघा भनेको त बाघको पनि छ स्यालको पनि । तर अस्तित्व आ-आफ्नो छ र’नि । न’भा त नाथे जुँघा त सानु चुतिया मुसाको पनि छ नि ।

जुँघा छ भन्दैमा लाक्पा खेल्न जानु भएन नि सानु मुसाले बिरालोसित ।

जुँघा हुने प्राणी सत्पुरुष हो भनेर नसोच्नु होला । जुँघा भएर यदि स्त्रीको रक्षा गर्न सक्नुहुँदैन भने जुँघा नाथे तातो पानीले पिल्सिएको नि राम्रो ।

जुँघा नाथे त चोर बिरालोको पनि हुन्छ । यदि चोरेर नि खानु हो भने जुँघाको के अर्थ ? जुँघा पालेर दमननीति गर्नुहुन्छ भने अवश्य तपाईंको घमण्ड हो। जुँघाबिनाको प्राणीबाट अवश्य सिख लिनुहोला ।

विचारा बोकाको दाह्री जुँघा भए पनि अन्तमा बिना जुँघा भएको मान्छेको हातमा बलि चढ्नुपर्छ । जुँघा छ भन्दैमा घरको स्वास्नी मानिसलाई धूलो सोच्ने मानसिकता देखेर छक्क पर्छु म त । जुँघा अहिलेको समयमा त केही होइन नाथे आफै आउने एक रौं मात्र हो । जुँघा भएर पनि हुतिहारा काममा तल्लीन छ भने जुँघा तासे हुन्छ । म पनि कस्तो विषयमा गफ गर्छु भने नि जसको चैं मकै बारीमा खडेरी पर्दा उम्रिन नसकेको मकै जस्तो कता कता उम्रिने जुँघाको कुरा गरिरहेको छु । अब जात नि त्यस्तै परेर होला विचारा मकै उम्रिन नसकेको पनि ।

खै यो जुँघा पनि पुर्खाले जाँडमा साटेको भन्छन् हो कि होइन ! तर अब बाघको छाला ओछ्याएर गधा कतै बाघ हुन्छ र ! समयमा त्यसले आफ्नो वास्तविकता देखाइहाल्छ ।

जुँघा मुट्ठीभरिको बनाएर के गर्नु आखिर त्यो पनि त बाँदरको पुच्छर जस्तो न हो । न आगो ताप्न काम आउँछ न घर पुस्न ।

बरू जुँघा पाल्नुभन्दा त दुई चारवटा भैंसी पाले ठीक । दूध नदिए पनि गोबर त दिन्छ । अब जुँघा देखाएर आफूलाई खतरनाक प्रमाण गर्नुछ भने बरू प्रतिस्पर्धामा जाने खालको पाल्नु । त्यो अनुहार नि बिगार्ने झुसुले जस्तो पालेर आफूलाई सम्राट सोच्नु त चिण्डेको देशमा काङ्ग्योको फ्याक्ट्री भने जस्तै हो ।

जुँघा हुनुपर्छ तर गर्वबोध होस् जहाँ सकारात्मक परिणामहरू जुँघा ठाडो परेर गर्वका साथ भन्न सक्नुपर्छ, यो काम मबाट भएको हो भनेर । नाथे अनुहार लुकाइ-लुकाइ हिँड्ने काम गरे आखिर जुँघाको के इज्जत पनि रह्यो र ?

०००
सिलगढी
‘झरीच्याउ’ (सन् २०२३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x