सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राष्ट्रका गहना

कुनै सृजनशील व्यक्तिको जब मृत्यु हुन्छ लगत्तैबाट उसको योगदानको चर्चा परिचर्चा हुनथाल्छ । उसको योगदानको श्रृखलाबद्ध चर्चाले लाग्छ उसलाई देश र जनताले पहिल्यैबाट ससम्मान समाजमा बिराजमान गराएका थिए ।

Nepal Telecom ad

अशोककुमार शिवा :

मान्छे जन्मिनु अघिबाट नै क्रियाशील हुन्छ । आमाको पेटमा परेको वीज अङ्कुराई मुटुको आकार बनेपछि लगत्तै देखि धड्कन थाल्दछ । बिस्तारै हातगोडाहरू बन्ने र चल्ने गर्छ । भ्रुणले बिस्तारै पूणर्ता पाएपछि आमाको गर्भबाट बाहिर आउछ जसलाई हामी जन्म भन्छौँ ।

बच्चा जन्मिने बित्तिकै रुन्छ तर किन रुन्छ ? यो हामीलाई थाहा नहुन सक्छ । मलाई के लाग्छ भने आमाको गर्भमा रहेको बेला नाभीनालको सहयोगले पेट भरिने तर जन्मेपछि नाभीनाल काटिने हुँदा पेटमा आवश्यक खान्की नपुगेर बच्चा रुन थाल्छ । बच्चा रोए लगत्तै उसलाई आमाको स्तनपान गराउने गरिन्छ । यो आमाको दोश्रो कर्तव्य हो । आमाको पहिलो कर्तव्य भनेको बच्चा हुनको लागि बीज सहर्ष ग्रहण गर्नु हो ।

बच्चा जन्मेर बिस्तारै हुर्किने र हुर्कने क्रममा उमेर अनुसारको हरकतहरू गर्ने गर्दछ । आमाबाबुको कर्तव्य बच्चा हुर्काउने, आवश्यक शिक्षादीक्षा दिने नै हो । कुनै बच्चा हुर्किएर अलौकिक काम गर्छन् त कुनै बेकार बन्दछन् । जो जसले देश र समाजको लागी केही राम्रा काम गर्छन् ती राष्ट्रका गहना हुन्छन् । जो राष्ट्रका गहना हुन्छन् उनीहरुलाई जीवनमा म राष्ट्रको गहना हो भन्ने थाहा त हुन्छ तर महसुस हुँदैन ।

जिउँदो छँदा तिमी राष्ट्रको गहना हौ भन्ने महसुस गराउनु पनि हुन्न । किनभने उसले आफू गहना भएको महशुस गर्यो भने आभुषणले जे जति सुहाउनु पर्ने हो त्यस हदसम्म नसुहाउन सक्छ । जब कुनै क्रियाशील मान्छे गहना बनेर सजिन थाल्छ तब काम थाति रहन जान्छ । काम थाती रहनु भनेको विकासले गति नलिनु हो । विकासले गति लिएन भने गत्यारोध भई विकास अगाडि बढ््दैन ।

कुनै सृजनशील व्यक्तिको जब मृत्यु हुन्छ लगत्तैबाट उसको योगदानको चर्चा परिचर्चा हुनथाल्छ । उसको योगदानको श्रृखलाबद्ध चर्चाले लाग्छ उसलाई देश र जनताले पहिल्यैबाट ससम्मान समाजमा बिराजमान गराएका थिए । यो भ्रम होइन यथार्थ हो र यसो हुनुको कारण माथि नै उल्लेख गरिएको छ । वास्तवमा यही ठिक हो । किन उसलाई उसको जीवनकालमा नै प्रसंशा गरेर निष्क्रिय तुल्याउने ? जीवन छउञ्जेल त काममा नै व्यस्त रहन दिनुपर्छ ।

त्यसैले जिउँदो छउञ्जेल यस्ता गहनाहरूलाई गहनाको महसुस गराउनु भन्दा अनेकन झैँझमेलाहरूले बेरेर राख्नुपर्छ । जब मर्दछन् तब मात्रै योगदानका कुरा अनि गुणगानको कुरा गर्नुपर्दछ । यसो गर्दा मृतकले मृत्युपर्यन्त आफ्नो महत्व थाहा पाएर आत्मा शान्ति भएको महसुस गर्छन् ।
जय होस् राष्ट्रका गहनाहरूको ।

०००
गल्कोपाखा, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
अन्तरद्वन्द्व

अन्तरद्वन्द्व

अशोककुमार शिवा
मृगतृष्णा

मृगतृष्णा

अशोककुमार शिवा
भाउ बढेछ

भाउ बढेछ

अशोककुमार शिवा
याद

याद

अशोककुमार शिवा
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी