साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रका गहना

कुनै सृजनशील व्यक्तिको जब मृत्यु हुन्छ लगत्तैबाट उसको योगदानको चर्चा परिचर्चा हुनथाल्छ । उसको योगदानको श्रृखलाबद्ध चर्चाले लाग्छ उसलाई देश र जनताले पहिल्यैबाट ससम्मान समाजमा बिराजमान गराएका थिए ।

Nepal Telecom ad

अशोककुमार शिवा :

मान्छे जन्मिनु अघिबाट नै क्रियाशील हुन्छ । आमाको पेटमा परेको वीज अङ्कुराई मुटुको आकार बनेपछि लगत्तै देखि धड्कन थाल्दछ । बिस्तारै हातगोडाहरू बन्ने र चल्ने गर्छ । भ्रुणले बिस्तारै पूणर्ता पाएपछि आमाको गर्भबाट बाहिर आउछ जसलाई हामी जन्म भन्छौँ ।

बच्चा जन्मिने बित्तिकै रुन्छ तर किन रुन्छ ? यो हामीलाई थाहा नहुन सक्छ । मलाई के लाग्छ भने आमाको गर्भमा रहेको बेला नाभीनालको सहयोगले पेट भरिने तर जन्मेपछि नाभीनाल काटिने हुँदा पेटमा आवश्यक खान्की नपुगेर बच्चा रुन थाल्छ । बच्चा रोए लगत्तै उसलाई आमाको स्तनपान गराउने गरिन्छ । यो आमाको दोश्रो कर्तव्य हो । आमाको पहिलो कर्तव्य भनेको बच्चा हुनको लागि बीज सहर्ष ग्रहण गर्नु हो ।

बच्चा जन्मेर बिस्तारै हुर्किने र हुर्कने क्रममा उमेर अनुसारको हरकतहरू गर्ने गर्दछ । आमाबाबुको कर्तव्य बच्चा हुर्काउने, आवश्यक शिक्षादीक्षा दिने नै हो । कुनै बच्चा हुर्किएर अलौकिक काम गर्छन् त कुनै बेकार बन्दछन् । जो जसले देश र समाजको लागी केही राम्रा काम गर्छन् ती राष्ट्रका गहना हुन्छन् । जो राष्ट्रका गहना हुन्छन् उनीहरुलाई जीवनमा म राष्ट्रको गहना हो भन्ने थाहा त हुन्छ तर महसुस हुँदैन ।

जिउँदो छँदा तिमी राष्ट्रको गहना हौ भन्ने महसुस गराउनु पनि हुन्न । किनभने उसले आफू गहना भएको महशुस गर्यो भने आभुषणले जे जति सुहाउनु पर्ने हो त्यस हदसम्म नसुहाउन सक्छ । जब कुनै क्रियाशील मान्छे गहना बनेर सजिन थाल्छ तब काम थाति रहन जान्छ । काम थाती रहनु भनेको विकासले गति नलिनु हो । विकासले गति लिएन भने गत्यारोध भई विकास अगाडि बढ््दैन ।

कुनै सृजनशील व्यक्तिको जब मृत्यु हुन्छ लगत्तैबाट उसको योगदानको चर्चा परिचर्चा हुनथाल्छ । उसको योगदानको श्रृखलाबद्ध चर्चाले लाग्छ उसलाई देश र जनताले पहिल्यैबाट ससम्मान समाजमा बिराजमान गराएका थिए । यो भ्रम होइन यथार्थ हो र यसो हुनुको कारण माथि नै उल्लेख गरिएको छ । वास्तवमा यही ठिक हो । किन उसलाई उसको जीवनकालमा नै प्रसंशा गरेर निष्क्रिय तुल्याउने ? जीवन छउञ्जेल त काममा नै व्यस्त रहन दिनुपर्छ ।

त्यसैले जिउँदो छउञ्जेल यस्ता गहनाहरूलाई गहनाको महसुस गराउनु भन्दा अनेकन झैँझमेलाहरूले बेरेर राख्नुपर्छ । जब मर्दछन् तब मात्रै योगदानका कुरा अनि गुणगानको कुरा गर्नुपर्दछ । यसो गर्दा मृतकले मृत्युपर्यन्त आफ्नो महत्व थाहा पाएर आत्मा शान्ति भएको महसुस गर्छन् ।
जय होस् राष्ट्रका गहनाहरूको ।

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x